३ जेष्ठ २०८३, आईतवार

म्यानचेस्टर सिटीले जित्यो एएफए कपको उपाधि

कोलोराडोखबर संवाददाता , May 17th, 2026

नेपाल । म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ।

वेम्बलीमा शनिबारराति भएको रोमाञ्चक फाइनल खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए। खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन ।

दोस्रो हाफमा एर्लिङ हालान्डको लो क्रसमा सेमेनियोले उत्कृष्ट टच गर्दै डिफेन्डर लेभी कोलविललाई पछाडि पारेर बललाई टाढाको कुनामा पठाउँदै निर्णायक गोल गरेका थिए।

यो जितसँगै सिटीले लगातार दुई फाइनल हारको बदला लिँदै एएफए कप उपाधि आफ्नो नाममा लेखाएको छ।

क्लबले यस सिजन क्याराबाओ कप जितिसकेको कारण घरेलु डबल पनि पूरा गरेको हो।

प्रतिक्रिया दिनुहोस्