१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

असोज १ गते प्रविधि र शिल्पका देवता विश्वकर्माको पूजा गरिंदै

असोज १ गते प्रविधि र शिल्पका देवता विश्वकर्माको पूजा गरिंदै

नेपाल । असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मापूजा । प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले बुधबार विश्वकर्माको पूजा–आराधना गर्दैछन्। सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् । यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उनको पूजा–आराधना गर्छन्। पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ । द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ। ...
जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

जेनजी आन्दोलनमा सहादत प्राप्त सहिदहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

नेपाल । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ ।नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदलाई राष्ट्रिय झन्डा ओढाएपछि अन्त्येष्टि गरिएका हो । सहिदलाई वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा गरिएको थियो ।...
विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहान ११ः ५३ बजे

विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहान ११ः ५३ बजे

नेपाल । विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ । नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो । असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत रहेको समितिले जनाएको छ । ...
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार नेपालमा शोक मनाईंदै

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार नेपालमा शोक मनाईंदै

नेपाल । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो ।...
संकटपूर्ण अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगको नौ बुँदे आह्वान

संकटपूर्ण अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगको नौ बुँदे आह्वान

नेपाल । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शव परीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलल आज री गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ। “देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउनु जरुरी छ”, विज्ञप्तिमा भनिएको छ, “अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ।” आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख...
सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

नेपाल । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले सहादत व्यक्तिलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकपछि गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सहादत प्राप्त गर्ने व्यक्तिलाई राष्ट्रिय झन्डा ओडाउने निर्णय पनि भएको छ । मन्त्री अर्यालले सहिद परिवारलाई क्षतिपूर्ति १० लाख रुपैयाँ दिइँदै आएको र अहिले पनि १० लाख रुपियाँ क्षतिपूर्ति दिने र अन्य खर्चबापत पाँच लाख रुपियाँ गरी १५ लाख रुपैयाँ दिने निर्णय भएको ...
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन नवनियुक्त उर्जामन्त्री कुलमानको निर्देशन

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन नवनियुक्त उर्जामन्त्री कुलमानको निर्देशन

नेपाल । नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल गर्नुपर्ने काम हो।” मन्त्री घिसिङले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने उल्लेख गर्नुभयो । सोमबार शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकासँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्न गर्नुभएको हो । उहाँले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गर्नुभयो ।...
असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल । मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ । आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ । घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर...
नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

नेपाल । नवनियुक्त तीन मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । ...
फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्यो आयोग

फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्यो आयोग

नेपाल । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सरकार गठनसम्बन्धी विषय संविधानसँग जोडिएको भन्दै त्यसबारेमा मौन रहे पनि स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको बताउनुभयो । यद्यपि पाँच जना आयुक्त रहनुपर्ने आयोगमा प्रमुखसहित दुई आयुक्त पद रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने गरी मिति तोक्नुभएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको बताउनुभयो । निर्वाचन आयोग ऐन–२०७३ ले संघी...