१८ बैशाख २०८३, शुक्रबार

राजनीति/समाज

रास्वपाका उम्मेदवारलाई औपचारिक पत्र दिने अधिकार बुर्लाकोटीलाई

रास्वपाका उम्मेदवारलाई औपचारिक पत्र दिने अधिकार बुर्लाकोटीलाई

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो।...
बागमती प्रदेश सरकारद्वारा १०० दिनको उपलब्धी सार्वजनिक

बागमती प्रदेश सरकारद्वारा १०० दिनको उपलब्धी सार्वजनिक

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारले बुधबार एक सय दिनका गतिबिधि सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा केही महत्वपूर्ण काम गरेको भनियपनि त्यस्ता कामहरु भएको खासै देखिएको छैन । प्रदेश सरकारले नियमित कामलाई उपलब्धीका रुपमा ग्रहण गरेको छ । प्रदेश सरकारले गत असोज महिनामा आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणमा काम गरेपनि अरु भने नियुक्ती लगायतका कामलाई आफ्नो उपलब्धीका रुपमा सार्वजनिक गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिबहरु सहितको पत्रकार सम्मेलनमा प्रदेश सरकारले एक सय दिन सम्म भएका कामको विवरण आज सार्वजनिक गरेको हो । यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरिएको छ । प्र...
सत्तारुढ एमालले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

सत्तारुढ एमालले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेपाल । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीले काठमाडौंमा हुने उक्त जागरण सभाको तयारी थालेको छ । हालै बसेको सचिवालयको बैठकको निर्णय अनुसार एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो । मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको छ ।...
प्रदेश सांसद गौचनको हृदयघातका कारण निधन

प्रदेश सांसद गौचनको हृदयघातका कारण निधन

नेपाल । गण्डकी प्रदेशकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। डेंगु संक्रम भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी उनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।...
रास्वपा नेताहरुबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

रास्वपा नेताहरुबिरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले दिनुभएको अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश दिएको हो । निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वर्णिम वाग्ले, कार्यबहाक प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, असिम शाह, गणेश पराजुली, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।...
रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही पुर्याइयो

रवि लामिछानेलाई बयानका लागि पोखराबाट रुपन्देही पुर्याइयो

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार रुपन्देही लगिएको छ । लामिछानेलाई मंगलबारनै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ । यसैबीच रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए । ...
२८ महिनाका लागि दीपक मनाङे डिल्लीबजार कारागार चलान

२८ महिनाका लागि दीपक मनाङे डिल्लीबजार कारागार चलान

नेपाल । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई मंगलबार डिल्लीबजार कारागार चलान गरिएको छ । उनलाई मंगलबार बिहान स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो । मनाङेले २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । उनलाई भएको ५ वर्षको सजायमध्ये दुईपटक गरेर ३२ महिना जेल बसिसकेका छन् । सुरूमा जिल्ला अदालतले गरेको २ वर्षको सजया उनी काटेर मात्र छुटेका थिए । ...
पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप

पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप

नेपाल । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । यसअघि २ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । उनीसहित ९ जनालाई काठमाडौं जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । मानव तस्करी तथा सरकारी कागज किर्ते प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जापानमा हुने कार्यक्रममा सहभागी हुन जाने क्रममा अधिकारीसँग थप ३ जना जापान पुगेपछि पूर्वमन्त्री विवादमा तानिएका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले उनको साधारण सदस्यसमेत निलम्बन गरिसकेको छ । ...
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए

नेपाल । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आजदेखि लागू हुनेगरी ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र छ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले यही कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।...
स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने

स्थानीय तहको उपनिर्वाचनमा माओवादी केन्द्र एक्लै लड्ने

नेपाल । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले बताए । उनले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए । मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।...