अनेसासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न भएको छ ।
अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षता तथा मेरिल्याण्ड बिधान सभाका सदस्य सांसद डा. हयारी भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अनेसास विओटीका सभापति पदम विश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, विओटीका पूर्वअध्यक्ष डा. श्याम कार्की तथा नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेको आतिथ्यता रहेको थियो ।
निर्वाचन समितिका संयोजक गुणराज लुँईटेलले अध्यक्ष सर्वज्ञ वाग्ले लगायत उपस्थित नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण गराएका थिए ।
यसैबीच भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा विओटीका पूर्वअध...









