हेटौंडाका साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ बिमोचन
नेपाल (हेटौंडा) । साहित्य सर्जक तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ एक कार्यक्रमबिच विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ नियमित गजल यात्राका क्रममा घिमिरेको गजल सङ्ग्रह विमोचन गरिएको हो ।
साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालको गजलबाट सुरू भएको पहिलो सत्र अन्तर्गतको गजल वाचन सत्रमा राम कार्की, मिथिला अधिकारी, साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौला र गजल मञ्च मकवानुरका पूर्वअध्यक्ष मुस्कान तिमल्सिनाले आ–आफ्ना गजलहरू वाचन गर्नुभयो ।
दोस्रो सत्रमा पुस्तक विमोचनका क्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षकलगायत उपस्थित रहनुभयो । शुभकामना मन्तव्यका क्रममा शिक्षाविद् ऋषिराम पोखरेलले स्रष्टा परिचय दिँदै विगतमा साहित्य सर्जकहरू तुल्सी घिमिरे, खेम बानियाँ, साम्ब ढकाल, गोविन्द खड्काहरूको साथसाथ कविता लेख्ने गरेको स्मरण गर्दै व्यङ्ग्यसर्जक अर्जुन पराजुलीको रचनाजस्तो ...









