मकवानपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनावी गतिविधि तीव्र
नेपाल । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ । कांग्रेसले क्षेत्र नम्बर २ को वडा र टोलस्तरमा पुगेर घरदैलोसँगै अगुवा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएको हो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा उम्मेदवार रहनुभएको यस क्षेत्रमा कांग्रेसले जितका लागि दवाव बढाउँदै लगेको छ । कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउने क्रममा आइतबार थाहा नगरपालिकाको डाँडाबासमा दुई छुटाछुट्टै कार्यक्रम सम्पन्न भएको छ ।
कैलाश गाउँपालिका वडा नम्बर १, २, ५ र ६ तथा थाहा नगरपालिका वडा नम्बर ७ र ८ को कोण सभा एवम् प्रतिबद्धता सभा भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जयराम लामिछानेले लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिका लागि निर्वाचनमा कांग्रेसले जित्नु पर्ने बताउनुभयो ।
उहाँले अहिलेको अस्थिरतालाई चिर्दै क...








