१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा

नेपाल । पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । सुन तस्करीको आरोपमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि काठमाण्डू जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको जानकारी दिए । न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो । उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याएको माल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको थियो । ...
शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको बैठक फेरि सर्यो

शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको बैठक फेरि सर्यो

नेपाल । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २स्०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक त्यो दिन नबस्ने भएको छ। उक्त बैठक मङ्सिर १४ गते आइतबार दिउँसो २स्०० बजे बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुन पार्टीले निर्देशन दिएको छ। ...
राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपतिबाट निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रधानमन्त्रीको सिफारिस तथा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भए अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नुभएको हो ।...
मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको एमालेको धारणा

मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको एमालेको धारणा

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र निर्वाचनको निष्पक्षताबारेमा ढुक्क हुनुपर्ने विषय राख्नुभएको छ । छलफलमा सहभागी एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले देशमा भइरहेका विभिन्न घटनाले पनि निर्वाचनको वातावरण बनिनसकेको प्रधानमन्त्रीलाई स्मरण गराइएको बताउनुभयो । एमालेले आफूहरु निर्वाचनबाट डराएर भाग्ने पक्षमा भने नरहेको स्पष्ट गरेको छ । सर्वोच्च अदालतमा एमालेका तर्फबाट र अन्य अधिवक्ताहरुका तर्फबाट परेका रिट विचाराधीन...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो, अब शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो, अब शुक्रबार

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सारेको छ । पटकपटक सर्दै आएको बैठक मंसिर ११ गतेका लागि तय भएको थियो । बिहीबारका लागि तय भएको बैठक पनि पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् । अर्को बैठक शुक्रबार दिउँसो २ बजेसम्म बस्ने जनाइएको छ । कांग्रेसमा विशेष महाधिवेशनको माग गरेको गगन थापा पक्ष र तत्काल महाधिवेशन गर्न नहुने संस्थापन पक्षको अडानका कारण विवाद चर्किदै गएको छ ।...
विवेकशील साझाद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय

विवेकशील साझाद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय

नेपाल । वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले निकट मित्र शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको बैकल्पिक राजनीतिक दलवीचको ‘बृहत्तर ध्रुबिकरणर एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो । वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन जेनजी विद्रोहले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तिब्रत्तर बनाईदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देस दिन्छ, संयोजक एवं उपाध्य...
कुलमान र खगेन्द्रले साझा चिह्न बिजुलीको चिममा चुनाव लड्ने

कुलमान र खगेन्द्रले साझा चिह्न बिजुलीको चिममा चुनाव लड्ने

नेपाल । उर्जा मन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीले साझा चिह्नमा चुनाव लड्ने भएका छन् । हाम्रो पार्टी नेपालले पनि आगामी आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदावरी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए । तर, निर्वाचन प्रयोजनका लागि उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् । आयोगले एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था गरेको छ । त्यसका लागि बेग्लै निवेदन दिनुपर्छ । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् ।...
प्रधानमन्त्री सुशीला कार्कीद्वारा सचिवालय संख्या कटौती, अब ६ जनामात्रै

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सचिवालय संख्या कटौती, अब ६ जनामात्रै

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो । अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन् । जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्।...
जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने

नेपाल । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल एउटै चुनाव चिह्न जाँतो लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरूको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ।...
नेपाली कम्युनिष्ट पार्टी जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै

नेपाली कम्युनिष्ट पार्टी जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै

नेपाल । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो । समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए । शुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटकपटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो। गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए । बिहीबार औपचारिक घोषणा हुन लागेको हो ।...