२ असार २०८३, मंगलवार

भाषा/साहित्य

कविताः सडक

कविताः सडक

–आरआर चौलागाईं– सडकलाई कसैले पनि ख्यालख्याल नसम्झिनू सडकले जे पनि गर्छ । सडकले जिन्दावाद पनि भन्छ सडकले मूर्दावाद पनि भन्छ सडकले अबीर पनि दल्छ सडकले कालो पनि दल्छ सडकले फूलको माला पनि लगाउँछ सडकले जुत्ताको माला पनि लगाउँछ । सडकले मैनबत्ति पनि बाल्छ सडकले टायर पनि बाल्छ सडकले खुसियालीमा बाजा पनि बजाउँछ सडकले शौचालयमा पनि थुन्छ सडकले व्यवस्था पनि टिकाउँछ सडकले व्यवस्था पनि फाल्छ । सडकलाई कसैले पनि खेलाँची नसम्झिनू जो पनि सडकबाटै आएका हुन् । –हेटौंडा, मकवानपुर ।...
बालकविता: मेरो बहादुरी

बालकविता: मेरो बहादुरी

-रमेशचन्द्र घिमिरे- नडराई वनमा जब पाइला मैले टेकेँ आफूतिरै आइरहेको बाघ एउटा देखेँ मेरो कुरा सुनेपछि आमा डराउनु भो “के भन्छ यो केटा ?” भन्दै बाबा कराउनु भो तर म त ढुक्कै थिएँ गफ पेल्दै गएँ एउटापछि अर्को गर्दै कुरा जेल्दै गएँ “तँलाई डर लागेन र बाघ देख्दाखेरि ? भागिस् होला ठाडै पाइला फर्किस् होला फेरि” छक्क पर्दै हजुरबाले मुटु छाम्नुभयो हजुरआमा डराउनु भो थर्र काम्नुभयो मेरो गफ बाँकी नै थ्यो हाँस्दै थिएँ म त कुरा के हो सोध्नुभयो के हो भन् भन् ल त मैले बाघ देखेपछि पुच्छर समाइहालेँ दुई चार फन्का घुमाएर झाडीतिर फालेँ ‘म्याउँ’ गर्दै बिचरो बाघ झाडीबाट भाग्यो भन्दिनू न बरु मेरो कुरा कस्तो लाग्यो ? -भोर्लेटार लमजुङ...
भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक बिमोचन

भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक बिमोचन

नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा कवि तथा लेखक भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथारअकथा’ पुस्तक मङ्गलबार एक कार्यक्रमबिच विमोचन गरिएको छ । बिपीका पुत्र तथा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल र लेखक ढुङ्गानाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बिपीलाई नेपाली साहित्यमा कालजयी पात्रका रूपमा चिनिएको बताउँदै भन्नुभयो, “बिपीको पुत्र भएकाले राजनीतिमा त आएँ तर लेख्न भने खासै सकिनँ । लेखन मेरो क्षमताले पनि भ्याउँदैन । अब लेख्ने कोसिस गर्ने सोचेको छु ।” लेखक ढुङ्गानाले बिपीलाई समर्पित गर्नकै ला...
नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ पुस्तक बजारमा

नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ पुस्तक बजारमा

नेपाल । नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन नेपालयले बजारमा ल्याएको छ । ‘चार ठुला नदी ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्नालीको उद्गम थलोको यथार्थ शब्द–चित्र मैले ‘कैलाश कोरा’ मा समेटेको छु, लेखक राजेन्द्रमान डङ्गोलले भन्नुभयो, “हिन्दु, बौद्ध, जैन, बोन आदि धर्ममा आस्थावान्हरूको प्रमुख पूजनीय गन्तव्य कैलाश मानसरोवरको साङ्गोपाङ्गो वृत्तान्त शब्दमा उतार्ने ध्येयले मैले गत वर्ष दुई साता लामो कैलाश यात्रा गरेको थिएँ, त्यसैको परिणाम ‘कैलाश कोरा’ हो ।” नेपालबाट सन् १९९२ देखि कैलाश–मानसरोवर यात्राको योजनाबद्ध सञ्चालन गर्ने ज्योति अधिकारी भन्नुहुन्छ, “नारायण वाग्ले, अमृत गुरुङ जस्ता साहित्य, सङ्गीतका सम्मानित अगुवाले उहिल्यै कैलाश यात्रा गरेका थिए । उनीहरूको अनुभवले कैलाशलाई जसरी चम्काएको थियो, ‘कैलाश कोरा’ पुस्तकले त्यसरी नै कैलाश मानसरोवर यात्राको महत्व दर्साउँछ ।” लेखक...
साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा उर्दु सायरी सङ्गोष्ठी सम्पन्न

साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा उर्दु सायरी सङ्गोष्ठी सम्पन्न

नेपाल । साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा नेपालका लागि पाकिस्तानी दूतावासले मङ्गलबार उर्दु सायरी सङ्गोष्ठीको आयोजना गर्‍यो । ‘आलमी मुशैरास उर्दु, शायरी की जुबान’ शीर्षकको साहित्यिक कार्यक्रममा सांसदहरू सिराज अहमद फारुकी कल्पना मियाको विशेष उपस्थिति रहेको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । पाकिस्तान र नेपालबिचको साहित्यिक सम्बन्धलाई उजागर गर्ने र विशेष गरी सांस्कृतिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने उद्देश्य रहेको कार्यक्रममा राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक अभियन्ताका साथै पाकिस्तानी दूतावासका अधिकारीहरूसहित उर्दू उत्साहीहरूको उपस्थिति थियो । प्रसिद्ध उर्दू कविहरू डा. जफर एलिग, साहित्य एकेडेमी, नेपालका अध्यक्ष डा. साकिब हारुनी, डा. अफजल मङ्गलोरी, फुरकान फैजी, मुसरफ अली खान, जाहिद आजाद झन्डा नगरी, गालिब दरिब, अल्ताफ फरिफ्ता रसपना अहसासले आफ्ना काव्यात्मक...
‘मदन पुरस्कार-२०८१’ का लागि सात कृति छनोट

‘मदन पुरस्कार-२०८१’ का लागि सात कृति छनोट

नेपाल । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले मङ्गलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्ति अनुसार छनोटमा परेका कृतिमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तक रहेका छन् । यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने छ । छनोटमा परेका कृतिमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटोः कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दर्ज्यू संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत) र तीर्थ गुरुङको हिउँको गीत रहेका छन् ।...
उमेश अकिञ्चनको नयाँ कवितासङ्ग्रह ‘सायद किनाराहरू’ लोकार्पण

उमेश अकिञ्चनको नयाँ कवितासङ्ग्रह ‘सायद किनाराहरू’ लोकार्पण

नेपाल । कवि उमेश अकिञ्चनको नयाँ कवितासङ्ग्रह ‘सायद किनाराहरू’ लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कवितासङ्ग्रह संयुक्त रूपमा विमोचन गर्नुभयो । सो अवसरमा रक्षामन्त्री राईले कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने बताउँदै भन्नुभयो, “कविहरू आफू मात्रै नभई समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन् । देशलाई सही दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान छ ।” “कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ,” श्रवण मुकारुङले भन्नुभयो, “कविता कुनै धारणाभित्र मात्रै सीमित रहँदैन, किनकि कविता आविष्कार हो ।” साहित्यकार तुम्खेवाले तीन दशकदेखि कविताकर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरूप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढङ...
बेलायतमा बसोबास गर्दै आएका विनोद बरालको ‘मःमःका पाइलाहरू’ विमोचन

बेलायतमा बसोबास गर्दै आएका विनोद बरालको ‘मःमःका पाइलाहरू’ विमोचन

अमेरिका । बेलायतमा बसोबास गर्दै आउनुभएका विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरू’ विमोचन गरिएको छ । लन्डनस्थित बिजनेस डिजाइन सेन्टरको ‘दी नेसनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’ मा साहित्यकार युवराज नयाँघरे, समाजसेवी नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, तारा वाइबालगायतले कृति विमोचन गर्नुभयो । सो क्रममा नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता रहेको बताउँदै पुस्तकमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको उल्लेख गर्नुभयो । लेखक बरालले आफू नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सधैँ क्रियाशील भइरहने बताउनुभयो ।...
मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन

मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन

नेपाल । ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो । सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गरी जिल्ला भेलाबाट मनिष हेल्लोक अध्यक्ष रहेको २९ सदस्यीय प्रतिष्ठानको कार्यसमिति चयन गरिएको जनाइएको छ । प्रतिष्ठान कार्यसमिति उपाध्यक्षहरुमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ, महासचिवमा पोमु केत्छाङ, सीता ‘पिरती’ साँवा, सचिव देवानसिंह मादेन, सहसचिव केवी किराती र कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन हुनुभएको छ । यता मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन भएसँगै साहित्यिक समावेशी र संरक्षण, साहित्यिक कार्यक्रम र प्रशिक्षण तथा मुक्कुमलुङ साहित्य सम्मानको स्थापनाजस्ता तीन वटा योजनालाई कार्यान्वयनमा लैजाने प्रतिष्ठानले आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेको छ । प्रतिष्ठा...
लघुकथा समाज, नेपालको अध्यक्षमा तुलसीहरि कोइराला चयन

लघुकथा समाज, नेपालको अध्यक्षमा तुलसीहरि कोइराला चयन

काठमाडौं । लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित साधारणसभामा समाजका महासचिव सुमन सौरभले संगठनात्मक र कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभाबाट दुवै प्रतिवेदन पारित गरिएको छ । सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले यसले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गरे । सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतमले नयाँ कार्यसमितिले इतिहास निर्माण गर्नुपर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गरे । निवर्तमान अध्यक्ष गोपाल अश्कले समाजले गरेका कामहरूबारे बोले । कार्यक्रममा राधेश्याम लेकाली, मोहन चापागाईंलगायत साहित्यकारले शुभकामना मन्तव्य व्यक्त गरे । साधारणसभाबाट लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा...