९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

नेपाल । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।...
स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने

स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने

नेपाल । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले बताए । उनले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए । मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।...
रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही लगिँदै

रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही लगिँदै

नेपाल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिँदै छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लग्न लागिएको हो । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते पक्राउ परेका थिए ।...
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चीन जाँदै

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चीन जाँदै

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङ जान लागेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनिया कम्युनिष्ट पार्टीको निम्तोमा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन् । यस्तै प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ, झापा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी समेत भ्रमण टोलीमा छन् ।...
कांग्रेस-एमालेको गठबन्धन सरकार २०८४ सम्मै जान्छः देउवा

कांग्रेस-एमालेको गठबन्धन सरकार २०८४ सम्मै जान्छः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनुभएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभयो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ ।’ ...
रवि लामिछाने थप १३ दिन प्रहरी हिरासतमा !

रवि लामिछाने थप १३ दिन प्रहरी हिरासतमा !

नेपाल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।...
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति

नेपाल । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार अधिकारीकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसरले अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट गरिएको थियो ।...
नेकपा एमालेको सचिवालय बैठकमा सरकारका कामको समीक्षा

नेकपा एमालेको सचिवालय बैठकमा सरकारका कामको समीक्षा

नेपाल । नेकपा एमाले सचिवालय बैठकले सरकारका कामको समीक्षा गरेको छ । बैठकले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार बसेको बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन संयन्त्र बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । साथै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको बताउँदै विश्व राजनीतिक घटनाक्रमलाई मूल्यांकन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको बताए । बैठकले सत्ता साझेदार कांग्रेस र एमालेबीच अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै आगामी निर्वाचनसम्म सत्ता सहकार्य लैजानका लागि दुई दलीय राजनीतिक संयन्त्र बनेको भन्दै यस्ले सरकारलाई प्रभावकारी रुपमा काम गर्न र बिरोधीको अपवाह चिर्न बल पुग...
काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित

काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित

नेपाल । नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम मनोनित गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको संयोजकत्वमा रहेको विभागमा मनोनित हुनेहरुमा विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरु समेत समेटिएका छन् । मनोनयन सदस्यहरू: १– श्री नरेन्द्रबहादुर भाट, डडेल्धुरा २– श्री दिलबहादुर गुरूङ्ग, मनाङ ३– श्री पूर्णबहादुर हमाल बाग्लुङ ४– श्री पेमा नीमा शेर्पा, ओखलढुंगा ५– श्री नारायण सुवेदी, चितवन ६– श्री कृष्ण गिरी (जगन्नाथ), झापा ७– श्री नारायण खरेल, काठमाडौं ८– श्री गिरीराज कुँवर, चितवन ९– श्री कुलप्रसाद गुरूङ्ग, कास्की १०– श्री हिक्मत थापा, कैलाली ११– श्री राजु रेग्मी ’राज’, बाग्लुङ १२– श्री शालिकराम डुम्रे, स...
रास्वपाद्वारा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय

रास्वपाद्वारा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ । रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने र सो आन्दोलनलाई साथ दिन नेपाली जनतालाई आह्वान गर्ने निर्णय पनि गरेको छ । ...