१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन

जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन

नेपाल । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको छ । मुख्यसचिव एकनारायण अर्यालले जेन(जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको बताएका हुन् । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।...
रास्वपाकी नेत्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन्

रास्वपाकी नेत्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन्

नेपाल । रास्वपाकी नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । उहाँले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषण गर्नुभएको हो । उहाँले भन्नुभएको छ “अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मन लाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।” पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गरेको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।” उहाँले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि सोच्न आग्रह गर्नुभए...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नेपाल । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।...
वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

नेपाल । वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ । यसअघि आईतबारनै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो ।...
मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस

मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री र कानूनमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राख्नुभएको छ । उहाँले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघि बढाउनुभएको थियो ।...
फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गर्नुभएको हो । राष्ट्रपति पौडेलले वक्तव्यमा भन्नुभएको छ, ‘‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’’ ...
प्रतिनिधिसभा विघटन असंवैधानिकः आठ दल

प्रतिनिधिसभा विघटन असंवैधानिकः आठ दल

नेपाल । प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् । शनिबार संयुक्त रूपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भएको उल्लेख गरेका छन् । ...
आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काइँदै

आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काइँदै

नेपाल । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो । आइतबारदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए । अहिले तत्कालको आवश्यकता सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु गर्नु रहेको बताउँदै उहाँले नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मन्त्रालय र अन्य निकायहरूको सञ्चालन पुरानै सामग्रीबाट गरिने छ...
प्रतिनिधिसभा विघटन असंवैधानिकः नेपाल बार

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेपाल बार

नेपाल । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोधसहित विज्ञप्ति निकालेको हो । अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गरेका हुन् । बारले यसलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको निष्कर्ष निकालेको छ । ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनः स्थापनासम्बन्धी निर्णय विपरीत समेत छ’, बारले भनेको छ। अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारले बताएको छ।...
नेपालको प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचनको मिति घोषणा

नेपालको प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचनको मिति घोषणा

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।...