१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

केपी ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पत्राचार गर्ने

केपी ओलीलाई बयानका लागि जाँचबुझ आयोगले पत्राचार गर्ने

नेपाल । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट गर्नुभयो । नेकपा (एमाले) का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री ओलीले सो आयोगको कानुनी हैसियत र स्वच्छतामा प्रश्न उठाउँदै बयान दिन आयोगमा नजाने पक्षमा आफ्नो भनाइ सार्वजनिक गरिरहनु भएको अवस्थामा आयोगले पत्राचार गर्ने बताएको हो । गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट गठित तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरिएको छ ।...
इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु

इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु

नेपाल । ग्रेगोरियन पात्रोअनुसार बिहीबारदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको बताइन्छ । यसको आलोचना गर्नेहरूले सोही आधारमा पात्रो वैज्ञानिक नभएको समेत भन्ने गरेका छन् । विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्तले सौरमास र चन्द्रमासको समन्वयबाट वैदिककालदेखि नै सुरु भएको विसं जति वैज्ञानिक नभए पनि हाल इस्वी सन्को प्रभाव विश्वव्यापी बन्दै गएको बताउनुहुन्छ । ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेन्डको एक वर्ष हुन्छ, तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेन्डको एकाइले ग...
रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सुधार गर्ने

रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सुधार गर्ने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनाएको छ। विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरेको छ । बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने जनाएको छ । रास्वपाले आयोगमा बुझाएको बन्दसूचीको विषयमा चर्को आलोचना भइरहेको छ । ...
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै युगिन जिम्मेवारी होः गगन थापा

राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै युगिन जिम्मेवारी होः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘ राष्ट्रिय एकता र मेलमिलाप’ दिवसका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत दिनु भएको सन्देश आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ‘ राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन ! ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु। नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर ह...
घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

नेपाल । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले बुधबार भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।...
आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमाः गगन थापा

आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमाः गगन थापा

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा परेको दाबी गरेका छन् । काँग्रेसले मंगलबार समानुपातिकतर्फको पेश गरेको बन्द सूचीमा आफ्नो चाहनाविपरित ससुरा केसी समानुपातिक उम्मेदवार बनेको दाबी गरेका हुन् । थापाले ससुरा केसीलाई समानुपातिकको सूचीमा राख्न प्रयास नगरेको बताउँदै बाहिर गलत हल्ला फैलाइएको बताए । उनले ससुरा समानुपातिकको सूचीमा पर्नु आफ्नो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय भएको बताए ।...
बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

नेपाल । ४९ वर्षअघि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा स्वदेश फर्किएका थिए। आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका वेला उनी स्वदेश फर्किए...
चुनावी प्रक्रियामा सहभागी हुन तयार छौं, तर सरकारले वातावरण बनाउन सकेनः ओली

चुनावी प्रक्रियामा सहभागी हुन तयार छौं, तर सरकारले वातावरण बनाउन सकेनः ओली

नेपाल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ । मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरिएको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई प्रतिगमनमा लैजाने षडयन्त्र भए पनि एमाले र काँग्रेसजस्ता राजनीतिक शक्ति मुलुकमा रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो । देशको लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानको मुद्दामा काँग्रेस र एमालेबिच सहकार्य हुने उहाँले बताउनुभयो । उहाँले एमालेक...
आगामी निर्वाचनका लागि ६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

आगामी निर्वाचनका लागि ६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

नेपाल । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । पुस १४ गते राति १२ बजेसम्मका लागि निर्वाचन आयोगले सूची बुझाउने समय तोकेको थियो । आयोगको विवरणअनुसार २२ वटा दलले मात्रै समानुपातिकतर्फको सबै सिट अर्थात ११० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बन्दसूची पेश गर्ने ५८ निर्वाचन चिन्हमा ६४ दल नेपाल मजदुर किसान पार्टी ११० सिट नेपाल लोकतान्त्रिक पार्टी १२ सिट राष्ट्रिय जनमोर्चा ११० सिट जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट नेकपा माक्सवादी (पुष्पलाल) २० सिट गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट जनता समाजवादी पार्टी, नेपाल १०१ सिट समावेशी समाजवादी पार्टी ३१ सिट समावेशी समाजवादी पार्टी नेपाल १२ सिट नेपाल जनता संरक्षण पार्टी १७ सिट नागरिक शक्ति नेपाल २५ सिट राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट नेपाल जनमु...
जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले दिए बयान

जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले दिए बयान

नेपाल । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३–२४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् । सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ । ‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्...