११ कार्तिक २०८३, बुधबार

भाषा/साहित्य

‘व्यथित साहित्य सम्मान’ वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई

‘व्यथित साहित्य सम्मान’ वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई

नेपाल । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ । संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि गरेका डा। भट्टराई भाषा–साहित्य एवं सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहिसक्नुभएका भट्टराईका नेपाली भाषाको अध्ययन–अनुसन्धान, अनुवाद, सम्पादन र पत्रकारिताका साथै कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचना गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । भट्टराईले २०२५ सालदेखि अनवरत भाषा–साहित्यको सेवामा समर्पित भई महत्वपूर्ण योगदान गरेबापत साहित्य सदन नेपालले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । साहित्य सद...
विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक

विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक

नेपाल । विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ । सन्सारको एक सय ५० देश घुमेर सगरमाथा आरोहण गर्नुभएको शाहको जीवन यात्रामा आधारित यो दोस्रो पुस्तक हो । यसअघि उहाँले ‘सन्सारलाई साँढे पाँच फन्को’ नामक पुस्तक लेख्नुभएको थियो । बुकहिलले प्रकाशन गरेको ‘मृतसागरदेखि सगरमाथासम्म’ पुस्तकको मङ्गलबार जेनजी आन्दोलनका अगुवा माजिद अन्सारी, भावना राउत, युजनराज भण्डारी र लेखक पुस्कर शाहले लोकार्पण गर्नुभयो । साहस, इच्छाशक्ति र जीवनबोधको संस्मरणको रूपमा रहेको यस पुस्तकमा शाहले विश्व यात्रामा भोगेका र देखेका विषय वस्तु समेटिएका छन् ।...
अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक

अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक

नेपाल । लेखक अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा साहित्यकार प्राडा गोविन्दराज भट्टराई र मण्डला बुक पोइन्टका माधवलाल महर्जनले सिलवालको उक्त काव्यकृति संयुक्त रूपमा सार्वजनिक गरे । दुवै अतिथिहरूले कवि सिलवालको उक्त काव्यकृतिमा देखिएको काव्यिक सान्दर्भिकता, भाषिक सुक्ष्मता र अव्यक्त भावनाहरूलाई सुस्पष्ट रूपमा शब्दबद्ध गर्ने उनको क्षमता प्रशंसनीय रहेको उल्लेख गरे । कवि सिलवालले सिर्जना यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी काममा समर्पण गरिने जानकारी गराइन् । उनले आफूले सिर्जनशीलताका माध्यमबाट समाजमा सकारात्मक योगदान पुर्‍याउन चाहेको बताइन् ।...
अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजित कविता वाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ पत्रकार हरिहर बिरहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १० बर्षिय बालक आरभ प्रसाइद्वारा लिखित उपन्यास बिमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा अयोजित कार्यक्रमा महाकवि देवकोटाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रममा च्याप्टरका सचिव परिवेश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्यकार सबैलाइ स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित बालबालिकाहरूले महाकवी देवकोटाप्रति आआफ्नो सृजना वाचन सहित श्रद्धा सुमन अर्पण गरेका थिए । यसै क्रममा बालबालिकाहरूले महाकवि देवकोटाको जीवनी, उनका साहित्यक रचना ...
छन्द साधना पुरस्कारबाट नवराज लम्साल र पुरुषोत्तम आचार्य पुरस्कृत

छन्द साधना पुरस्कारबाट नवराज लम्साल र पुरुषोत्तम आचार्य पुरस्कृत

नेपाल । छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । अभियानद्वारा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ भाषाविद् एवं साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा. लम्साललाई ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । डा लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गर्नुभएको छ । मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आउनुभएको छ । यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृत भइसक्नुभएको छ। छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज...
प्रभास घिमिरेको स्मृति ग्रन्थ लोकार्पण तथा अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न

प्रभास घिमिरेको स्मृति ग्रन्थ लोकार्पण तथा अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न

हेटौंडा (नेपाल) । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा चौतारीका संस्थापक सदस्य प्रभास घिमिरेको प्रथम स्मृति दिवसको सन्दर्भमा ‘प्रभास घिमिरेः सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लोकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रमु हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ४ न. वडाका अध्यक्ष नवीन सिग्देल, वडा न. ११ की अध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल तथा चौतारीका केन्द्रीय संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापनाका सन्दर्भबारे चौतारीका संरक्षक दीपक गौतमले प्रकाश पारेका थिए भने संप्रस पौडेलले...
कविता: जेन्जी

कविता: जेन्जी

–सुदीपभद्र खनाल– म चरा हुँ उषाको गीत गाउने मौरी हुँ गोरूको काँध र विश्व बजारको श्रमिक हुँ पसिनाको नदी बगाउने; म पहाड हूँ दु:खहरूको महासागर ओढेर आँसुले भिजेको चिसो ढुङ्गाको सिरानी हाल्दै भुइँमा भोकै निदाउने म समय हुँ वर्तमानको कानमा हुण्डरीको सिटी बजाएर वर्तमानलाई भूत र अमूर्त भविष्यलाई वर्तमानको कठघरामा उभ्याउन सक्ने न्यायको सिपाही हुँ नसोध मसँग म को हुँ भनेर म रूपमा आकाश रङ्मा लालीगुराँस चिन्हले सर्वोच्च हिमालय हतियारले खुकुरी मनले समुद्र गतिमा महानदी जो समयक्रमले सुस्ताएको देखिँदैमा आफ्नै बिर्ताको पैनी नसम्झ नसम्झ कुनै रजौटाको दास म प्रकाशको गतिभन्दा छिटो दौडने उत्तर आधुनिक चेतना म नक्षत्र युद्दको यात्री क्वान्टम फिजिक्स को ज्ञान अज्ञेय र अज्ञात पनि देख्न सुन्न बुझ्न र अनुभव गर्न सक्ने अनन्त ब्रम्ह र अनियन्तृत गर्डस् पार्टिकल्स् हुँ नित्से, सेली, वर...
कविता: दु:ख

कविता: दु:ख

-लालगोपाल सुवेदी- तथागत भन्छन्- संसार दुख्खैदु:ख हो दु:ख हो आकाशै छुनेगरी पिङमा मच्चिनु दुख्खै हो चराझैं जहाजमा उड्नु दुख्खै हो सुनको सिंहासनमा विराजमान हुनु दुख्खै हो सुनको थालमा चौरासी व्यन्जन ज्युनार गर्नु जन्मनु पनि दु:ख प्रेमजोडी बनेर अलकापुरी वा नन्दन वनमा शयर गर्नु पनि दु:ख मगमग मगमग जगमग जगमग दु:खमय छन् अन्तर्यमा भेटिन्छ छैटौं इन्द्रिय मन दन्तलहर फेसबुकका भित्तामा छन् कर्णविवर मृदुवचनमा गदगद छन् श्रवणेन्द्रियलाई रम्य लाग्छ शंखघण्टको जस्तो तुमुल-ध्वनि, पूजन-भजन हाय अविद्या ! कसरी गर्नु मैले ब्रह्मविहार ? दु:ख हो कविता, दुख्खै हो चढि त हाल्छ इन्द्रासनमा भौतिक मन हाय अविद्या ! भौतिक पराभौतिक नयनमा आज अणु परमाणुसरि सूक्ष्म जीवहरू छन् ती बरा एकै श्वासमा पनि मर्छन् हाय इन्द्रासन !! दु:ख हो कविता कसरी भेट्टाउने हो मैले उपेक्षा, करुणा , मैत्री र मुदिता आजका कवित...
लघुकथाः ज्ञान

लघुकथाः ज्ञान

–आरसी रिजाल– दामोदर रिटाएर भएपछि घरपरिवारले उनलाई फुरुङ्ग पारे। सुरुवात यसरी गरे -- एकदिन उनलाई चिया पकाउन लगाए। घरका परिवारले -- आहा ! चिया त यस्तो पो हुनपर्छ भने। एकदिन मासु पकाउन लगाए -- आहा भने।अर्कोदिन रोटि।दामोदरेले -- खै रोटि त बेल्नै जानिएन गोलो भएन भने। बुहारीहरुले -- "आ बुवा किन गोलो चाहियो?खाँदा टुक्रा पारेर खाने हो। जसरी पकाए पनि हजुरको हातै मीठो " भन्दै तारिफ गरे। नातिनातिना पनि हजुरबासंग रत्तिएका थिए। बच्चाहरुको झोला बोकेर स्कुल पुर्‍याउन र ल्याउने उनको डिउटीझैँ थियो।दिउँसोको खाजा पनि उनले पकाएको मात्र मिठो हुनलाग्यो।परिवारका सदस्यले बुवाले माझेको भाँडा र धोएको लुगा कस्तो चम्किलो भन्थे। छिमेकीहरुले आफ्नो घरबुढालाई दामोदरको उधाहरण दिन थाले। एकदिन छिमेकी बुढाहरु चियापसलमा जम्मा भए। सुदर्शन बाजेले कुरा उठाए - ए दामोदर! तिमिले अति गर्न लाग्यौ। भान्साको कामसम्म त ठिकै थियो। ना...
कविताः खरानीको व्यापार

कविताः खरानीको व्यापार

–आर.आर. चौलागाईं– हाम्रो देशमा अहिले खरानीको व्यापार खुब चलेको छ । गाउँगाउँमा खरानी छ बस्तीबस्तीमा खरानी छ देशभरि नै खरानी छ । उसले उसको डढाएको छ उसले उसको डढाएको छ अनि उसले उसको डढाएको छ । कृपया ! नढाँटीकन भन्नुहोला आगो झोस्ने कामको शुभारम्भ कसले गर्नु भो ? पत्ता लगाउन हामीलाई गाह्रो परेको छ नत्र वहाँलाई उचित पुरस्कारको व्यवस्था छ । –हेटौंडा, मकवानपुर ।...