११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्नुको विकल्प छैनः गगन थापा

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्नुको विकल्प छैनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । विपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेख्नुभएको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उहाँले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गर्नुभयो । उहाँले विपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिनुभयो । लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले विपी कोइरालालाई चिन्ने बताउनुभयो । उक्त पुस्तक लोकार्पण समारोहको आयोजना ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेसनल फा...
टेरामक्स घोटालामा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स घोटालामा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिनिधिसभाका सांसदसमेत रहनुभएको बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । ...
सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै

सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै

नेपाल । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो । सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रव्रिmया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका विषय...
सहकारी ठगीमा सांसद माया राईविरुद्ध ३७ लाख बढीको मागदाबी गर्दै मुद्दा दायर

सहकारी ठगीमा सांसद माया राईविरुद्ध ३७ लाख बढीको मागदाबी गर्दै मुद्दा दायर

नेपाल । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो । यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डूमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डू गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।...
दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी स्थगित

दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी स्थगित

नेपाल । सरकारले दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले सुचनामा उल्लेख गरेको छ । सूचनामा कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको उल्लेख छ । सरकारले विद्यार्थीहरू (विशेष गरी अन्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिएकाले अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको ...
जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

नेपाल । आगामी जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह दशमा रहेका सांसदहरुले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले आग्रह गरे । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् ।...
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपाल । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उक्त कसुरमा २७ जना प्रहरी हिरासतमा छन् । गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरूलाई पक्राउ गरिएको थियो । उक्त प्रदर्शनमा एक पत्रकारसहति दुई जनाले ज्यान गुमाएका थिए । ...
बुद्धका मार्गदर्शनले दृष्टि, विचार र कर्म शुद्ध रहोस्ः प्रधानमन्त्री

बुद्धका मार्गदर्शनले दृष्टि, विचार र कर्म शुद्ध रहोस्ः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले दृष्टि, विचार र कर्म शुद्ध रहोस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस भन्दै कामना गर्नुभएको हो । २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ– ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध । बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।’ उहाँले बुद्धका मार्गदर्शनले सबैको दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।...
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

नेपाल । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । सिरीजङ्घा गाउँपालिका-८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ बजे करिब आठ हजार मिटरको उचाइमा पुगेका थिए । त्यही क्रममा श्वासप्रश्वासमा समस्या भई मार्गेटाको मृत्यु भएको गाइड योगेन्द्र तामाङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव समुद्री सतहदेखि करिब सात हजार ५०० मिटर उचाइमा रहेको जनाइएको छ ।...
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

नेपाल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गर्नु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे मंगलबारदेखि छलफल हुँदैछ । मंगलबार संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। ...