२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनए प्रतिनिधिमण्डलको शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रीसँग शिष्टाचार भेट

एनआरएनए प्रतिनिधिमण्डलको शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रीसँग शिष्टाचार भेट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरेको छ l सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा विशेषगरी दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने उपाय, तथा विदेशमा अध्ययन र पेशागत अनुभव हासिल गरेका प्राविधिक जनशक्तिलाई देश विकासमा उपयोग गर्ने विषयमा विस्तृत छलफल भएको हो। भेटमा अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपाली युवासँग पर्याप्त ज्ञान, सीप र नवीन प्रविधि रहेको उल्लेख गर्दै ती क्षमतालाई नेपालभित्र उपयोग गर्न नीतिगत तथा संस्थागत सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। उहाँले ज्ञान रूपान्तरण (knowledge transfer) का माध्यमबाट देशको विकास प्रक्रियालाई गति दिन सकिने बताउनुभयो। त्यसैगरी, मन्त्री पोखरेलले विदेशमा रहेका न...
विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाइने

विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाइने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रणाली थप प्रभावकारी बनाउने उद्देश्यले दुवै पक्षबीच नयाँ समझदारी पत्र (एमओयु) तयार गर्ने र सहकार्य विस्तार गर्ने निर्णय गरेको छ। बैठकमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उपकार्यकारी निर्देशक कृष्ण अधिकारी उपस्थित थिए। एनआरएनए तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा. चिरञ्जीवी खड्का, उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) ,एसिया प्यासिफिक महिला क्षेत्रिय संयोजक सङ्गीता अधिकारी सुवेदी, पूर्व उपाध्यक्ष डी.बी. क्षेत्री, सीओ राजेन्द्र कुमार राउत, बरिस्ठ अधिकृत कुनाल मिश्र लगायतका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा हाल एसएसएफमा २२ लाख नेपाली श्रमिक दर्ता भए पनि निरन्तर योगदान स...
नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने एनआरएनएको प्रतिबद्धता

नेपाल । नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीबीच महासंघको केन्द्रीय कार्यालयमा भेटघाट भएको छ। भेटमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा लगायतका पदाधिकारीले नेपाली पत्रकारिता क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भेटका क्रममा अध्यक्ष शर्माले विशेषगरी विदेशमा रहेका नेपाली पत्रकारहरूसँग सहकार्य बढाउँदै सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले प्रवासमा रहेका नेपालीका मुद्दा, उपलब्धि र चुनौतीलाई सन्तुलित र यथार्थपरक रूपमा प्रस्तुत गर्न मिडियाको दृष्टिकोणमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीका मुद्दाहरूलाई मिडियाले प्राथमिकताका साथ बहस र पैरवी गर्नुपर्ने बताउँदै एनआरएनएभित्र रहेको विशाल सम्भावना, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सञ्चारमाध्यमको भूमिक...
नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल चेम्बरद्धारा एनआरएनएका नव–निर्वाचित पदाधिकारीहरुको स्वागत

नेपाल । नेपाल चेम्बर अफ कमर्सले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पुर्याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख समेत गर्नुभयो । उहाँले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताउनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता ...
विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म सहकार्य गरिने

विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म सहकार्य गरिने

नेपाल । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै जाँदा त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने पहल स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ । आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तयार गरिएको छ । बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता थियो। छलफलमा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा जोड दिइयो। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी र क्यारियर अवसरब...
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गर्नुभएको हो । “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”, उहाँले भन्नुभयो । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालमा जलविद्युत्, पर्यट...
डेनमार्कमा एक भयो एनआरएनए

डेनमार्कमा एक भयो एनआरएनए

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए( डेनमार्कमा बृहत् एकता कायम गरिएको छ । गैरआवासीय नेपाली संघ, युरोप संयोजक रोवट लिम्बुका अनुसार निलविक्रम थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । नयाँ कार्यसमिति आइसीसी सदस्य – अन्ज पराजुली अध्यक्ष: • निल विक्रम थापा उपाध्यक्ष: • सन्तोष बस्नेत • उद्दन कार्की • कल्याण काफ्ले • अर्जुन चौलागाईं • अमृत रिजाल महिला उपाध्यक्ष: • वनिता ढकाल अधिकारी महासचिव: • शैलेन्द्र राई सचिव: • एलेक्स पोखरेल • रुपचन बल तामाङ • ध्रुब घिमिरे कोषाध्यक्ष: • सपना खड्का • राकेश श्रेष्ठ सह-कोषाध्यक्ष: • प्रितु लामा • मनोज न्यौपाने महिला संयोजक • ईसिका अर्याल • उषा अधिकारी युवा संयोजक • राम बहादुर खत्री • प्रकाश बुदुजा पुन सदस्यहरू: • गोविन्द भट्टराई • सुरेन्द्र योञ्जन • फुर्वाजित तामाङ • प्रिती लामा • अनील भुसाल...
एनआरएनएको १७औं यूरोपेली सम्मेलन आयरल्याण्डको डब्लिनमा आयोजना हुने

एनआरएनएको १७औं यूरोपेली सम्मेलन आयरल्याण्डको डब्लिनमा आयोजना हुने

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं यूरोपेली सम्मेलन आयोजना हुने भएको छ । एनआरएनए यूरोप संयोजक रोवट लिम्बुका अनुसार, सो सम्मेलन आगामी जुन २३–२४ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुनेछ । यसैबीच, एनआरएनए अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा गत शुक्रबार एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटघाट गरेको छ । भेटको क्रममा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक लगानी प्रवर्द्धन, सम्पत्ति अधिकारको सुनिश्चितता, मतदान अधिकार, साथै विदेशमा रहेका नेपालीहरूले भोगिरहेका विविध समस्याहरू लगायतका महत्वपूर्ण मुद्दाहरू प्रस्तुत गरेको थियो । भेटमा, एनआरएनए युरोपियन क्षेत्रीय समितिद्वारा आयोजना हुन गइरहेको १७औं एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन, महिला सम्मेलन २०२६ र युवा सम्मेलन २०२६ मा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउन माननीय परराष्ट्रमन्त्रीलाई औपचारिक रू...
एनआरएनए प्रतिनिधि मण्डलसँग नेपाल पर्यटन बोर्डमा सहकार्यका विषयमा छलफल

एनआरएनए प्रतिनिधि मण्डलसँग नेपाल पर्यटन बोर्डमा सहकार्यका विषयमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपक राज जोशीसँग भेट गरेको छ। भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र आगामी सहकार्यको समझदारी (MoU) तयार गर्ने विषयमा छलफल भएको छ l सो अवसरमा पर्यटन प्रवर्द्धन अन्तर्गत, दोस्रो पुस्तालाई पर्यटन क्षेत्रमा संलग्न गर्ने योजना प्रस्तुत गरिएको थियो। साथै नेपाल महोत्सवमार्फत सांस्कृतिक कार्यक्रम, कला र परम्परागत गतिविधिहरूको आयोजना गर्ने विषयमा छलफल भएको थियो। नेपाल हाउसको अवधारणा पनि बैठकमा प्रस्तुत गरिएको थियो, जसले स्थायी वा अस्थायी रूपमा नेपालका सांस्कृतिक र पर्यटन आकर्षणहरू प्रदर्शन गर्ने योजना समेट्नेछ। भे...
एनआरएनए एनसीसी अमेरिकाद्वारा जुलाईमा वार्षिक सम्मेलन आयोजना गर्ने निर्णय

एनआरएनए एनसीसी अमेरिकाद्वारा जुलाईमा वार्षिक सम्मेलन आयोजना गर्ने निर्णय

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको पूर्ण कार्यसमिति बैठक जुममार्फत सम्पन्न भएको छ । एनसीसी अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले नेपालमा गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकार बधाई ज्ञापन गरेको छ । त्यसैगरी एनआरएनए आईसीसीको हालै सम्पन्न एकता महाधिवेशनबाट नव-निर्वाचित नेतृत्वलाई पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो । बैठकले आईसीसीको निर्देशन अनुसार एनसीसी अमेरिका गठन भएको हुँदा आधिकारिकता प्रक्रिया अघि बढाउने, टेनेसि राज्यमा आवश्यक अभिलेख अद्यावधिक गर्ने तथा सदस्यता अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि महासचिव पन्तले बताउनु भयो । साथै बैठकले आगामी जुलाईमा बोस्टनमा एनआरएनए अमेरिकाको वार्षिक सम्मेलन आयोजना गर्ने निर्णय समेत गरेको प्रबक्ता द्रोण गौतमद...