लघुकथाः जिउँदो इतिहास
-आरसी रिजाल-
ए बाउ ! जाबो पानीको गिलास समाउन नसकी ओछ्यानमा पोख्यौ हैन?
बाउ -- बुढा र बालक उस्तै हुन्छन् ।त्यसै नझर्कि न बाबू !
छोरा -- ऎले उस्तै भन्नूहुन्छ।म बालक छँदा अङ्खरा हातबाट खस्दा तपाईंले --ए घिच्नाको काल तेरो पाखुरामा मासी छैन कि क्याहो भन्दै गाला चट्काएको बिर्सनु भयो।
बाउ -- ल सुन! बालक हुर्कदै युवा, प्रौढ अनि बूढो हुन्छ।बुढोपछि बढ्ने अर्को तह छैन् । मांसपेशी सिथिलभै,शरीर कमजोर हुँदै जान्छ अनि हलचल गराउन पर्ने मुढा झैँ होइन्छ ।केटाकेटी भने उमेरीदै जान्छन्।सोही अनुपातमा हड्डी र मांसपेशी दरिलो र कसिलो हुँदै जान्छ। सिक्ने उमेर भएकोले अग्रजको हकारबाट बच्न सजग हुँदै जान्छन्।
छोरा --त्यसो भए तपाईंहरु हसुर्ने अनि ट्याउट्याउ कराएर थच्चिने मात्र।
बाउ -- "हामीलाई काम छउन्जेल भाँडो, काम सकियो ठाँडो" जस्तो नआँक।हामी त ज्ञान,सीप र अनुभवले खारिएका " जिउँदो इतिहास " हौँ। हामीबाट कति धुत...









