ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) मा नयाँ कार्यसमिति चयन
अमेरिका । अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको सबै भन्दा पुरानो संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) को नयाँ कार्यसमिति चयन भएको छ। संस्थाको विधान अनुसार आगामी दुइ वर्षीय कार्यकाल (२०२४–२०२६) का लागि नयाँ कार्यसमिति चयन भएको हो।
निर्वाचन समितिले जनाए अनुसार वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष सन्दिपकुमार भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। निर्वाचन प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयनका लागि अध्यक्षलगायत विभिन्न पदहरुमा आवश्यकता भन्दा बढी व्यक्तिको उमेदवारी नपरेको र उमेदवार भएकाहरु उपर कुनै दाबी विरोध नपरेको जनाउदै निर्वाचन समितिले अध्यक्षलगायत अन्य पदहरुमा उमेदवारी दिएका सम्पूर्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
जिबिएनसिका पूर्वअध्यक्ष मिलनकुमार कार्कीको संयोजकत्वमा, डाक्टर उषा शर्मा र विष्णुमणि आचार्य सदस्य रहेक...









