११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइँदै

नेपाल । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती सोमबार मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । ...
संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएकोमा सिटौलाको चिन्ता

संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएकोमा सिटौलाको चिन्ता

नेपाल । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उनले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए । कांग्रेस राष्ट्रियसभाका नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे । नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे । ...
समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नु पर्छः प्रचण्ड

समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नु पर्छः प्रचण्ड

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरु अघि बढिरहेको उल्लेख गरे । चुनौतिकाविरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुबिरुद्ध घेराबन्दी गर्ने, भ्रमहरु छर्ने काममा लागेको आरोप लगाए । उनले नेताहरुलाई देवत्वकरण गर्न नहुने पनि बत...
रवीन्द्र मिश्रलाई बिना शर्त रिहाइ गर्न कमल थापाको माग

रवीन्द्र मिश्रलाई बिना शर्त रिहाइ गर्न कमल थापाको माग

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन् । शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्तालाई रिहाइ गर्न माग गरेका हुन् । उनीहरु संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको थापाले बताए । उनीहरू आस्थाको बन्दी भएको उनको भनाइ छ । गत चैत १५ गते भएको राजावादीको प्रदर्शनको क्रममा मिश्र लगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।...
संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम आइतबार पारित गरिंदै

संघीय संसदबाट सरकारको नीति तथा कार्यक्रम आइतबार पारित गरिंदै

नेपाल । प्रतिनिधिसभाको बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तय भएको छ । बैठक बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आइतबारनै पारित गर्ने कार्यसूची तय भएको छ। ...
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ !

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ !

नेपाल । पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई उपचारका लागि अस्पताल भर्ना हुनु भएको छ । उहाँको निजी सचिवालयले स्वास्थ्य नोट लेख्दै उक्त जानकारी दिएको हो । स्वास्थ्य नोटमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपाल बैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि।वि।मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पताल, महाराजगञ्जमा जानुभएकोमा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप सोही दिन उहाँको एञ्जीओप्लाष्टी गरिएको छ।’ स्वास्थ्य नोटमा अगाडि भनिएको छ,‘सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्राडा रत्नमणी गजुरेलको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले गरेको उक्त उपचार पश्चा...
राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छः देउवा

राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छः देउवा

नेपाल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए । काँग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन । संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि काँग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । सभापति देउवा निवासमा बुढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा चासो राखेका थिए । ...
वसन्त ऋतुको सगरमाथा आरोहण शुरु, कामीरिता शेर्पा ३१औँ पटक आरोहण गर्दै

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु, कामीरिता शेर्पा ३१औँ पटक आरोहण गर्दै

नेपाल । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ। एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको टोलीले सगरमाथाको चुचुरोसम्म पुगेर डोरी टाँगेको हो । टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा छन्। यो पटक सगरमाथाको ‘रोप फिक्सिङ’मा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म यो सिजनका लागि ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । यो य...
डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्ड्सबाट ‘इमिनेन्स अवार्ड’

डा. सुधन लम्सालले पाए वर्ल्ड बुक अफ रेकर्ड्सबाट ‘इमिनेन्स अवार्ड’

नेपाल । वर्ल्ड बुक अफ रेकर्ड्सले नेपालका डा. सुधन लम्साललाई “इमिनेन्स अवार्ड“ प्रदान गरेको छ । कजाकिस्तानको अल्माटीमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गर्दै लम्साललाई सम्मान गरेको हो । उनलाई यो सम्मान ज्ञान प्रवर्द्धन, आलोचनात्मक सोचको विकास, र समग्र व्यक्तित्व विकासमा पुर्याएको उल्लेखनीय योगदानको आधारमा प्रदान गरिएको हो । उक्त समारोहमा विभिन्न राष्ट्रका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । जसले कार्यक्रमको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने गर्दछ । लण्डन, बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्ड्सले विश्वभर असाधारण उपलब्धी हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ । “इमिनेन्स अवार्ड“ उत्कृष्टता प्रदर्शन गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल व्यक्तिहरूलाई प्रदान गरिन्छ । विश्वस्तरको प्रतिष्ठित व्यक्तित्वहरुले पाउने सम्मान नेपालबाट आफुलाई पदान गरेकोमा उनले खुशी व...
भारत-पाकिस्तानबीच तनावः आतंकवादविरुद्ध उभिने नेपालको प्रतिक्रिया

भारत-पाकिस्तानबीच तनावः आतंकवादविरुद्ध उभिने नेपालको प्रतिक्रिया

नेपाल । भारत–पाकिस्तानबीच तनाव चर्किरहँदा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको हो । मन्त्रालयले गत २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ । पहलगाममा घटनामा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएको थियो । विज्ञप्तिमा उक्त दुःखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएको जनाउँदै आततायी आतंकवादी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाइएको छ । ...