२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

रास्वपा, नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच एकता

रास्वपा, नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच एकता

नेपाल । रास्वपा, नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच समायोजन भएको छ । सोमबार आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको हो । सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, थरुहट÷थारुवान अभियानका तर्फबाट लक्ष्मण थारु तथा प्रतिनिधिका रूपमा सुरेन्द्र चौधरीले हस्ताक्षर गर्नुभयो । सहमतिपत्रमा थारु समुदायको धार्मिक तथा सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धनका लागि थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी एवं संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने उल्लेख छ । निजामती सेवा, न्यायिक क्षेत्र, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने पनि सहमति भएको छ ...
राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार बारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार बारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपाल । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको छ। राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।...
रास्वपा, बालेन साह र उज्यालो नेपाल पार्टीबीच सोमबार एकता घोषणा सभा हुँदै

रास्वपा, बालेन साह र उज्यालो नेपाल पार्टीबीच सोमबार एकता घोषणा सभा हुँदै

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । काठमाडौँ महानगरका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि एकता सभा गर्न लागिएको हो । दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा हुने रास्वपाले विज्ञप्ति जारी गरी जनाएको छ । पुस १३ र १४ गते रास्वपाले साह र कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ । आइतबार बसेको राश्वपा केन्द्रीय समिति बैठकले एकताबाट आएकाहरुलाई समेटेर पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो ।...
मकवानपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नेपाल । मकवानपुरमा जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ । आइतबार साँझ मकवानपुरको भीमफेदी गाउपालिका–६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा आइतबार साँझ दुर्घटना भएको थियो। काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको, सुमोमा सवार ९ सवार रहेका थिए भने ६ जनाको हेटौंटा अस्पतालमा निधन भएको छ । मृत्यु भएकाहरुको विवरणः  १. देश भारत बिहार राज्य पटना बस्ने वर्ष ४२ को रजनिस कुमार २. जि-मकवानपुर हेटौडा उपमहानगरपालिका- ४ कमलडाँडा बस्ने वर्ष ४० की सबिता लम्साल ३. जि-मकवानपुर हेटौडा उपमहानगरपालिका- २ कान्तिराजपथ बस्ने वर्ष ९ को निखिल अग्रवाल ४. देश भारत बिहार राज्य बेगुसराई बस्ने वर्ष ४९-५० को अरबिन्द कुमार ५‍. तत्काल  नाम थर वतन नखुलेको वर्ष ३३६ को पुरुष ६. तत्काल  नाम थर वतन नखुलेको वर...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भारत भ्रमणमा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भारत भ्रमणमा

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा भाग लिन उहाँ नयाँ दिल्ली पुग्नु भएको हो । नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार भारतभर रहनु भएका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रममा उहाँले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर तथा एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गर्नु हुने बताइएको छ । भारतमा बसोबास गर्दै आएका नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपाली समा...
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लियो बयान

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग लियो बयान

नेपाल । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो । यसअघि ओलीले सिंहदरबारस्थित जाँचबुझ आयोगमा गएर बयान नदिने बताउँदै आउनुभएको थियो । आइतबार आयोगको टोली पत्रसहित ओली निवास गुन्डुमै पुगेर लिखित जवाफ लिई फर्केको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीले भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा लिखित जवाफ आयोगलाई बुझाउनुभएको छ । यता, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग राष्ट्रिय मानव अधिकार आयोगले पनि बयान लिएको छ । आयोगको अनुसन्धान समितिले ओलीसँग आइतबार अढाई घण्टा बयान लिएको हो । आयोगका सदस्य एवं अनुसन्धान समिति संयोजक डा। लिली थापाका अनुसार भदौ २३ र २...
कास्कीको कवितागाउँमा गौचनको सालिक

कास्कीको कवितागाउँमा गौचनको सालिक

नेपाल । कास्कीको लुम्ले नेपालकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने यो स्थलले पछिल्लो समय ‘कवितागाउँ’ का रूपमा पृथक् पहिचान बनाएको छ । सुरम्य लुम्लेलाई कविरगीतकार विनोद गौचनको अगुवाइमा ‘कवितागाउँ’ घोषणा गरिएको थियो । कवितागाउँ लुम्लेका अध्यक्ष भरत देवकोटाले यहाँ पार्क, बहुउद्देश्यीय भवन, पुस्तकालयसहितका संरचना बनाउने योजना भएको बताउनुभयो । अध्यक्ष देवकोटा भन्नुहुन्छ, “एक पटक पुग्नैपर्ने साहित्यिक एवं पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ ।” पोखराका सडकपेटी, पार्क, सिमसार र वनमा सयौँथरी वनफूल फुलिरहन्छन् । सर्जक गौचनले २०६३ मा प्रकाशित कृतिको अनौठो नाम दिनुभएको थियो, ‘पोखरामा फूल फुल्दैन ।’ उहाँका कवितालाई प्रतीकात्मक रूपमा बुझ्नुपर्ने समीक्षक असफल गौतमको तर्क छ । “पोखरा सहरमै घर भए पनि गाउँमा धेरै रम्ने, उतै डुल्ने, लेख्ने गौचनलाई सहरिया जीवन खोक्रो लागेको विम्बात...
झापा ५ मा केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय

झापा ५ मा केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय

नेपाल । नेकपा एमाले झापा ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ । शनिबार बसेको क्षेत्रीय कमिटी बैठकले राष्ट्रिय स्वाधिनताका नायक, बिकाश र समृद्धिका योजनाकार रहेका अध्यक्ष ओलीलाई नै उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एमाले अध्यक्ष ओली २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रबाट बिजयी बन्दै आउनु भएको छ ।...
देश चुनावतर्फ होमियो, अब शंका नगरौंः प्रचण्ड

देश चुनावतर्फ होमियो, अब शंका नगरौंः प्रचण्ड

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको बताए । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे । ...
काँग्रेस विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित चुनावमा जानु पर्छः केसी

काँग्रेस विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित चुनावमा जानु पर्छः केसी

नेपाल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व र कार्यक्रमसहित फागुनको चुनावका लागि जनतामा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा विचार लेख्दै नेता केसीले त्यसो नगरी यथास्थितिमा रहनु दुर्घटना र आत्मघाती हुनेसमेत बताए । नेपाली कांग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधानको पालना गर्दै विशेष अधिवेशन अनिवार्य रहेको उल्लेख गर्दै नेता केसीले भनेका छन्, ‘सबै मिलेर विशेष अधिवेशन सहभागी बनौं,नवीन कांग्रेसको निर्माण गरौं। सहमति मै निकास निकालौं ,पार्टी विभाजन होईन अझ सशक्त ऊर्जाशील एकता निर्माण को बाटो खोजौँ । सबै पक्ष गम्भीर बनौँ । सबै महाधिवेशनका साथीहरु सहभागी बनौँ । सफल पारौँ र नयाँ कांग्रेस निर्माण गरौँ ।’ उनले लोकतान्त्रिक पद्धतिको सर्वमान्य, आधारभूत र अपरिहार्य सिद्धान्त भनेकै विधिको शासन भएको...