२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु

कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु

नेपाल । कोलम्बियाको मध्य भागस्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा ७ जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीले शुक्रबार पुष्टि गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बिहीबार दिउँसो एक नगरपालिकामा रहेको खानीमा विस्फोट भएको थियो । प्रारम्भिक अनुसन्धानले भूमिगतरूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ । दुर्घटनापछि उद्धार टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जालमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदुरको नाम सार्वजनिक गरेका छन् । उहाँले राष्ट्रिय खानी निकायले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गर्ने बताएका छन् । कोलम्बियाको मध्य क्षेत्रमा खानी दुर्घटना असामान्य होइनन्, किनभने केही खानीले सुरक्षासम्बन्धी नियमको पूर्ण पालना नगर्ने गरेको बताइएको छ ।...
नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु

नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु

नेपाल । भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ । दिल्लीको दक्षिणी भागमा रहेको भिडभाडयुक्त बस्तीमा अवस्थित बेड-एन्ड-ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो तीव्ररूपमा फैलिँदा भवनभित्र रहेका पाहुना र कर्मचारी फस्न पुगेका थिए । उद्धार तथा खोजी कार्य जारी रहँदा ४० भन्दा बढी घाइतेलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आठ वटा दमकल परिचालन गरी लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको हो । अधिकारीका अनुसार घटनापछि गहिरो दुःख व्यक्त गर्दै २१ जनालाई मृत घोषित गरिएको छ । प्रहरी र आपतकालीन सेवाका टोली अझै पनि घटनास्थलमा तैनाथ छन् र थप खोजी तथा उद्धार कार्य भइरहेको छ । ...
एनआरएनएमा महिला, दोस्रो पुस्ता तथा विज्ञहरूलाई ७०% प्रतिनिधित्व दिने प्रस्ताव

एनआरएनएमा महिला, दोस्रो पुस्ता तथा विज्ञहरूलाई ७०% प्रतिनिधित्व दिने प्रस्ताव

आदरणीय एनआरएनए सदस्य तथा शुभेच्छुकज्यूहरू, एनआरएनएको रि-र्ब्रान्डिङ तथा संस्थालाई अझ समावेशी, गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू अघि बढाइएको जानकारी यहाँहरूलाई अवगत नै छ । यसै सन्दर्भमा, आईसीसी सदस्यहरूको मनोनयनमा महिला, दोस्रो पुस्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको कम्तीमा ७० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरेको छु । यस अभियानलाई सफल बनाउन इच्छुक दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई तलको फाराम भरी आफ्नो रुचि (Expression of Interest) व्यक्त गर्न हार्दिक अनुरोध गर्दछु। दोस्रो पुस्ताका गैरआवासीय नेपाली भन्नाले विदेशमा जन्मेर हुर्केका वा नेपालमा जन्मिए पनि विद्यालयस्तरदेखि नै विदेशमा शिक्षा प्राप्त गरेका, ३० वर्ष उमेर ननाघेका व्यक्तिलाई जनाउनेछ। हेमराज शर्मा अध्यक्ष, एनआरएनए आईसीसी Dear Second-Generation NRNA Members, We are pleased ...
‘नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय, तेस्रो पक्षको भूमिका रहँदैन’

‘नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय, तेस्रो पक्षको भूमिका रहँदैन’

नेपाल । भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबिचको सीमाङ्कनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो बताउनुभएको हो । प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषय सुल्झिन बाँकी रहेको बताउनुभयो । उहाँले सीमाङ्कन भइसकेका क्षेत्रमा पनि सीमा वारपारको कब्जा र दसगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको बताउनुभयो । नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भन्नुभयो, “नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो । यस्ता मामिल...
नेपाली मूलका मानिसलाई नेपालले फरक रफराकिलो ढङ्गले समेट्नु पर्छः सभामुख अर्याल

नेपाली मूलका मानिसलाई नेपालले फरक रफराकिलो ढङ्गले समेट्नु पर्छः सभामुख अर्याल

नेपाल । सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताउनुभएको छ । नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट्दै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्नेगरी नेपालको राष्ट्रिय हित अनुकूलको कानुन बनाएर अघि बढ्नुपर्ने जानकारी दिनुभयो । भेटका अवसरमा एएनओका उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जतिसुकै पुस्ता भएपनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संरक्षण गर्न सक्ने वातावरण बनाउन एएनओ क्रियाशील रहेको बताउनुभयो । हाल छलफलमा रहेको गैरआवासीय नेपालीसम्बन्धी ऐनको मस्यौदामा उल्लिखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायत विषयमा आफ्नो संस्थाका तर्...
नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको छः रोजर्स

नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको छः रोजर्स

नेपाल । अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ । सोमबार सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गर्नुभयो । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उहाँले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने...
पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः उपविदेशमन्त्री रोजर्स

पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः उपविदेशमन्त्री रोजर्स

नेपाल । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभएको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अमेरिका केवल समृद्धि र अवसरको देश मात्र नभई साहस, अन्वेषण र नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गर्दै हिमाल र विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक तथा पर्वतारोहीलाई प्रेरित गर्दै आएको बताउनुभयो । उहाँले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै त्यसले नेपाल–अमेरिका सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार छ दशकभन्दा बढी समयपछि पनि दु...
सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द नगर्न एनआरएनएको माग

सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द नगर्न एनआरएनएको माग

अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास बन्द गर्ने नेपाल सरकारको निर्णय प्रति एनआरएनए एनसीसी अमेरिकाले गम्भीर ध्यानाकर्षा जनाएको छ । एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती र सतेन्द्र साह अध्यक्ष रहेको एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्णय फिर्ता लिएर महावाणिज्य दूतावास यथावत् सञ्चालन गर्न माग गरेका छन् । ...
गैरआवासीय नेपाली सम्बन्धी बजेटमार्फत सरकारले घोषणा गरेका नीतिगत व्यवस्थाहरू

गैरआवासीय नेपाली सम्बन्धी बजेटमार्फत सरकारले घोषणा गरेका नीतिगत व्यवस्थाहरू

प्रेस विज्ञप्ति नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गर्दै विभिन्न महत्वपूर्ण नीतिगत व्यवस्थाहरू घोषणा गरिएकोमा गैरआवासीय नेपाली संघ (NRNA) हार्दिक धन्यवाद ज्ञापन गर्दछ। विशेषत: संविधानले सुनिश्चित गरेको “गैर-आवासीय नेपाली नागरिकता” सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नारालाई मूर्त रूप दिने तथा गैर-आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने घोषणाले खुशीको संचार गरेको छ l बजेटमा गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र (सेयर) को दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने, स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा गैरआवासीय नेपालीको सह–लगानी प...
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छः परराष्ट्र मन्त्री

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदमा सबै सरोकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनुभएको छ । एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) केन्द्रीय समितिका तर्फबाट उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक भएको मस्यौदा एकप्रकारले ‘शून्य ड्राफ्ट’ भएको जानकारी दिँदै त्यसमा सबै पक्षसँग बृहत् छलफल गरेर मात्र संसद्मा पेस हुने बताउनुभयो । एएनओले ऐनको सार्वजनिक मस्यौदाका कतिपय बुँदा अव्यावहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो । एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसद्मा पेस गर्नुअघि यस विष...