२० श्रावण २०८३, बुधबार

खेलकुद

आईपीएलमा राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किंग्स पराजित

आईपीएलमा राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किंग्स पराजित

नेपाल । इण्डियन प्रिमियर लिगको पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्स पराजित गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा चेन्नईलाई ८ विकेटले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो। १२८ रनको सामान्य लक्ष्य राजस्थानले १२ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर यशस्वी जैसवाल ३६ बलमा ३८ तथा धुव्र जुरल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका लागि अन्शुल कम्बोजले २ विकेट लिए। त्यसअघि घरेलु मैदान गुवाहाटीमा खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको खेलमा पहिले ब्याटिङ गरेको चेन्नई १९ दशमलब ४ ओभरमा १२७ रन बनाउँदै अलआउट भएको थियो। चेन्नईका लागि जेमी ओभरटर्न सर्वाधिक ४३ रनमा आउट भए। उनले ३६ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे। कात्...
राष्ट्रिय फुटबल टोलीको घोषणा, को को परे ?

राष्ट्रिय फुटबल टोलीको घोषणा, को को परे ?

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने तयारीमा रहनुभएका अन्जन विष्टलाई बाहिर राख्दै आइतबार फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो । नेपालले मङ्गलबार लाओससँग उसैको मैदानमा खेल्ने छ । नेपाली टोली आइतबार बिहानै लाओस पुगिसकेको छ । एरेनाले एन्फाको सामाजिक सञ्जालबाट अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो । यसअघि नेपालले यस खेल दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो । नेपाली टोलीः अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेश्पिजङ्ग कार्की, किरण कुमार लिम्बू, कृतिश रत्न छुन्जु, मणिकुमार लामा, म...
आरसीबीद्वारा आइपिएलमा विजयी सुरूवात

आरसीबीद्वारा आइपिएलमा विजयी सुरूवात

नेपाल । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा विजयी सुरूवात गरेको छ। शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरे। प्रतियोगिता अन्तरगत आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ ।...
राखेपद्वारा एन्फा कार्यसमितिलाई तीन महिना निलम्बन

राखेपद्वारा एन्फा कार्यसमितिलाई तीन महिना निलम्बन

नेपाल । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ । राखेपले एन्फालाई पटक–पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै खेलकुद विकास नियमावली २०७७ को दवा २९ को (२) बमोजित निलम्बन गरेको उल्लेख गरेको छ । राखेपले यसअघि एन्फाको ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो । यस्तै राखेपले मङ्गलबार मात्र स्वीकृतिबिना यही १३ गते गर्न लागिएको एन्फाको निर्वाचन नगर्न पुनः २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको थियो । तर एन्फाले विधिसम्बत् नै निर्वाचन गरिन लागिएको र निर्वाचन हुने जनाएको थियो । एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फ्टबल महासङ्घ (एएफसी) र राखेपको नियमावलीमा टेकेर निर्वाचन गरिने लागिएको पनि उल्लेख गरेको थियो । राखेपले निलम्बनको कारबाही गरेपनि एन्फाको निर्वाचन चैत १३ गते शुक्रबार झापामा गरिने तय भएको छ । ...
कराते स्टार एरिका गुरुङ यूकेको सद्‌भावना दूत नियुक्त

कराते स्टार एरिका गुरुङ यूकेको सद्‌भावना दूत नियुक्त

नेपाल । नेपालकी कराते स्टार एरिका गुरुङ तमु धी सङ्घ यूकेको सद्‌भावना दूत नियुक्त हुनुभएको छ । एरिकालाई सोमबार बेलायतस्थित तमु धी सङ्घ यूकेले आफ्नो सद्‌भावना दूत नियुक्त गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रमबिच सङ्घ र एरिकाबिच सम्झौता भएको छ । सम्झौताअनुसार एरिकालाई विश्व कराते महासङ्घ (डब्लूकेएफ) र एसियाली कराते महासङ्घ (एकेएफ) द्वारा आयोजित चारवटा आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन हवाइ टिकट उपलब्ध गराउने छ । यस्तै एरिकालाई यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन र थाइल्यान्ड ओपनमध्ये कुनै एक विश्वस्तरीय प्रतियोगितामा भाग लिन हवाइ टिकट उपलब्ध गराउने, प्रतियोगितामा भाग लिन जाँदा थप पाँच सय अमेरिकी डलर दिने र तमु धी यूकेले संस्थाको लोगोसहितको खेल पोशाक उपलब्ध गराउने पनि उल्लेख छ । २२ वर्षीया एरिका नेपाललाई एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक रजत, डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रज...
तीनवटा क्लब एकीकृत गरी बनाइयो ‘कोलोराडो नेपाल युथ क्लब’

तीनवटा क्लब एकीकृत गरी बनाइयो ‘कोलोराडो नेपाल युथ क्लब’

कोलोराडो । कोलोराडोस्थित नेपाली समुदायमा क्रिकेट खेललाई थप प्रतिस्पर्धात्मक बनाउन रकी माउन्टेन क्रिकेट क्लब, कोलोराडो राइनोज र अरोरा एभरेष्ट क्रिकेट क्लब अब संयुक्त रूपमा ‘कोलोराडो नेपाल युथ क्लब’ (CNYC) बनाइएको छ । नयाँ गठन गरिएको टोलीले कोलोराडो क्रिकेट लिगमा प्रतिस्पर्धा गर्नेछ । निरोज दाहाललाई कप्तान, सामयोग दाहाललाई उपकप्तान तथा मुकेश झालाई टोली संयोजकको जिम्मेवारी दिइएको छ । उत्कृष्ट खेलाडी छनोटका लागि सुशील दाहाल, उत्सव पन्त, निरोज दाहाल र मुकेश झा सम्मिलित छनोट समिति पनि गठन गरिएको जनाइएको छ । टोलीले स्थानीय व्यवसायी तथा उद्यमीहरूलाई प्रायोजनका लागि आह्वान गरेको छ।...
एन्फाद्वारा राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित

एन्फाद्वारा राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित

नेपाल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ । पर्यटक भिषामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति बिनै खेलाइरहेको एन्फाले बिहीबार अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन निर्देशन दिएपछि एकाएक लिग स्थगित गरेको हो । लिगमा सहभागी विभिन्न क्लबले विना श्रम स्वीकृति विदेशी खेलाडीलाई खेलाईरहेका थिए । एन्फाले बुधबार देखि सुरु भएको सहिद स्मारक महिला लिगमा पनि विदेशी खेलाडी खेलाईरहेको छ । अवैध रुपमा विदेशी खेलाडीलाई खेलाएपछि परेको उजुरीको आधारमा अध्यागमन विभागले बिहीबार एन्फा, युवा तथा खेलकु्द मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद ९राखेप० लाई पत्राचार गर्दै पर्यटक भिसाको आधारमा विदेशी खेलाडी मैदानमा नउतार्न निर्देशन दिएको थियो । एन्फाले भने एक विज्ञप्ती जारी गर्दै प्राविधिक कारण अर्को सुचना न...
बार्सिलोना र लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्सिलोना र लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपाल । स्पेनिस पावर हाउस बार्सिलोना र इङ्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले इङ्लिस क्लब न्युक्यासललाई ७–२ गोलले हरायो । पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको बासिर्सलोनाले समग्रमा ८–३ गोलले विजयी भयो । बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई दुई तथा मार्क बर्नाल, लामिन यमल र फर्मिन लोपेजले सएक एक गोल गर्नुभयो । यस्तै लिभरपुलले गालातासारेलाई ४–० गोलले हरायो । पहिलो लेगमा १–० ले पछि परेको लिभरपुल समग्रमा ४–१ ले विजयी भयो । एकपक्षीय खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह, रायन ग्राभेनबर्च, हुगो एकिटिके र डोमिनिक जोबोस्जाइले गोल गर्नुभयो । अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड इङ्लिस क्लब टोट्टनहामसँग ३–२ गोलले पराजित भयो । तर, पहिलो लेगमा निकालेको ५–२ को जितको आधारमा एट्लेटिको ...
नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको लिग खेल्दै

नेपाली क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको लिग खेल्दै

नेपाल । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी-२० लिग खेल्नुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रिसाइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ । सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन । इयू टी-२० लिग आगामी मे ३० देखि जुन ७ तारिखसम्म आयोजना हुनेछ । लिगमा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सकासहित ६ टोलीको सहभागीता रहनेछ ।...
आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालयमा धर्ना जारी राखे

आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालयमा धर्ना जारी राखे

नेपाल । सहमतिबिनै अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालय गेटमा धर्ना जारी राखेका छन् । ‘ए’ डिभिजन क्लबले सोमबार विभिन्न सात बुँदे माग राख्दै एन्फा मुख्यालय सातदोवाटोमा धर्ना र विरोध कार्यक्रम सुरु गरेका थिए । एन्फाले लिग आयोजनाको नाममा एकलौटी निर्णय गरेको र यसअघि क्लबहरूसँग गरेको सम्झौता पालना नगरेको क्लबहरुको आरोप छ । यसअघि सोमबार क्लबका पदाधिकारी र एन्फा नेतृत्वबिच वार्ताभए पनि सहमति हुन नसकेपछि क्लबहरुले आन्दोलन जारी राखेका हुन् । एन्फाले क्लबहरूको माग पूरा नगरेसम्म धर्ना र आन्दोलन जारी रहने क्लबका पदाधिकारीले जनाएका छन् । यसअघि नेपाली फुटबल खेलाडी सङ्घले नियमित फुटबल गतिविधि नगरी एन्फा नेतृत्व अर्ली निर्वाचनको नाममा पुनस् चुनावको तयारीमा रहेको भन्दै आन्दोलनमा उत्रिए...