महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा
नेपाल । जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय हुनुहुन्छ ।
नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।
यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्ब...







