२९ असार २०८३, सोमबार

थाइल्याण्डको एक पबमा आगो लाग्दा २७ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 13th, 2026

नेपाल । थाइल्याण्डको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छ।

‘२७ वटा शवर बाहिर निकालिएको छ’, थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत् भने, ‘केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको अवस्थाको जाँच गरिरहेका छौँ ।‘

अनुतिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बताएअनुसार बिजुली बन्द हुनुअघि उनले मञ्चनजिकैको सर्किट ब्रेकरबाट धुवाँ निस्किरहेको देखेका थिए, त्यसपछि ठूलो विस्फोटको आवाज सुनियो र पबभित्र बाक्लो धुवाँ भरियो । धेरैजसो पीडितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्