४ असार २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शरिफ निर्वाचित

अमेरिका । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त गरे । पाकिस्तानको आम निर्वाचन कुनै पनि दलको प्रस्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री चयन गर्न हप्तौँ लागेको थियो । निर्वाचनमा सबैभन्दा धेरै सिट जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरूले जितेका थिए । शरिफको प्रधानमन्त्रीमा यो दोस्रो कार्यकाल हो। यसअघि सन् २०२२ को अप्रिलमा इमरान खानको सरकार ढलेपछि शहबाज प्रधानमन्त्री बनेक...
एनआरएनएद्वारा जाजरकोटका विद्यालयमा न्यानो पोशाक वितरण

एनआरएनएद्वारा जाजरकोटका विद्यालयमा न्यानो पोशाक वितरण

नेपाल । गैरआवासीय नेपाली संघले जाजरकोट कुसे गाउँपालिका वडा नं २ का भगवती आधारभूत विद्यालय, विरेन्द्र आधारभूत विद्यालय तथा जन कल्याण आधारभूत विद्यालयका विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरेको छ । एनआरएनए आईसीसी महिला विभागको पहलमा गत फागुन १४ गते विधार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्द्वारा ५ वटा कार्यदल विस्तार

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्द्वारा ५ वटा कार्यदल विस्तार

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले ५ वटा कार्यदलको विस्तार गरिएको छ । संघको विधान अनुरुप ती कार्यदल र १ स्टेरिङ समितिलाई अन्तिम रुप दिईएको हो । थप कार्यदलहरुको गठन आगामि हप्ताभित्र गर्ने तयारी छ ।
एनआरएनएका अध्यक्ष केसी र अष्ट्रेलियन राजदूतबीच नेपाली विद्यार्थीका समस्याबारे छलफल

एनआरएनएका अध्यक्ष केसी र अष्ट्रेलियन राजदूतबीच नेपाली विद्यार्थीका समस्याबारे छलफल

कोलोराडो । गैररआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका अध्यक्ष डा बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेटघाट गर्नुभएको छ । डा. केसीले राजदूत भोल्कसंग मंगलवार अष्ट्रेलियन दुतावासमा भेट गर्नुभएको हो । भेटमा गैरआवासीय नेपाली संघको अभियान, अष्ट्रेलियामा रहेको नेपाली समुदाय, नेपाली विद्यार्थीको समस्याका बारेमा छलफल भयो । त्यसैगरि संघले कोसी प्रदेशमा आगामी जुनमा गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका विषयमा समेत राजदूत भोल्कलाइ जानकारी गराउनुभयो । डा. केसीले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट राजदुत भोल्कलाई त्यहाँ रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा अनुरोध पत्र हस्तान्तरण गर्नुभयो । राजदूत भोल्कलाई बुझाएको पत्रमा नेपाली विद्यार्थीहरु र अस्थायी भिसा लिएर अष्ट्रेलिया जान चाहनेहरुको सहजिकरणको लागि काठमाडौंबाटै भिसा प्रदान गर्न अष्ट्रेलियाको भिसा कार्य...
एनआरएनएको काठमाडौंस्थित भवन तत्काल खाली गर्नु नपर्ने उच्च अदालत पाटनको आदेश

एनआरएनएको काठमाडौंस्थित भवन तत्काल खाली गर्नु नपर्ने उच्च अदालत पाटनको आदेश

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौं स्थित केन्द्रीय कार्यालय भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमवार उक्त आदेश जारी गरेको हो । कानून बमोजिम पुनरावेदन गर्ने म्याद बाँकी रहेसम्म फैसला कार्यान्वयन स्थगत गर्नुपर्ने व्यवस्था रहेको भन्दै अदालतले महानगरपालिकालाई सो आदेश दिएको हो । महानगरपालिकाले ललिता निवासस्थित संघलगायत घरजग्गाहरू खाली गर्न सात दिने सूचना सम्बन्धित व्यक्ति र संस्थालाई दिएको थियो । विशेष अदालतको फैसला कार्यान्वयनका लागि महानगरले जारी गरेको सूचना सुविधा सन्तुलनको हिसाबले उचित नभएको भन्दै संघले उच्च अदालतमा रिट दायर गरेको थियो । मेयर बालेनलाई खुला पत्रः ‘एनआरएनएको सामाजिक सम्पत्ति संरक्षण गर्ने कर्तव्य तपाईँको पनि हो’ ...
अबैध बाटो प्रयोग गरी अमेरिका पुगेका ८ नेपालीलाई नेपाल फिर्ता

अबैध बाटो प्रयोग गरी अमेरिका पुगेका ८ नेपालीलाई नेपाल फिर्ता

अमेरिका । अबैध बाटो प्रयोग गरेर अमेरिका पुगेका ८ नेपालीलाई नेपाल फिर्ता पठाइएको छ । उनीहरूलाई गत बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । अवैध बाटो प्रयोग गर्दै १० बढी देश हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको हो । प्रहरीले उनीहरुको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।...
मेयर बालेनलाई खुला पत्रः ‘एनआरएनएको सामाजिक सम्पत्ति संरक्षण गर्ने कर्तव्य तपाईँको पनि  हो’

मेयर बालेनलाई खुला पत्रः ‘एनआरएनएको सामाजिक सम्पत्ति संरक्षण गर्ने कर्तव्य तपाईँको पनि हो’

–फणिन्द्र पन्त– बुधबार काठमाडौँ महानगरपालिकाले विश्वभरिका कम्तिमा १००० प्लस बढी महानगर, नगरमा बसोबास गर्ने नेपालीको साझा सवाल र सरोकारको वकालत गर्ने मुख्यालयलाई समेत प्रभावित गर्ने गरी ७ दिनको समयमा खालि गर भन्ने सूचना निकालेछ । काठमाडौँ महानगर प्रमुख बालेन शाहको जोस् त् छ तर बिबेक चाही अधुरो रहेको प्रमाण उनको सूचना आँफै छ । १. बिशेष अदालतले निर्णय गरेको पूर्ण विवरण ( पूर्ण) पाठ प्रकाशित हुन बाँकी नै छ । निर्णयको बिस्तृत जानकारी र असर अनि पुनरावेदन भन्ने त हुन्छ, हुन्छ । सर्बोच्च अदालत छ, अन्तिममा राष्ट्रपति सम्म राजनैतिक निर्णय र बिबेकको अपिल गर्ने विश्वव्यापी प्रचलन र अधिकार , मौलिक हक सुरक्षित हुन्छ । २. हामीले (एनआरएनए) ले पनि सार्बजनिक मिडियाबाट मात्र नै सुनेको, थाहा पाएको हो । कुनै आधिकारिक निकाय वा अदालतबाट बिषयबस्तु र सम्पतिको अधिकारको बारेमा लिखित जानकारी आजसम्म आएको छैन । आउ...
बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा एनआरएनएद्वारा ११ लाख ११ हजार रुपैयाँ दान

बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा एनआरएनएद्वारा ११ लाख ११ हजार रुपैयाँ दान

अमेरिका । बाग्लुङ पञ्चकोटमा सञ्चालित महायज्ञमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का तर्फबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरिएको छ। गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाका अनुसार बुधबार शुरु भएर १३ दिनसम्म चल्ने ‘अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ’ को पहिलो दिनमै पञ्चकोट पुगेका एनआरएनए पदाधिकारी एवं अभियन्ताहरुले उक्त रकम हस्तान्तरण गरेका हुन् । महायज्ञ उद्घाटनका दिन ‘जल, वातावरण संरक्षण र उर्जा विकास’ विषयक सम्मेलनमा आयोजकका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । बाग्लुङ पञ्चकोटको समग्र विकास र प्रवर्द्धनमा लक्षित महायज्ञमा सो सहयोग संकलन गर्नको लागि संघका सल्लाहकार चिरन्जिबी ढकालको संयोजकत्वमा एक समिति गठन भएको थियो । ढकालले आर्थिक प्रतिबद्धता गरेका दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै बाँकी रकम संघको च्यारिटी खातामा जम्मा गर्न आग्रह गर्नुभएको छ । सो अवसरमा एनआरएनए उपमहासचि...
ऐन संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा समस्या

ऐन संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा समस्या

अमेरिका । ऐन, कानून र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । एनआरएनए स्कटल्याण्ड राज्य परिषदले आइतवार आयोजना गरेको एनआरएन नागरिकताका फाइदा र चुनौति विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विचार व्यक्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा ८ प्रकारका नेपालीहरु रहेको बताउँदै विद्यमान नागरिकता सम्बन्धी संवैधानिक प्रावधानले सबै नेपालीलाई नसमेटेको स्पष्ट पार्नु भयो । उहाँले गैरआवासीय नेपाली नागरिकता वितरण भए पनि आवश्यक ऐन कानुन संशोधन हुन नसक्दा नागरिकताको बारेमा दुविधा देखिएको जनाउनु भयो । उहँले गैरआवासीय नेपाली ऐन, संशोधन भएपछि मात्र एनआरएन नागरिकताको अधिकार र कर्तव्यका बारेमा कानुनी व्यवस्था हुने जानकारी गराउनु भयो । मुलुकी देवानी संहिता, संविधानको धारा २९१, ...
विशेष अदालतको निर्णयको अन्तिम निराकरणका लागि एनआरएनएले सर्वोच्चमा अपिल गर्ने

विशेष अदालतको निर्णयको अन्तिम निराकरणका लागि एनआरएनएले सर्वोच्चमा अपिल गर्ने

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यालय भवन रहेको जग्गा ललिता निवास प्रकरणको विशेष अदालतको हालैको निर्णयबाट सरकारी हुने भएपछि अन्तिम निराकरणका लागि सर्वोच्च अदालतमा अपिल गरिने भएको छ । एनआरएनए आईसीसीका प्रवक्ता फणिन्द्र पन्तले आइतबार विज्ञप्ति प्रकाशित गरी विशेष अदालतको निर्णय र त्यसको प्रभावबारे सर्बोच्च अदालतमा अन्तिम निराकरणको लागि अपिल गर्ने उल्लेख गर्न भएको हो । ‘सम्मानित सर्बोच्च अदालतको निर्णय संघलाई पनि मान्य हुने नै छ । तब सम्म भोगाधिकार हक र स्वामित्व संघमै निहित रहने छ ।’–विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सर्बोच्च अदालतको अन्तिम निर्णय पश्चात यदि प्रतिकुल अबस्था आएमा पनि संघमा जिल्ला अदालत काठमाडौँमा तत्कालिन अबस्थामा संघलाई जग्गा बिक्री गर्ने उपर मुद्दा दायर गरी लागत रकम (थैली अंक) प्राप्त गर्ने र सम्पूर्ण क्षतिपूर्त...