आइसिसी विश्वकप लिग–२ मा युएईमाथि नेपालको रोमाञ्चक जित
नेपाल । नेपालले आइसिसी विश्वकप लिग-२ मा संयुक्त अरब इमिरेट्स ९युएई० माथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको सनसनीपूर्ण खेलमा नेपालले युएईलाई ६ रनले हरायो । यो जितसँगै सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । नेपालले यसअघि पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
वर्षाले प्रभाविक खेलमा जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो ।
युएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६५ रन बनाउनुभएको उहाँले ७२ बलमा चार चौक र दुई छक्का हान्नुभयो । यस्तै खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३ र अदीब उस्मानीले १४ रन बनाउनुभयो ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभएको छ । सन्दीप एक दिवसीय ९लिग–२० मा एक सय वि...







