२१ बैशाख २०८३, सोमबार

राजनीति/समाज

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट बिहीबार स्वदेश फर्कंदै

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट बिहीबार स्वदेश फर्कंदै

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर बिहीबार अपराह्न स्वदेश फर्किँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणm गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।...
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच बुधबार एकता हुँदै

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दलबीच बुधबार एकता हुँदै

नेपाल । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ९ दल र समूहबीच बुधबार एकता हुने भएको छ । एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रीय तहबाट मंगलबार अनुमोदन गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी तथा पूर्व माओवादी नेता गोपाल किराँती समूहबीच एकता हुने भएको हो । माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले सबै घटकको सहभागितामा राष्ट्रिय सम्मेलनबाट एकता घोषणा गरिने जानकारी दिए । एकीकृत पार्टीले नेपाली विशेषताको वैज्ञानिक समाजवाद कार्यक्रमलाई अघि बढाउने भएको छ। घोषणा बुधबार बिहान ११ बजे हुनेछ । साथै उनले एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र स...
नेपाल प्रहरीका ५ जना डीआईजीमा बढुवा

नेपाल प्रहरीका ५ जना डीआईजीमा बढुवा

नेपाल । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको हो । गृह मन्त्रालयका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो । गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो । ...
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय

नेपाल । सरकारले जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए । विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरुलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।...
नेकपा एमाले निर्वाचनबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल

नेकपा एमाले निर्वाचनबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् । प्रेस चौतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताएका हुन् । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताए । उनले वर्तमान सरकार आफैँ संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बचपना हुने टिप्पणी गरे । महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनीतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए । जेनजी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।...
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सुरु हुँदै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सुरु हुँदै

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबारबाट पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका छन्। सोमबार बसेको कार्यसम्पादनको बैठकमा यस्तो सहमति भएको थियो । महाधिवेशनका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम राखेका छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका ...
दोलखाको हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना पर्यटक बेपत्ता

दोलखाको हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना पर्यटक बेपत्ता

नेपाल । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । घाइते भएका पर्यटकमा क्यानेडियन नागरिक मार्को दी मार्सेलो, इटालियन नागरिक पाउलो कोको र फ्रान्सेली नागरिक कारोले फुच्स छन् । उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।...
मुख्यमन्त्रीहरु निर्वाचनको वातावरण निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्न तयार

मुख्यमन्त्रीहरु निर्वाचनको वातावरण निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्न तयार

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् । प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकोमा प्रशंसा गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन फलदायी बन्ने विश्वास पनि व्यक्त गरे । मुख्यमन्त्रीहरूले निर्वाचनको प्रमुख चुनौती शान्ति सुरक्षाको विषय रहेकाले यसमा गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा राखे। संघ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरूको भनाइ थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भन्नुभयो, ‘म एमालेको प्रतिनिधित्व गर्छु । हामी चुनावका विरोधी होइनौँ। सरकार चुनावको वातावरण बनाउन लागोस् र हाम...
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो आधिकारिकता

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो आधिकारिकता

नेपाल । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् । गत असोज १२ गते आइतबार साम्पाङ आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।...
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलद्वारा एकताको सहमति

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलद्वारा एकताको सहमति

नेपाल । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको छैन । चुनाव चिह्न भने पाँचकुने ‘तारा’ हुने उल्लेख छ । सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका नेताले हस्ताक्षार गर्नुभएको छ । माओवादी र समाजवादीसँगै नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गर्नुभएको छ । ...