१६ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्यमा उच्च गिरावट

कोलोराडोखबर संवाददाता , November 2nd, 2026

नेपाल । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले र चाँदी १७५ रुपैयाँले घटेको हो।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्