३ आश्विन २०८३, शनिबार

खेलकुद

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्नुभयो । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाउनुभयो । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । ...
पाराग्वेसँग पराजीत भएपछि जर्मनी विश्वकपबाट बाहिरियो

पाराग्वेसँग पराजीत भएपछि जर्मनी विश्वकपबाट बाहिरियो

नेपाल । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित र थप गरिएको १२० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले बलियो जर्मनीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो। जर्मनीले खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको रक्षापंक्तिलाई तोड्न निकै संघर्ष गर्नुपरिरह्यो। ...
जापानलाई पराजीत गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

जापानलाई पराजीत गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

नेपाल । फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९ औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक९एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २–१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।...
डेब्यु गरेको केप भर्डे नकआउट चरणमा

डेब्यु गरेको केप भर्डे नकआउट चरणमा

नेपाल । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ। समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो । शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो। यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो। शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोलअन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो। जारी विश्वकपमा डेब्यु गरेका चार टिम मध्ये केप भर्डे मात्रै नकआउट चरणमा पुगेको छ। अन्य तीन टिमहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समुह चरणबाटै बाहिरिएका छन्। राउन्ड अफ ३२ मा अब केप भर्डेको प्रतिस्पर्धा साविक विजेता अर्जेन्टिनासँग हुनेछ ।...
घानालाई पराजीत गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश

घानालाई पराजीत गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश

नेपाल । पेटार सुसिच र निकोला भ्लासिचको उत्कृष्ट गोलको मद्दतले क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह एल बाट उपविजेताका रूपमा नकआउट चरण (राउन्ड अफ ३२) मा आफ्नो स्थान सुरक्षित गरेको छ। यस जितसँगै क्रोएसियाले यसअघि नै अर्को चरणमा पुगिसकेको घानालाई पछि पार्दै समूहको दोस्रो स्थान कब्जा गरेको हो। ज्लाट्को ड्यालिचको टोली क्रोएसियालाई अर्को चरणमा पुग्न बराबरी मात्रै पनि पर्याप्त हुन सक्थ्यो, तर टोलीले खेलको सुरुवातदेखि नै स्पष्ट रूपमा जितका लागि आक्रामक खेल प्रदर्शन गर्‍यो। खेलको १७औँ मिनेटमै भ्लासिचको प्रहार पोस्टमा लागेर बाहिरिएपछि क्रोएसियाले दबाब बढाएको थियो। खेलको ३१औँ मिनेटमा पेटार सुसिचले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली बलले जाली चुमेपछि क्रोएसियाले १–० को सुरुवाती अग्रता लियो। पहिलो हाफमा निकै सुस्त देखिएको कार्लोस क्विरोजको घाना टोलीले दोस्रो हाफ...
फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले हरायो, दुबै नकआउट चरणमा प्रवेश

फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले हरायो, दुबै नकआउट चरणमा प्रवेश

नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ। शनिबार बिहान भएको खेलमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले हराएको हो । फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे। खेलको पहिलो हाफमै डेम्बेलेले ह्याट्रिक गर्दै फ्रान्सको अग्रता बनाए । उनले ७, २० र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नर्वेका लागि २१औं मिनेटमा थिलो आस्गार्डले एक गोल फर्काए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा डुएले गोल गर्दै फ्रान्सलाई ४–१ को फराकिलो जित दिलाए। जितसँगै फ्रान्स समूह ‘आई’मा तीन खेल जित्दै ९ अंकसहित समूह विजेता बनेर नकआउट चरणमा स्थान बनायो। नर्वे भने ६ अंकसहित उपविजेता बन्दै नकआउटमा पुग्यो। यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। ३ अंक जोडेको सेनेगलको पनि नकआउट चरणको सम्भावना कायमै रहेको छ। ...
नकआउट चरणमा पुगिसकेको अमेरिकासँग टर्कीको सान्त्वना जीत

नकआउट चरणमा पुगिसकेको अमेरिकासँग टर्कीको सान्त्वना जीत

नेपाल । विश्वकप २०२६ को रोमान्चक खेलमा अमेरिका टर्कीसँग ३–२ ले पराजित भएको छ। समूह 'डी' को आफ्नो अन्तिम खेलमा सह-आयोजक संयुक्त राज्य अमेरिका टर्कीसँग ३–२ गोलले स्तब्ध भयो। लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा ७०,४९२ दर्शकमाझ खेलिएको यस उच्च प्रतिस्पर्धात्मक खेलमा टर्कीले थप गरिएको अतिरिक्त समयको आठौँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण जित निकाल्यो। यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान पक्का गरिसकेको अमेरिकी टोलीले आज धेरैजसो वैकल्पिक खेलाडीहरूलाई मैदान उतारेको थियो। अर्कोतर्फ, प्रतियोगिताबाट बाहिरिसकेको टर्कीले भने प्रतिष्ठाका लागि खेल्दै सान्त्वना जित हात पार्यो।...
फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लगायो प्रतिबन्ध

फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लगायो प्रतिबन्ध

नेपाल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएको जनाएको छ । नेपाली फुटबल इतिहासमा फिफाबाट नेपाल प्रतिबन्धित भएको यो पहिलो घटना हो । यो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदले पनि एन्फालाई तीन महिनाका लागि नि...
मेक्सिको, दक्षिण अफ्रिका, आइभोरी कोस्ट, इक्वेडर, नेदरल्याण्ड्स र जापान नकआउट चरणमा प्रवेश

मेक्सिको, दक्षिण अफ्रिका, आइभोरी कोस्ट, इक्वेडर, नेदरल्याण्ड्स र जापान नकआउट चरणमा प्रवेश

नेपाल । फिफा विश्वकपमा आयोजक मेक्सिको अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेकिया (चेक रिपब्लिक) लाई ३–० गोल शानदार जित निकाल्यो । घरेलु मैदान र समर्थकको ठुलो साथ पाएको मेक्सिकोका लागि दोस्रो हाफमा तीन गोल सम्भव भएको हो। त्यस्तै फिफा विश्वकप २०२६ दक्षिण अफ्रिकाले कोरिया गणतन्त्र (दक्षिण कोरिया) १–० ले हराउँदै नकएउट चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा दक्षिण अफ्रिकाले खेललाई आफ्नो पक्षमा पार्यो। खेलको ६३औं मिनेटमा थापेलो मासेकोले सानदार गोल गर्दै टोलीलाई सुरुवाती र निर्णायक अग्रता दिलाए। यता, निकोलस पेपेको सानदार दुई गोलको मद्दतले कोट डिभ्वार (आइभोरी कोस्ट) फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ईको अन्तिम खेलमा डेब्युटान्ट टोली कुरासाओमाथि सहज ...
मोरक्कोले हाइटीलाई ४-२ ले हरायो

मोरक्कोले हाइटीलाई ४-२ ले हरायो

नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गतको समूह सीको अन्तिम खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको छ। एटलान्टामा भएको खेलमा हाइटीलाई हराउँदै मोरक्को समूह सीको उपविजेताको रुपमा नकआउट प्रवेश गरेको हो। हाइटीको भने विश्वकप यात्रा सकिएको छ। खेलको १० औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको थियो। मोरक्कोका गोलकिपर यासिन बोनोउबाट भएको आत्मघाती गोलमार्फत हाइटीले अग्रता बनाएको हो। खेलको ३९ औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। मोरक्कोका डिफेन्डर अच्रार्फ हाकीमीले बराबरी गोल फर्कायो। खेलको ४३ औं मिनेटमा हाइटीका स्ट्राइकर विलसन इसिडोरले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएका थिए। खेलको ४५ औं मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबरीले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका हुन्। पहिलो हाफ २–२ बराबरी हुँदै सकिएको थियो। दोस्रो हाफमा मोरक्कोले २ गोल थप्यो। दोस्रो हाफमा खेलको ७८ औं म...