नेपाल । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त हुनुभएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त हुनुभएको छ ।
सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषद् बैठकका थप निर्णय दसैँ बिदापछि हुने सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्