१३ भाद्र २०८३, शनिबार

राजनीति/समाज

देश चुनावतर्फ होमियो, अब शंका नगरौंः प्रचण्ड

देश चुनावतर्फ होमियो, अब शंका नगरौंः प्रचण्ड

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे । ...
काँग्रेस विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित चुनावमा जानु पर्छः केसी

काँग्रेस विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित चुनावमा जानु पर्छः केसी

नेपाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेसमेत बताए । नेपाली कांग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधानको पालना गर्दै विशेष अधिवेशन अनिवार्य रहेको उल्लेख गर्दै नेता केसीले भनेका छन्, ‘सबै मिलेर विशेष अधिवेशन सहभागी बनौं,नवीन कांग्रेसको निर्माण गरौं। सहमति मै निकास निकालौं ,पार्टी विभाजन होईन अझ सशक्त ऊर्जाशील एकता निर्माण को बाटो खोजौँ । सबै पक्ष गम्भीर बनौँ । सबै महाधिवेशनका साथीहरु सहभागी बनौँ । सफल पारौँ र नयाँ कांग्रेस निर्माण गरौँ ।’ उनले लोकतान्त्रिक पद्धतिको सर्वमान्य, आधारभूत र अपरिहार्य सिद्धान्त भनेकै विधिको शासन भएको...
नेपालमा निर्वाचन हुन अब ६० दिन बाँकी

नेपालमा निर्वाचन हुन अब ६० दिन बाँकी

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ। निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ । आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन। आचारसंहिताअनुसार कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचा...
पार्टी समायोजन, विस्तार र सुदृढीकरणबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

पार्टी समायोजन, विस्तार र सुदृढीकरणबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

नेपाल । रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार बस्दै छ। पार्टी समापति रवि लामिछानेको आह्वानमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफलका निम्ति राखिएको छ।...
अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता

अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता

नेपाल । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ । अनसन बसेको ११औँ दिनमा सम्झौता भएसँगै उनीहरूले शुक्रबार अनसन पनि तोडेका छन् । सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाइन् ।...
बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते

बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते

नेपाल । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनुभयो । उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर हुनुहुन्थ्यो । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते हुनुभएको छ । घाइतेहरुमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४...
श्रीस्वस्थानी व्रत शुरु

श्रीस्वस्थानी व्रत शुरु

नेपाल । शनिबार पुस १९ गते पौष शुक्ल पूर्णिमा । नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा शनिबार २३ घडी १६ पला अर्थात् ४ बजेर १५ मिनेटसम्म पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्। व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग...
आगामी निर्वाचनका लागि ४० वटा संस्थालाई पर्यवेक्षणको अनुमति

आगामी निर्वाचनका लागि ४० वटा संस्थालाई पर्यवेक्षणको अनुमति

नेपाल । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४० वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पर्यवेक्षणका लागि ५१ वटा संस्थाले निवेदन दिएका थिए । राष्ट्रियतर्फ १० र अन्तर्राष्ट्रियतर्फ एउटा संस्थाको आवेदन स्वीकृत भएन  । आयोग पदाधिकारीको बुधबारको बैठकले थप नौ वटा राष्ट्रिय संस्थालाई अनुमति दिँदा निर्वाचन पर्यवेक्षण गर्ने संस्थाको सङ्ख्या ४० पुगेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ३६ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमति पाएको जानकारी दिनुभयो । उहाँले निवेदन दिएकामध्ये केहीले आंशिक पर्यवेक्षणको माग गरेकामा आयोगले त्यस्तो संस्थालाई अनुमति नदिएको प्रस्ट्याउनुभयो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा ४४ वटा राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका थिए । जसबमोजिम अन्...
नियमित महाधिवेशन स्थगित, गगन र विश्वप्रकाशले शुरु गरे विशेष महाधिवेशनको तयारी

नियमित महाधिवेशन स्थगित, गगन र विश्वप्रकाशले शुरु गरे विशेष महाधिवेशनको तयारी

नेपाल । । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । महामन्त्रीद्वयले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगितको जानकारी दिँदै विशेष महाधिवेशनको तयारी शुरू भएको जनाएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोअनुसार कार्यतालिका पनि सार्वजनिक गरिएको थियो । ...
तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

नेपाल । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको बिहीबारको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनु भयो । आयोगले गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ । आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र निज लेखकलाई दिइएको छ । बैठकले भदौ २३ र २४ गतेको घटनाको छानबिन तथा जाँचबुझका लागि अनुसन्धानका दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेशमा भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो । सो घटनाका सम्बन्धमा तत्कालीन ग...