२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

१५ लाख रुपियाँ धरौटी बुझाएर सांसद बस्नेत रिहा

१५ लाख रुपियाँ धरौटी बुझाएर सांसद बस्नेत रिहा

नेपाल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेककी राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहेकी गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन् । उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् । उनीअदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएको अर्यालले बताइन् । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राप्रपाबाट बर्दियाकी प्रतिनिधिसभा सदस्य बस्नेत, उनका ज्वाँई नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउपूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीले पनि अदालतमा उपस्थित भएर छानविनलाई सहयोग गर्न निर्देशन दि...
आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन

आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । उनले पार्टीले पछिल्लो समय जनतामाँझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए । ...
पाँचदिन लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए

पाँचदिन लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिन लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा बुधबार सहभागी भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शनिवार ओली चीन प्रस्थान गरेका थिए । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको थियानचिनतर्फ लागेका थिए । ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गएका हुन् । उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । ओलीले लिम्पियाधुरा सीमा अतिक्रमणबारे चीनसँग कुरा उठाएको पेकिङस्थित नेपाली दूतावास र परराष्ट्र सचिव अमृतबहादुर राईले प्रेस नोट जारी गरेका थिए ।...
विधान महाधिवेशन अघि बिहीबार नेकपा एमालेको सचिवालय बैठक बस्दै

विधान महाधिवेशन अघि बिहीबार नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ । शुक्रबारदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो । बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुनेछ । महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहकाबिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३१५ जना गरी कुल दुई हजार ३४१ जना सहभागी हुने पार्टीले जनाएको छ। ...
अदालतको अवहेलनामा नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग

अदालतको अवहेलनामा नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग

नेपाल । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उनीसँग लिखित जवाफ आएको सात दिनभित्र सुनुवाइका लागि अग्राधिकारसमेत दिएको छ । मोरङ जिल्ला स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले उपाध्यक्ष श्रेष्ठले यही भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए । निवेदनमा उपाध्यक्ष श्रेष्ठले भनसुन र घुसबिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अविश्वास फैलाउने खालको सामग्री पोस्ट गरेको उल्लेख छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष श्रेष्ठलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजि...
विधान महाधिवेशनका विविध पक्षमा छलफल गर्न बिहीबार एमालेको सचिवालय बैठक बस्दै

विधान महाधिवेशनका विविध पक्षमा छलफल गर्न बिहीबार एमालेको सचिवालय बैठक बस्दै

नेपाल । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते बिहीबार अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उहाँले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताउनुभयो । महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ...
पार्टीलाई सबै तहका सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्छः महासचिव पोखरेल

पार्टीलाई सबै तहका सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्छः महासचिव पोखरेल

नेपाल । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको नीतिलाई राष्ट्रको नीति बनाउन सकेमात्र एमाले निर्णायक शक्ति बन्न सक्ने बताउनुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ को विमोचन समारोहमा सोमबार ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै महासचिव पोखरेलले पार्टीलाई सबै तहका सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो । हाल एमाले सरकारको नेतृत्वमा रहे पनि आफ्नो नीति राष्ट्रको नीति बनाउनसक्ने एकल सामर्थ्य अझ बन्न नसकेको स्वीकार गर्दै महासचिव पोखरेलले अब पार्टीले वर्ग सङ्घर्षलाई चुनाव केन्द्रित बनाउनुपर्ने बताउनुभयो ।...
जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैनः माधव नेपाल

जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैनः माधव नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष माधव नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै पताञ्जली जग्गा प्रकरणमा आफूलाई आफूलाई बिना कारण मुद्दा लगाइएको जिकिर गरे । हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती काम भयो भन्नेको कानुनी आधार नरहेको भन्दै उक्त जग्गाबारे मन्त्रिपरिषदबाट सर्वसम्मतिले निर्णय गरेर स्मरण गरे । उनले आफू प्रधानमन्त्री हुँदा विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको भन्दै क्याबिनेटले सर्वसम्मतिले निर्णय गरेको जिकिर गरे ।...
गोरखाको हंशपुर केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

गोरखाको हंशपुर केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प

नेपाल । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।...
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।