१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सोमवारका लागि तय भएको पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए । साथै मंगलबार हुन गइरहेको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ । प्रचण्ड बेलाबेलामा फ्रेस हुन पनि सुकुटे पुग्ने गरेका थिए । बिच भलिवल प्रतियोगिताको उद्घाटन गरेर मंगलबारनै काठमाडौँ फर्किने जनाइएको छ ।...
मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’ जारी गर्नुभएको हो । यसैगरी, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ पनि राष्ट्रपति पौडेलले जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
राजनीतिमा लोभ पलायो भने व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउँछः डा. शंशाक

राजनीतिमा लोभ पलायो भने व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउँछः डा. शंशाक

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई दाङको घोराहीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले सत्ता र पदको लोभ गर्न नहुने बताउनुभएको हो । राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा पनि सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो ।...
वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन

वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन

नेपाल । वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन भएको छ । शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । केही वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उनका दुई छोरा र तीन छोरी छन् ।...
रास्वपा सभापति रवि लामिछाने फेरि काठमाडौं प्रहरीको हिरासतमा

रास्वपा सभापति रवि लामिछाने फेरि काठमाडौं प्रहरीको हिरासतमा

नेपाल । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ । बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे । सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेश बमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर गत विहीबार रिहा भएका थिए ।...
एक महिने श्रीस्वस्थानी व्रत शुरु

एक महिने श्रीस्वस्थानी व्रत शुरु

नेपाल । सोमबार पौष शुक्ल पूर्णिमा । नेपाली सनातन धर्मावलम्बीहरु एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन् । पञ्चाङ्गमा ५२ घडी ३४ पला अर्थात् मंगलबार बिहान ४ बजेसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन् । व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्...
रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

नेपाल । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् । पोखराबाट बिहीबार ६५ लाख धरौटीमा रिहा भएसँगै उनी आइतबार अदालतमा उपस्थित हुन लागेका हुन् । कास्की अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । उनी बिरुद्ध काठमाडौं, रुपन्देही, चितवन र पर्सामा सहकारी ठगी सम्बन्धी मुद्दा छ ।...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न माधव नेपालको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न माधव नेपालको सुझाव

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न सुझाव दिनु भएको छ। शनिबार ललितपुर जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रमा हिटलरले जस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिनु भएको हो । ‘फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्’, उहाँले भन्नुभयो । ओलीको अहंकारको कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको पनि अध्यक्ष नेपालले बताउनुभयो । त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको नेपालले बताउनु भयो । आफूलाई ब...
नेपाली कांग्रेसका ३७ विभागमा सचिव मनोनित

नेपाली कांग्रेसका ३७ विभागमा सचिव मनोनित

नेपाल । नेपाली कांग्रेसले ३७ विभागका सचिव तोकेको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार विभिन्न विभागका सचिव मनोनित गरेका हुन् । कांग्रेसले गठन गरेका ५६ विभाग मध्येमा ३७ विभागका सचिव तोकिएका हुन् ।
प्रचण्ड र माधव नेपालबीच अर्थपूर्ण भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच अर्थपूर्ण भेटवार्ता

नेपाल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिहीबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए । भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन सहभागी थिए।...