नेपाल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ ।
मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको जनाइएको छ ।
पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिकरूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताउनुभएको छ ।
विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्