१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

नेपाल । सर्वोच्च अदालतले सरकारद्वारा भूमि आयोग खारेज गर्ने निर्णय बदर गरेको छ । न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आयोग विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई अमान्य ठहर गरेको हो । आइतबारदेखि निरन्तर सुनुवाइमा रहेको रिटमा अदालतले आदेश जारी गरेपछि तत्कालीन अध्यक्ष हरिप्रसाद रिजालसहित आयोगका पदाधिकारी पुनः कार्यमा फर्किन सक्ने भएका छन् । सो आयोगलाई २०७९ असोज २३ गते सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले केन्द्रीय कार्यालयदेखि ७७ जिल्ला कार्यालयसम्म विघटन गर्ने निर्णय गरेको थियो । ...
नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने कार्यतालिका सार्वजनिक

नेपाल । नेपाली कांग्रेसले पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ । कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै सोमबार बैठक समापन भयो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे । यस्तो छ कार्यतालिकाः –मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने –जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने । –क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र...
‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ । आइतबार सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो । यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ । प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताउनुभयो। छलफलमा युवा तथा खेलकुदमन्त्री ...
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण, पाँच बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण, पाँच बुँदे सहमति

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ । आइतवार दिउँसो काठमाडौंमा एक समारोहबीच दुई पार्टीबीच एकीकरण भएको हो । रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियारले एकीकरण सहमति पत्रमा हस्ताक्षर गरे। सहमति पत्रमा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाई सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्ने सहमति भएको छ । ...
देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार !

देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार !

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार हुनुभएको छ । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उहाँ नियमित महाधिवेशनको पक्षमा देखिनुभएको हो । विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड रहेको छ । तर, यसमा नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको भन्दै असहमति व्यक्त गर्नुभएको छ ।...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका बस्ने गरी सर्यो

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका बस्ने गरी सर्यो

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते सोमबार बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमवारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको बैठक पटक पटक सारिंदै आएको छ । बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। ...
रास्वपा र विवेकशील साझा आइतबार एक हुँदै

रास्वपा र विवेकशील साझा आइतबार एक हुँदै

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीको औपचारिक रूपमा आइतबार पार्टी एकता घोषणा हुँदैछ । दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो र विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।...
प्रधानमन्त्री सुशीला कार्कीद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल

प्रधानमन्त्री सुशीला कार्कीद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । चुनावसँगै देशका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा पार्टीले प्रधानमन्त्रीसँगको छलफलमा जोड दिएको राप्रपा अध्यक्ष लिङ्देनले बताउनुभयो ।...
पूर्व एआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्व एआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

नेपाल । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शुक्रबार रास्वपाले उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ । शुक्रबारनै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाएको जनाएको छ ।...
निर्वाचनको तयारीमा जुट्न नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको तयारीमा जुट्न नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएक...