२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

विहीबार ‘योमरी पुन्हि’, उधौली पर्व र कुलदेवताको पूजा गरिंदै

विहीबार ‘योमरी पुन्हि’, उधौली पर्व र कुलदेवताको पूजा गरिंदै

नेपाल । मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा । विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ। सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । यो दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप) गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाट...
काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार बिहान क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन् । थापाले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् । समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् । केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले नियमित १५ औं महाधिवेशन गर्ने निर्णय गरेसँगै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने दबाब छ । ...
अपाङ्गता भएकाहरुको समावेशी विकासका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको समावेशी विकासका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनलेअपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी हुन् । अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट पारेकी छिन् । नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्त...
प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

नेपाल । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी सहिद दिवस मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरूको सम्झनामा उक्त दिवस मनाउने निणय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले जेनजी आन्दोलनका क्रममा सहिद परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी, अविवाहित छोरालाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्ने गरी सीमा निर्धारण गरेको छ । त्यस्तै बैठकले बाढी पहिरो प्रभावित श्रीलंकालाई सरकारका तर्फबाट सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै, विश्वविद...
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतद्वारा बदर

नेपाल । सर्वोच्च अदालतले सरकारद्वारा भूमि आयोग खारेज गर्ने निर्णय बदर गरेको छ । न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आयोग विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई अमान्य ठहर गरेको हो । आइतबारदेखि निरन्तर सुनुवाइमा रहेको रिटमा अदालतले आदेश जारी गरेपछि तत्कालीन अध्यक्ष हरिप्रसाद रिजालसहित आयोगका पदाधिकारी पुनः कार्यमा फर्किन सक्ने भएका छन् । सो आयोगलाई २०७९ असोज २३ गते सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले केन्द्रीय कार्यालयदेखि ७७ जिल्ला कार्यालयसम्म विघटन गर्ने निर्णय गरेको थियो । ...
नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने कार्यतालिका सार्वजनिक

नेपाल । नेपाली कांग्रेसले पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ । कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै सोमबार बैठक समापन भयो । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे । यस्तो छ कार्यतालिकाः –मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने –जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने । –क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र...
‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ । आइतबार सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो । यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ । प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताउनुभयो। छलफलमा युवा तथा खेलकुदमन्त्री ...
राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण, पाँच बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण, पाँच बुँदे सहमति

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ । आइतवार दिउँसो काठमाडौंमा एक समारोहबीच दुई पार्टीबीच एकीकरण भएको हो । रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपाध्यक्ष डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियारले एकीकरण सहमति पत्रमा हस्ताक्षर गरे। सहमति पत्रमा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै छोटो समयमै उल्लेखनीय संसदीय हैसियत बनाई सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्ने सहमति भएको छ । ...
देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार !

देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार !

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार हुनुभएको छ । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उहाँ नियमित महाधिवेशनको पक्षमा देखिनुभएको हो । विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड रहेको छ । तर, यसमा नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको भन्दै असहमति व्यक्त गर्नुभएको छ ।...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका बस्ने गरी सर्यो

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारका बस्ने गरी सर्यो

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर १५ गते सोमबार बस्ने भएको छ । यसअघि मङ्सिर १४ गते बोलाइएको उक्त बैठक विशेष कारणले गर्दा मङ्सिर १५ गते सोमवारसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको बैठक पटक पटक सारिंदै आएको छ । बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। ...