३० बैशाख २०८१, आईतवार

खेलकुद

मकवानपुरको बागमती गाउँपालिकामा शुरु भयो बागमती गोल्डकप फुटबल प्रतियोगिता

मकवानपुरको बागमती गाउँपालिकामा शुरु भयो बागमती गोल्डकप फुटबल प्रतियोगिता

नेपाल (हेटौंडा) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिताको मंगलबार दिउँसो बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गरेको पालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा आयोजक बागमती खेलकुद विकास समितीसहित तीन मोफसल र ७ वटा ए डिभिजन क्लबको सहभागिता छ । प्रतियोगितामा विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजन क्लबहरु न्युरोड टिम(एनअरटी), हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी छन् । यस्तै मोफसल टोलिहरु आयोजक बागमती खेलकुद विकास समिति, बाराको नवजनजागृती युवा क्लब सिमरा र सर्लाहीको बागमती युथ क्लब सहभागी छन् । प्रतियोगितामा गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदे...
एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्यानडाबिरुद्ध सबै खेल जित्यो

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्यानडाबिरुद्ध सबै खेल जित्यो

नेपाल । क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–० ले जितेको छ । यसअघिका २ खेल जितेको नेपालले सोमबार सम्पन्न खेलमा क्यानडालाई ९ वीकेटले पराजीत गरेको हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले १ वीकेटको क्षतिमै लक्ष्य भेट्टाएको थियो । नेपालले पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । नेपालले लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्नेछ । पहिलो खेल बिहीबार नामिबियासँग खेल्दैछ । दुई सातापछि दुबईमा यूएई र स्कटल्यान्डसँग लिग २ को शृंखला खेल्नेक्रममा क्यानडाले आउँदो १० दिन मूलपानीमा रहेर प्रशिक्षण गर्दै नेपाल ‘ए’ सँग तयारी खेल खेल्नेछ ।...
भारतलाई ७९ रनले पराजीत गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

भारतलाई ७९ रनले पराजीत गर्दै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

नेपाल । भारतलाई ७९ रनले पराजीत गर्दै अस्ट्रेलियाले यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन मात्रै बनाउन सक्यो । यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो । योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८८, २००२ र २०१० मा यू–१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया सन् २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि पनि सिनियर भारतीय टोलीले भारतमै भएको विश्वकप अष्ट्रेलियासँग गुमाएको थियो ।...
एनआरएनए आईसीसी र नेपाल भुतपूर्व खेलाडी मञ्चबीच तीन बर्षे सम्झौता

एनआरएनए आईसीसी र नेपाल भुतपूर्व खेलाडी मञ्चबीच तीन बर्षे सम्झौता

अमेरिका । नेपाल भुतपूर्व खेलाडी मञ्च र गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीबीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनएसँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा हालै आयोजित एक कार्यक्रममा दुई पक्षले सम्झौता गरेका छन् । सम्झौतासँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो । एनआरएनएको तर्फबाट आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष लेरिचन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता ...
अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई दोस्रो खेलमा पनि हरायो

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई दोस्रो खेलमा पनि हरायो

नेपाल । नेपालले क्यानडा विरुद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेल पनि ४ विकेटले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई हराएको हो । २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै पूरा गरेको हो । यो खेल जित्दै नेपालले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघिको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको थियो । नेपालले तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।...
कतार बन्यो एएफसी एसियन कपको च्याम्पियन

कतार बन्यो एएफसी एसियन कपको च्याम्पियन

कतार । कतार एएफसी एसियन कपको च्याम्पियन बनेको छ । घरेलु मैदानमा भएको फाइनलमा खेलमा जोर्डन माथि ३–१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो । कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। ६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भएको हो । उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २–१ को जित निकालेको थियो । क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो। कतारले २०१९ मा जापान माथि ३–१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु)...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई हरायो

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई हरायो

नेपाल । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार सम्पन्न खेलमा क्यानडालाई ४७.५ ओभरमा २ सय १७ रनमा सीमित पार्दै नेपाल ७ रनले विजयी भएको हो । नेपालका तर्फबाट कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २, सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १र१ विकेट लिएका थिए । यसअघि नेपालले क्यानडाका लागि २ सय २५ रनको लक्ष्य दिएको थियो ।      ...
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

नेपाल । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । प्रधानमन्त्री कपको उपाधि पुलिसले तेस्रो पटक जितेको हो । यसअघि सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो र २०१९ मा उपाधि जितेको थियो । पुलिस लिग चरणमा सबै ९ खेलमा विजयी भएको थियो । आर्मीले भने प्रधानमन्त्री कपमा लगातार छैटौं पटक फाइनल खेलेको हो । आर्मीले २०१७ मा पुलिससँग बाँडेको थियो । २०२१ मा उपाधि जितेको थियो ।...
एनआरएनए अमेरिका र एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले क्रिकेट प्रतियोगिता गर्ने

एनआरएनए अमेरिका र एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले क्रिकेट प्रतियोगिता गर्ने

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ को आयोजना गरिने भएको छ । प्रतियोगिता मे २५ देखि २७ सम्म सञ्चालन गरिने छ । एनआरएनए एनसीसी (यूएसए) तथा एभरेस्ट लायन्स फ्रेन्डसिप एसोसिएसनले सयुक्त रुपमा दोश्रो रुप स्मृति एभरेस्ट कप क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको हो । डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनाससमा प्रतियोगिताको आयोजना गरिने छ । यस प्रतियोगितामा भाग लिने क्रिकेट टोलीले दर्ता शुल्क ८०० डलर बुझाउनु पर्नेछ । टिम दर्ता मिति फेब्रुअरी २८ सम्म छ, कूल १२ वटा खेल टोलीले सहभागिता जनाउन पाउने छन । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार डलर तथा द्वितीय हुनेलाई ३ हजार डलर पुरस्कार दिईने आयोजक ले जनाएका छन् ।...
‘एनआरएनए इलाम गोल्डकप’को उपाधी एनआरटीको पोल्टामा, झापा पराजीत

‘एनआरएनए इलाम गोल्डकप’को उपाधी एनआरटीको पोल्टामा, झापा पराजीत

अमेरिका । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौँ (एनआरटी) ले चुमेको छ । गत शनिवार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो । गैरआवासीय नेपाली संघको प्रायोजनमा भएको सो खेल निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एनआरटीका सुमित श्रेष्ठ, जय गुरुङ, विदेशी खेलाडी पिसो र विवेक गुरुङले गोल गरे। एनआरटीका राजीव लोप्चनको प्रहार झापाका गोलकिपरले बचाए । बिर्तामोडको तर्फबाट योगेश गुरुङ, घनश्याम मुर्मु र देवेन्द्र तामाङले गोल गरे। झापाका प्रदीप बुढाथोकी र अनिल गुरुङको प्रहार विपक्षी गोलकिपरले बचाए। बिर्तामोड टिमका हिसुब थपलिया फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए। फाइनलमा एनआरटीका राजीव लोप्चनले एल्लो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्...