नयाँ वर्ष, जुडशीतल र ईद पर्वको अवसरमा कतारमा वृहत् सांस्कृतिक कार्यक्रम
कतार । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो ।
कतार शाखाका अध्यक्ष शिवकुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो । शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री या...








