१६ बैशाख २०८३, बुधबार

भाषा/साहित्य

वानीरा फाउन्डेसनद्वारा भावुक, शाक्य र गिरीलाई पुरस्कार प्रदान गर्ने निर्णय

वानीरा फाउन्डेसनद्वारा भावुक, शाक्य र गिरीलाई पुरस्कार प्रदान गर्ने निर्णय

नेपाल । वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । भावुकको पहिलो कृति वि।सं। २००९ मा प्रकाशित भएको थियो भने उहाँका कविता सङ्ग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नुभएको छ । उहाँका तीनवटा कृति र करिब एक सय फुटकर रचना प्रकाशित छन् । त्यसै गरी, ‘वानीरा शङ्कर पुरस्कार’ कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई प्रदान गरिने भएको छ । चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकता ९एआई० मा आधारित मौलिक यन्त्रमानव ९रोबोट० को आविष्कार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाएबापत उहाँलाई सो पुरस्का...
पाँच नाटक र एक खण्डकाव्यसहित कुशवाहाका आधा दर्जन कृति लोकार्पित

पाँच नाटक र एक खण्डकाव्यसहित कुशवाहाका आधा दर्जन कृति लोकार्पित

नेपाल (रौतहट) । सर्लाहीका बहुभाषिक साहित्यकार रामचन्द्र महतो कुशवाहाको आधा दर्जन कृतिको एकसाथ लोकार्पण गरिएको छ । नेपाली, हिन्दी र बज्जिका भाषामा विभिन्न विधामा साहित्य सिर्जन गरिरहेका कुशवाहाको एक खण्डकाव्य र पाँच नाटक गरी छ ओटा कृतिको एक साथ लोकार्पण गरिएको हो । सर्लाहीको गोडैता नगरपालिका ५ रामवनस्थित सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा शनिवार ‘कुल खन्दान’ (कुल खानदान), ‘नहिराके कुत्तो प्यारा’ (माइतीको कुकुरै प्यारो), ‘घर परिवार’, ‘पिया परदेश’ (पति परदेश) र ‘अपन समाज’ (आफ्नो समाज) नाट्यकृति र ‘सरस्वती’ खण्डकाव्यको संयुक्त लोकार्पण गरिएको हो । गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादव, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता, बज्जिका शिरोमणि सञ्जय साह मित्र, कृतिकार कुशवाहा, बज्जिका सेवीहरू किशुनदयाल श्रीकृष्ण र शिवचन्द्र साहले एकसाथ छ कृतिलाई सार्वजनिक गरेका ह...
कविता: हराउनु

कविता: हराउनु

-लक्ष्मण आचार्य- यतिबेला आकाश शुन्य छ हराएका छन् चराका बथानहरू हराएर प्रकृतिका स्वरूपहरू देखिदै छन् बादलका हुलहरू त्यसो त अक्सर यहाँ केही न केही हराइरहन्छन् जस्तो कि स्कुल गएको बालक हराउँछ मुग्लान भासिएको पतिको स्मृतिमा हराउँछे कुनै प्रेमिका यादहरूको बल्छी गाडेर मौन तलाउमा हराउँछ कुनै जून जस्तो कि गीत हराएर मात्र गुञ्जिन्छ कुनै धुन भेटिनलाई आफैभित्र नभेटेर कुनै प्रिय भेट उचाइमा उक्लिन हिँडेको कुनै यात्री हराउँछ जस्तो कि रातमा हराउँछ छाया उज्यालोको सघन प्रकाशमा हराउँछ कुनै शीतल चौतारी त्यसो त हराइरहेछन् हिजोभन्दा आज जुनकीरीका हुलहरू त्यसो त दिनानुदिन हराइरहेछन् जङ्गलबाट रुखहरू ... उमारेर धर्तीको क्रक्रिट छातीमा हरियाली हराएकै छ हिजोभन्दा हराइरहेकै त छन् झिसमिसेमा चिरबिराउने चराका चिरबिरहरू हिमालमा हिउँ हराएर क्रमश: हिमालहरू बामपुड्के भइरहेछन् समुद...
कविता: अनुभूति

कविता: अनुभूति

-सुदीपभद्र खनाल- वर्षौँ पछी यो स्थलमा म आएँ आई मिठा याद त्यसै रमाएँ भेटेर आफ्नै स्थल विप्न भित्र आँखा डुबे यी नयनाम्बु भित्र भोगेर थाकी परदेश पत्र फर्केर आएँ जब देश भित्र आफ्नै नभेटी अवशेष मित्र आँखा डुबे यी नयनाम्बु भित्र यहीँ जिएथेँ सपना लिएर यहीँ डुलेथेँ मन यो सिएर भेटेर एक्लै कटुसत्य चित्र आँखा डुबे यी नयनाम्बु भित्र छुट्दै गएछन् पल मित्रताका छन् फेरिएका जल मूल भाका नौलो हवा जो छ समाज भित्र आँखा डुबे यी नयनाम्बु भित्र आफ्नै थलोमा म छु बाहिरीझैँ अलग्गिएको हुलको चरीझैँ टोलाउँदै गम्दछु भित्र मित्र आँखा डुबे यी नयनाम्बु भित्र भेटेँ कतै सुन्दर स्नेह सूत्र आत्मीयताका मृदु भाव चित्र आफैँ हराएँ त्यस भाव भित्र आँखा डुबे यी नयनाम्बु भित्र म फेरिएँ वा स्थल फेरियो यो बिर्सेँ कि मैले म हुँ बिर्सिएको आफैँ म नौलो छु यहाँ विचित्र आँखा डुबे यी नयनाम्बु भित्र । ...
कविता: साथी हुनु यस्तो पो !

कविता: साथी हुनु यस्तो पो !

-आर. आर. चौलागाईं- तिमीले माला लगाउँदा मैले ताली बजाएको थिएँ मैले माला लगाउने बेलामा चाहिँ तिमीले मेरो नाम काट्यौ मेरो साथी कति प्रिय ! तिमीले गाडी चढ्दा मैले ताली बजाएको थिएँ मैले गाडी चढ्ने बेलामा चाहिँ तिमीले मेरो नाम काट्यौ मेरो साथी कति प्रिय ! साथी हुनु यस्तो पो ! -हेटौंडा, मकवानपुर ।
लघुकथा: पाठक

लघुकथा: पाठक

-आरसी रिजाल- म सानो छँदा बाआमाले --" ए तँलाई केही थाहाछैन " भन्दै हकार्नु हुन्थ्यो । केटाकेटी उमेर होला भनेर चुपो लाग्थेँ। जवानिमा बिहे भयो। बिबाहको केही बर्षपछि श्रीमतीले पनि --" तपाईलाई केही थाहाछैन " भन्दै जवाफ फर्काउन लागिन्। वास्तवमा म अज्ञानी नै हुँ कि जस्तो लाग्थ्यो। ऎले आएर छोराबुहारीले-- " तपाई बूढो हुनुभयो। संसार कहाँबाट काँ पुगिसक्यो। तपाईलाई केही थाहाछैन " भन्न लाग्याछ्न। यसो घोत्लिन्छु -- यस्ता कुरा पत्याउने हो भने मैले थाहा पाउने कहिले ? के म थाहै नपाई मर्ने भएँ त ? त्यस्तो पटक्कै होईन। मैले भोगेको जिन्दगी मलाई थाहा छ।मेरो अनुभवमा बुढेसकाल यस्तो अवस्था हो -- जुन मान्छेसँग हरेक प्रश्नको उत्तर हुन्छ। तर प्रश्न सोध्ने कोहि हुँदैन । वास्तवमा हामी त बिशेष किताब हौँ -- जसको पानामा सीप, ज्ञान , अनुभव आदि लेखिएको हुन्छ । तर पाठक हुँदैन।... -हेटौंडा, मकवानपुर ।...
बज्जिका भाषामा पहिलो एकल लघुकथा ‘गभलगी’ प्रकाशित

बज्जिका भाषामा पहिलो एकल लघुकथा ‘गभलगी’ प्रकाशित

नेपाल (रौतहट) । बज्जिका भाषामा पहिलो एकल लघुकथा कृति प्रकाशित भएको छ । नेपालमा बज्जिका भाषाको पहिलो लघुकथा सङ्ग्रह ‘गभलगी’को डिजिटल लोकार्पण गरिएको छ । बहुभाषिक साहित्यकार रेणु गुप्ताको आठौँ कृतिको रुपमा ‘गभलगी’को जुम प्रविधिबाट डिजिटल नेपाल, भारत र अमेरिकाबाट एक साथ लोकार्पण गरिएको हो । स्रष्टा साँझ अमेरिका, बज्जिका साहित्य समाज सर्लाही र बज्जिका साहित्य सङ्गम रौतहटको संयुक्त आयोजनामा बुधवार अबेर साँझ भएको लोकार्पण कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रा.डा. कपिल लामिछानेले लघुकथामा समसामयिक समस्याको उठान तथा समाधान खोजिएको, सूक्ष्मातिसूक्ष्म विषयवस्तुलाई उठाइएको र पात्रहरुमाथि न्याय गरिएको हुनाले नेपालको लघुकथा ‘गभलगी’ कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने बताएका छन् । प्रा.डा. लामिछानेले कुनै बेला राज्यले नजान्ने बज्जिका लोकभाषाको पहिचान कायम भएको बताउँदै स्थानीय भाषामा साहित्य सिर्जनाले न...
संस्कृतिविद् गणेशराम लाछिलाई ‘सुदर्शन-कपिला सिरपा’ प्रदान

संस्कृतिविद् गणेशराम लाछिलाई ‘सुदर्शन-कपिला सिरपा’ प्रदान

नेपाल । संस्कृतिविद् तथा नेपाल भाषा, कला र संस्कृति संरक्षण तथा प्रवर्धनमा सक्रिय गणेशराम लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’ प्रदान गरिएको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरद्वारा विराटनगरमा आयोजित कार्यक्रममा लाछिलाई दुई लाख रुपियाँसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उहाँकी पत्नी कपिला श्रेष्ठको नाममा स्थापित ‘सुदर्शन–कपिला ट्रस्ट’ मार्फत नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई यो सम्मान प्रदान गरिन्छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पुरस्कार प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गर्नुभयो । संघका अध्यक्ष शरद श्रेष्ठले नेपाल भाषा, नेवार कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा लाछिको दीर्घकालदेखि योगदानको प्रशंसा गरे । यो सम्मान हरेक दुई वर्षमा प्रदान गरिन्छ । यसअ...
अग्रज साहित्यकार ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व-ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा

अग्रज साहित्यकार ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व-ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा

नेपाल । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले अग्रज साहित्यकार, कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । सम्मानका साथ नगद राशि ५१ हजार रुपैयाँ समेत रहने संस्थाले जनाएको छ । गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति साहित्य सम्मान’ पहिलोपल्ट कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो । कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म विसं २००३ साल फागुनमा भोजपुरमा भएको हो । उनले ०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गरेका थिए । यही चैत २५ गते काठमाडौमा विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार प्रदान गरिने एपेक नेपालले जनाएको छ ।...
पत्रकार विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचन

पत्रकार विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचन

नेपाल । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी युवाको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले हालै सम्पन्न निर्वाचनबाट प्राप्त दुई तिहाइनजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । २०१५ साललाई सम्झिनुहुँदै उहाँले नेपाली कांग्रेसले दुई तिहाइ ल्याएर बिपी कोइराला प्रधानमन्त्री हुनुभएको कुरा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशिता सबै बचोस् । संविधानको पालनाको काम होस् तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्र...