नेपाल । नेपाली कांग्रेसले ‘एक महिने जरा अभियान’ सुरु गरेको छ । क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि मंगलबारबाट अभियान थालिएको हो ।
सभापति गगन थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी अभियानको शुभारम्भ गरे। अभियान वैशाख मसान्तसम्म जारी रहने छ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गरिएको कांग्रेस नेताहरूले बताएका छन्।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्