प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व पुरस्कृत
नेपाल । प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा गठित प्रतिष्ठानले प्राज्ञिक क्षेत्रका चार र साहित्यिक क्षेत्रका एक जनालाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा त्रिवि गणित विभागबाट स्नातकोत्तर तहमा उत्कृष्ट छात्र गङ्गाराम जोशी र छात्रा विद्या पोखरेल रहनु भएको छ । उहाँहरुलाई जनही २५ हजार र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यस्तै, उर्मिलाले अध्ययन गरेको सिन्धुपाल्चोकको बाघ भैरव मावि ठोकर्पाबाठ २०८१ को एसइई परीक्षामा उत्कृष्ट सबिना बुढाथोकी र कालिका आधारभूत विद्यालय उखुबारीबाट २०८१ को परीक्षामा उत्कृष्ट दीपेश विश्वकर्मालाई व्रmमशः १५ हजार र १० हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यसैगरी, उर्मिलाको साहित्यिक व्यक्तित्वको सम्मानमा दिइने साहित्यिक पुरस्...









