३ आश्विन २०८३, शनिबार

खेलकुद

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्सद्वारा अन्तिम आठमा स्थान सुरक्षित

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्सद्वारा अन्तिम आठमा स्थान सुरक्षित

नेपाल । कप्तान केलियन एमबाप्पेको उत्कृष्ट लय कायमै रहँदा फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । फिलाडेल्फिया रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक र कठिन खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा कप्तान एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले जुलाई ९ मा बोस्टन रंगशालामा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले आयोजक क्यानडालाई हराउँदै यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ। ...
क्यानडालाई ३-० गोलले हराउँदै मोरक्को क्वाटर फाइनलमा

क्यानडालाई ३-० गोलले हराउँदै मोरक्को क्वाटर फाइनलमा

नेपाल । अजेडिन औनाहीको उत्कृष्ट दुई गोल र सौफियाने राहीमीको इन्जुरी समयको गोलको मद्दतले मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। ह्युस्टनमा भएको अन्तिम १६ को खेलमा सह–आयोजक क्यानडालाई ३–० ले स्तब्ध पार्दै मोरक्कोले लगातार दोस्रो पटक विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो। सन् २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले अब जुलाई ९ मा बोस्टनमा हुने क्वाटरफाइनल खेलमा फ्रान्सको सामना गर्नेछ। अर्कोतर्फ, यस विश्वकपअघि कहिल्यै पनि विश्वकप खेल नजितेको क्यानडाका लागि हार पीडादायी रहे पनि अन्तिम १६ सम्मको यात्रा गर्व गर्नलायक रह्यो खेलको पहिलो हाफमा घरेलु टोली क्यानडाले राम्रो सुरुवात गरेको थियो। उच्च उर्जा र दबाबका साथ खेलेको क्यानडाले सुरुवातमै केही कर्नरहरू प्राप्त गर्‍यो। मोरक्कोको डिफेन्सको गल्तीको फाइदा उठाउँदै अली अहमदको पासमा तानी ओलुवासेय...
घानालाई १-० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

घानालाई १-० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गत कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक खेलमा कोलम्बियाले घानामाथि १–० गोलको संघर्षपूर्ण जित दर्ता गरेको छ। खेलको सुरुवाती समयमै लिएको अग्रतालाई अन्तिम समयसम्म टिकाइराख्दै कोलम्बियाले खेल आफ्नो पक्षमा पारेको हो। खेलको खेलको १४ औँ मिनेटमा कोलम्बियाका जोन एरियसनले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एरियसनले गरेको त्यही एकमात्र गोल नै खेलको निर्णायक गोल साबित भयो। दोस्रो हाफ र इन्जुरी समयमा एक गोलले पछि परेको घानाले दोस्रो हाफमा खेलमा फर्कन निकै प्रयास गर्‍यो। घानाका स्ट्राइकरहरूले कोलम्बियाको रक्षापंक्ति भत्काउन लगातार आक्रमण गरे पनि सफल हुन सकेनन्। खेलमा थपिएको अतिरिक्त समय ९इन्जुरी समय० को आठौँ मिनेटसम्म दुवै टोलीबीच निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक खेल भएको थियो। कोलम्बियाको बलियो डिफेन्स र गोलकिपरको उत्कृष्ट बचाउका का...
अर्जेन्टिनाद्वारा केप भर्डे ३-२ गोलले पराजित

अर्जेन्टिनाद्वारा केप भर्डे ३-२ गोलले पराजित

नेपाल । साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामी खेलमैदानमा भर्खरै सम्पन्न राउन्डअफ ३२ को खेलमा अर्जेन्टिनाले केप भर्डेमाथि ३–२ को जीत निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाउनुभयो । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले गोल गर्नुभयो । त्यसपपछि थप गरिएको अतिरित्त समयको ११औँ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल...
क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप २०२६ मा पोर्चुगलले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा पोर्चुगल २–१ ले विजयी भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको केही बेरमै ५३औं मिनेटमा क्रोएसियाका अनुभवी खेलाडी इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पोर्चुगलले खेलमा फर्कन निकै दबाब बढाएको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो, जसमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल अतिरिक्त समय तर्फ धकेलिने निश्चित जस्तै देखिएका बेला, इन्जुरी समयको चौथो मिनेटमा सब्सटिच्युट खेलाडी गोन्सालो रामोसले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक अग्रता दिलाए। अब पोर्चुगलले राउन्ड अफ १६ मा स्पेनको सामना गर्नेछ।...
अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम १६ मा

अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम १६ मा

नेपाल । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शुक्रबार भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन । स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाउनुभयो । यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्नुभयो ।...
अमेरिका बोस्निया एण्ड हर्जगोभिनालाई हराउँद प्रि-क्वार्टरफाइनलमा

अमेरिका बोस्निया एण्ड हर्जगोभिनालाई हराउँद प्रि-क्वार्टरफाइनलमा

नेपाल । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत भएको रोमाञ्चक खेलमा घरेलु टोली अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकाका लागि पहिलो हाफको अन्तिम मिनेटमा फोलारिन बैलोगनले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनले खेलको ४५औं मिनेटमा आकर्षक गोल गरेका हुन्। दोस्रो हाफमा खेल निकै नाटकीय मोडमा पुग्यो। खेलको ६४औं मिनेटमा पहिलो गोलकर्ता बैलोगनले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुगेको थियो । १० खेलाडीमा झरेपछि बोस्नियाले खेलमा दबाब बढाउने प्रयास गरे पनि अमेरिकी डिफेन्स र गोलकिपरले त्यसलाई असफल तुल्याइदिए । खेल सकिन केही मिनेट मात्र बाँकी छँदा मालिक टिलम्यानले उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको ८२औं ...
फिफा विश्वकपः सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

फिफा विश्वकपः सेनेगललाई हराउँदै बेल्जियम अन्तिम १६ मा

नेपाल । फिफा विश्वकप २०२६ अन्तरगत सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगलविरुद्ध २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै ३–२ को सनसनीपूर्ण जित हात पारेको छ। खेलको २५औँ मिनेटमा हबिब डियारा र ५१औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई बलियो अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर बेल्जियमले चमत्कारिक प्रदर्शन गर्यो । ८६औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काए भने ८९औँ मिनेटमा युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेट १२.०५ मा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अन्तिम १६ मा पुर्‍याए ।...
डीआर कंगोलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

डीआर कंगोलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

नेपाल । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो । उहाँले इंग्ल्यान्डका लागि दुवै गोल गर्नुभयो । खेलमा पहिलो अग्रता भने कंगोले लिनुभयो । खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याउनुभयो । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाउनुभयो । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।...
फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले हरायो, एम्बाप्पेले हाने २ गोल

फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले हरायो, एम्बाप्पेले हाने २ गोल

नेपाल । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । ...