२ असार २०८३, मंगलवार

भाषा/साहित्य

भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइयो

भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइयो

नेपाल । सभामुख देवराज घिमिरेले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे जस्तै भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको बताउनुभएको छ । भानुभक्तको २१२ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा काठमाडौँमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले पुर्‍याएको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उहाँको सम्मान गर्ने गरेको बताउनुभयो । युवापुस्तामा भानुभक्तको विचार पुर्‍याउन अझै काम गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताउँदै नेपाली संसारका विभिन्न भूभागमा फैलिएसँगै नेपाल...
राजीव श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ र ‘सफलताको आयाम’ सार्वजनिक

राजीव श्रेष्ठका ‘अनाहक प्रश्नहरू’ र ‘सफलताको आयाम’ सार्वजनिक

नेपाल । सर्जक राजीव श्रेष्ठका दुई पुस्तक ‘अनाहक प्रश्नहरू’ (कविताकृति) र ‘सफलताको आयाम’ (जीवनवृत्त) सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कृति लोकार्पण गर्दै प्राडा दयाराम श्रेष्ठले राजीव आशावादी कवि भएको उल्लेख गरे । राजीवका कवितामा कतैकतै विद्रोह पनि भेटिएको उनले बताए । उनले कविलाई सिर्जनामा निरन्तर लागिरहन शुभकामना दिए । डा. जीवलाल बस्यालले जीवनवृत्त कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै विभिन्न व्यक्तिको जीवनी महत्त्वपूर्ण रूपमा आएको बताए । लोकार्पित कविताको पुस्तकमाथि साहित्यकार विमल भौकाजीले पाठकीय टिप्पणी राखे । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखक श्रेष्ठ कवि मात्र नभएर निबन्धकार पनि भएको बताए । कार्यक्रममा छविरमण सिलवाल, कृतिकार राजीव र सुभद्रा अधिकारीले पनि बोले । सार्वजनिक कविताकृतिबाट पूर्णबहादुर श्रेष्ठ, तारा केसी र विश्व सिग्देलले एक–एक कवितावाचन गर...
विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाको अध्यक्षमा मणिराज सिंह चयन

विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाको अध्यक्षमा मणिराज सिंह चयन

नेपाल । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) को नेपाल शाखाको पुनर्गठन गरिएको छ । भानुजयन्तीको अवसर पारेर आयोजित अधिवेशनबाट मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । दुई वर्षका निम्ति चयनित समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराम सापकोटा, उपाध्यक्षमा रवीन्द्र आशिष शैली र उषा आचार्य, महासचिवमा अञ्चु सुवेदी, सचिवमा लेकप्रसाद प्याकुरेल, सहसचिवमा सुनिता अधिकारी र कृष्णबहादुर केसी, कोषाध्यक्षमा द्वारिका कुइँकेल र सहकोषाध्यक्षमा जॉयस जया छानिएका छन् । समितिका सदस्यमा डा. देवी पन्थी, मणिराज खनाल, तोयनाथ सुवेदी, प्रकाश अधिकारी, सुरेशकुमार पाण्डे, चन्द्र रावत ‘गुराँस’, बाबुराम आचार्य, ढुण्डीराज ढकाल, बोधकुमार घिमिरे, राजेश्वरी काफ्ले, प्रेम थापा, हरिप्रिया रिजाल, प्रेम ओली ‘ढकालपुरे’, भुवन सिवाकोटी ‘चौघरे’, इन्दिरा चापागाईं, हारित रेग्मी र नीला घिमिरे छन् ।...
कविता: भाषा

कविता: भाषा

-सुदीपभद्र खनाल- भाषाबाटै हृदयभरिको भावना खोल्छु मैले भाषाबाटै भुवनभरि यो घोल्छु सद्भाव मैले भाषाबाटै मृदु मृदुलता युक्त संसार हुन्छ भाषाले नै भव मनुजता युक्त यो दिव्य हुन्छ मेरो भाषा मसँग नभए बोल्छु के शव्द मैले मेरो भाषा मसँग नभए बुझ्छु के भाव मैले आफ्नै भाषा लय सुर गला गीत खोज्छन् सबैले मेरो भाषा मसँग नभए बुझ्छु के सृष्टि मैले भाषा बाँचोस् मसँग नभए लेखनी रोइदिन्छु लेखी लेखी सरस कविता चित्त यो धोइदिन्छु मेरो भाषा मसँग नभए बोल्छु बाँचेर के म बाँचोस् भाषा युगयुग धरा धाममा फैलिऊँ म भाषा हाम्रो अघि र पछि हो चेतना मोहनी हो वाणी हो यो मधु धरधरा सभ्यता मूल धी हो भाषानै हो परिचय विभा नाम हो सान हो यो भाषा हाम्रो अखिल भवको सभ्यता प्राण हो यो भाषा बाँचे हृदयतलमा देश बाँच्ने छ हाम्रो माया गाँसी भुवनभरमै प्रीत गाँस्नेछ राम्रो भाषाबाटै जनक पृथिवी बुद्द चिन्नेछ विश्व भाषा ब...
कविताः घाम र नदीहरू

कविताः घाम र नदीहरू

–आर.आर. चौलागाईं– उसले घामलाई झुल्किनबाट रोक्न खोज्यो बटुलेर पतिङ्गरहरू सल्काएर आगो धुवाँ बनाएर कुइरीमण्डल पार्यो तर घाम त उसले पत्तै नपाई झुल्किसकेछ र आकाशमा पुगिसकेछ । उसले नदीलाई बग्नबाट छेक्न खोज्यो खसालेर ढुङ्गाहरू लगाएर गारो बाँध बनाएर माथिसम्म ढाक्यो तर नदी त उसले थाहै नपाई हिँडिसकेछ र फाँटमा पुगिसकेछ । उसले धेरैधेरै घामहरूलाई धेरैधेरै नदीहरूलाई यसरी नै रोक्न खोज्यो यसरी नै छेक्न खोज्यो तर घामहरू झुल्किरहे नदीहरू बगिरहे । आज घामहरू उज्यालोको कविता फिँजाइरहेछन् आज नदीहरू उन्मुक्तिको गीत गाइरहेछन् । -हेटौंडा, मकवानपुर ।...
व्यंग्य: लँगौटी च्यातेर कुसुमे रुमाल

व्यंग्य: लँगौटी च्यातेर कुसुमे रुमाल

-आर.सी रिजाल- मैले उहिलेदेखि सुन्दै आएको हो-- तालुखुइलेहरु विद्वान हुन्छन् भनेको। कतौहल मेट्न म जिबा जस्तो व्यक्तिले हेटौंडाको युवा कवि पौडेललाई भेट्न पुगेँ।टाढैबाट तालुचिन्डे कवि बरन्डामा बसेको र कलम धसेको देखेँ ।नगिचै पुगेर सोधेँ -- के गर्दैछौ ओ भाइ ? जवाफ-- " लँगौटी च्यातेर कुसुमे रुमाल " शिर्षकमा कविता कोर्दैछु भने। शिर्षक सुन्दैमा तालुचिन्डेहरु वास्तवमै विद्वान हुँदारैछ्न् झैँ ठाने र प्रश्नको झटारो हानेँ। सवाल -- " कता लँगौटी कता रुमाल " खैके खैके शिर्षक राखेकै मिलेन जस्तो लाग्यो।चितवनको गिरिको पनि तालुको रौं सिरिखुरी हुँदै गरेकोले तालतालका शिर्षक राखेर लेखेको देख्छु भने। जवाफ-- बिम्बभित्र प्रतीक घुसाएको कारण असाहित्यिक व्यक्तिलाई शिर्षक बुझ्न् कठिन भएको हो।अर्को कुरा सौराहाको गैंडा र हेटौंडाको कैंडालाई दाज्न मिल्दैन । गैंडाले त त्साहित्यका हरेक बिधामा कलम चलाएर पाठकको मन ग...
बालकविताः मोबाइल हेर्ने बानीले

बालकविताः मोबाइल हेर्ने बानीले

–रमेशचन्द्र घिमिरे– मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ? कापी पढ्न हुन्न र ? बाबासँग सोधेर हिसाब गर्न हुन्न र ? भन्छिन् दिदी ज्ञानीले दिक्कै पारिन् नानीले खाजा खान बिर्सिन्छिन् भातै खान बिर्सिन्छिन् उस्तै परे कुनै दिन स्कुल जान बिर्सिन्छिन् भन्छिन् सैनी सानीले दिक्कै पारिन् नानीले तिमी ठुली भएर जान्ने सुन्ने भएर मोबाइल हेरे हुन्न र ? फुर्सदमा रहेर भन्दा भन्दै हामीले दिक्कै पारिन् नानीले । –भोर्लेटार, लमजुङ ।...
गजलः जताततै विकास नै हुन्छ असारमा…

गजलः जताततै विकास नै हुन्छ असारमा…

–लक्ष्मण आचार्य– जताततै विकास नै हुन्छ असारमा । खुसी भई आकाश नै रुन्छ असारमा । वर्षैभरि बहिरो बनी बस्छ सरकार फेरि कुन हतारले सुन्छ असारमा । अरू बेला विकास बजेट रत्ती खर्चै हुन्न खर्चले नै सगरमाथा छुन्छ असारमा । खोलानाला बढिकन पानी धमिलिन्छ माछा मार्न जाल कोही बुन्छ असारमा । आयव्यय वासलात हिसाब दुरुस्त छ सक्दो सबले कमिसन दुहुन्छ असारमा । -चन्द्रपुर, रौतहट ।...
‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

नेपाल । नेपाली भाषा साहित्यमा समर्पित स्याङ्जास्थित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले हालै यस्तो निर्णय गरेको हो । शिक्षासेवी तथा स्रष्टा चूडामणि अर्यालको संरक्षकत्वमा स्थापित उक्त पुरस्कार नेपाली लोक–साहित्य तथा संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ । प्रतिष्ठानले साहित्यका विभिन्न विधामा चार वटा पुरस्कार प्रदान गर्दै आएको छ ।...
बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

नेपाल । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ । असार २१ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् । यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे । मिलाप पब्लिकेसनद्वारा उक्त कविताकृति प्रकाशित गरिएको हो ।...