नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको संलग्नता बढ्दै जानु सकारात्मक पक्ष भएको बताएका छन् ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले समसामयिक राजनीतिक अवस्थाबारे धारणा व्यक्त गरेका छन् ।
उनले शिक्षित, देशबारे जानकार तथा आधुनिक प्रविधिमा अभ्यस्त युवाको सहभागिताले राज्य सञ्चालनमा योगदान पुग्ने बताएका छन् । साथै, निरन्तर नयाँ विकल्पको खोजी गर्ने प्रवृत्तिले दीर्घकालीन स्थायित्वमा प्रभाव पार्ने विषय पनि उल्लेख गरेका छन् ।
उक्त सन्देशमा उनले विगतका राजनीतिक परिवर्तन र तिनका परिणामप्रति संकेत गर्दै संस्थागत स्थायित्व, निरन्तरता र नीतिगत दृढताको आवश्यकता औँल्याएका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्