नेपाल । २३औँ संस्करणको फिफा विश्वकप उपाधि स्पेनले जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पिया बनेको हो ।
१६ वर्षपछि विश्वकप उपाधि जितेको स्पेनको यो दोस्रो विश्वकप उपाधि हो । यसअघि स्पेन सन् २०१६ मा च्याम्पियन बनेको थियो ।
अर्जेन्टिनाबिरुद्ध खेलको सुरुवातदेखिनै सानदार प्रदर्शन गरेको स्पेनले अतिरित्त समयमा पुगेर निर्णायक गोल गरेको थियो । स्पेनको जितमा फेरान टोरेस नायक बन्नुभयो ।
टोरेसले एक सय ६ मिनेटमा निको विलियम्सको पासमा उत्कृष्ट गोल गर्नुभएको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
९०औँ मिनेटमा अर्जेन्टिना १० खेलाडीमा समेटिएपछि थप दबाबमा रह्यो । एन्जो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो ।
खेलमा लगातार पोस्ट प्रहारको अवसर बनाएको स्पेनलाई गोल गर्न भने हम्मेहम्मे पर्यो । स्पेनका लगातार प्रयासमा अर्जेन्टिनाका गोलरक्षक एलिमियानो मार्टिनेज बाधक बन्नुभएको थियो ।
निर्धारित समयमै १० वटा पोस्ट प्रहार गरेको स्पेन अन्ततस् अतिरिक्त समयमा पुगेर बाजी मार्न सफल भयो । स्पेनको तुलनामा फितलो देखिएको अर्जेन्टिनाले खेलभर तीनवटा पोस्ट प्रहारको अवसर बनाएपनि सफल हुन सकेन ।
अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना चकनाचुर भएपछि महान फुटबलर लियोनल मेस्सी भाबुक बन्दै उपविजेताको मेडल थाप्न बध्य हुनुभयो ।
यता, विश्वकप गोल्डेन बुट अवार्ड फ्रान्सका कप्तान केलियन एमबाप्पेले जित्नुभएको छ । एमबाप्पेले सर्वाधिक १० गोल गर्दै यस पुरस्कार जित्नुभएको हो । उहाँ लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने खेलाडी समेत बन्नुभएको छ ।
यस्तै गोल्डेन बल अवार्ड स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज, गोल्डल ग्लोब स्पेनका गोलरक्षक उनाई सिमोन र फिफा योङ प्लेयरको उपाधि पाउ कुर्बासीले जित्नुभयो ।
विजेतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरस्कार प्रदान गर्नुभयो । विश्वकपमा पहिलो पटक ४८ टोलीबिच प्रतिस्पर्धा भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्