१ आश्विन २०८३, बिहीबार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकी लाइब्रेरी अफ कङ्ग्रेसको अभिलेखमा नेपाली साहित्यकारका सिर्जना

अमेरिकी लाइब्रेरी अफ कङ्ग्रेसको अभिलेखमा नेपाली साहित्यकारका सिर्जना

अमेरिका । नेपाली साहित्यका डेढ दर्जन स्रष्टाद्वारा स्वराङ्कित रचनाका अंश अब विश्वकै सबैभन्दा ठुलो पुस्तकालय अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखका हिस्सा बनेका छन्। दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना (एसएएलआरपी) अन्तर्गत नेपाली, नेपालभाषा र मैथिली भाषाका यी ध्वनि सामग्री नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएका हुन्। एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि यी अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि सहज पहुँचमा ल्याइएको लाइब्रेरी अफ कङ्ग्रेसले सूचना सार्वजनिक गरी जनाएको छ। यससँगै नेपाली भाषिक संसारका स्रष्टाका स्वर अन्तर्राष्ट्रिय साहित्यिक सम्पदाको साझा स्मृतिभित्र सुरक्षित भएका छन्। नयाँ सङ्ग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुव...
भेनेजुएलामा आएको शक्तिशाली भूकम्पबाट हालसम्म ९२० जनाको मृत्यु भएको पुष्टि

भेनेजुएलामा आएको शक्तिशाली भूकम्पबाट हालसम्म ९२० जनाको मृत्यु भएको पुष्टि

नेपाल । भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीले बाँचेकाको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवन ध्वस्त पारेका छन् ।” राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनमा ...
भेनेजुएलामा भूकम्पः १६४ जनाको मृत्यु, एक हजार व्यक्ति घाइते

भेनेजुएलामा भूकम्पः १६४ जनाको मृत्यु, एक हजार व्यक्ति घाइते

नेपाल । भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् । विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ । उहाँका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म समेत महसुस गरिएको थियो । सरकारी टेलिभिजनले प्रसारण गरेका दृश्यमा ला गुआइरा राज्यको भग्नावशेषबाट धूलोले ढाकिएका तीन बालबालिकालाई जीवितै उद...
भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा ठुलो क्षति

भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा ठुलो क्षति

नेपाल । भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो । स्थानीय समयअनुसार बेलुकी १८ः०४ बजे मोन्टाल्वान क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराइ १३.२ किलोमिटर थियो। यसैबीच अर्को धक्काको केन्द्रविन्दु युमारेभन्दा २३ किलोमिटर दक्षिण–पूर्वमा जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्यान्ड्स र ब्रिटिस भर्जिन आइल्यान्ड्सका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ। ...
एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्य विस्तार गर्ने समझदारी

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्य विस्तार गर्ने समझदारी

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) बीच मानवीय सहायता, विपद् पूर्वतयारी, जलवायु उत्थानशीलता तथा प्रवासी नेपालीहरूको सहभागिता अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। काठमाडौँको कालीमाटीस्थित आईएफआरसी कार्यालयमा आयोजित संयुक्त बैठकमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र वरिष्ठ अधिकृत कुनाल मिश्रले संघको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो भने भर्चुअल माध्यमबाट अध्यक्ष डा. हेमराज शर्मा, महासचिव डा चिरन्जीवी खड्का लगायतका पधाधिकारी जोडिनुभएको थियो l यस्तै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालसहितको टोली तथा आईएफआरसीका प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसर सहभागी हुनुहुन्थ्यो। बैठकमा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विश्वभर फैलिएको गैरआवासीय नेपाली ...
अमेरिका र इरानबिचको समझदारीपत्र कार्यान्वयनमा चीनको जोड

अमेरिका र इरानबिचको समझदारीपत्र कार्यान्वयनमा चीनको जोड

नेपाल । चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताउनुभएको हो । उहाँले उक्त समझदारीले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो । प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनः स्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।...
कतारस्थित ग्यास उद्योगमा विस्फोट हुँदा १३ जनाको मृत्यु

कतारस्थित ग्यास उद्योगमा विस्फोट हुँदा १३ जनाको मृत्यु

नेपाल । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतारस्थित भारतीय दूतावासले बताएको छ । उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउँदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ । मृतकको पार्थिव शरीर चाँडै नै भारत पठाइने तयारी भइरहेको पुष्टि गर्दै दूतावासले यस घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई यथा सक्य सहयोग गर्नका लागि कतारी अधिकारीहरूसँग सम्पर्कमा रहेर आवाश्यक काम गरिरहेको जनाएको छ । गत मार्च महिनामा भएको इरानी आक्रमण पछि बन्द भएको ग्यास उद्योग पुनः सञ्चालनमा आइ कामदारहरूले काम गरिरहेको समयमा विस्फोट भएको मिडियाले रिपोर्ट गरेका छन् ।...
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दिए राजीनामा

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दिए राजीनामा

नेपाल । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले सोमबार राजीनामा घोषणा गरेका छन् । नीतिगत यू–टर्न तथा बढ्दो अलोकप्रियताबिच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन् । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले अहिलेसम्म गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे। ‘मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु’, उनले भावुक हुँदै भने। स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ। नयाँ नेता छनोट नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन्। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल नीतिगत परि...
नागरिकता निरन्तरता सम्बन्धी एनआरएनएको वेबिनारमा छलफल

नागरिकता निरन्तरता सम्बन्धी एनआरएनएको वेबिनारमा छलफल

नेपाल । ‘एनआरएन नागरिकताः हालको स्थिति’ शिर्षकमा नागरिकता निरन्तरता सम्बन्धी आज पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भयो । वेबीनारमा विश्वभरका विभिन्न एनसीसीबाट आएका एनआरएनहरुलाई पत्रकार, कानुनी विज्ञ र समुदायका प्रतिनिधिहरूसँग मिलेर नागरिकता निरन्तरताको वर्तमान स्थिति, चुनौती र भविष्यको दिशाबारे छलफल भएको थियो । एनआरएनए उपमहामन्त्री बेद बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै रोजिना प्रधान राईले नागरिकता निरन्तरता र विश्वव्यापी प्रवासी संलग्नताको महत्वलाई प्रकाश पारे । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले जारी पहलका बारेमा अपडेट साझा गर्दै गैरआवासीय नेपालीको अधिकार र पहिचानको रक्षा गर्ने प्रतिवद्धता पुनःपुष्ट गरे । सीएनसी कार्यदलका फोकल पर्सन सरोज दाहालले परराष्ट्र मन्त्रालयसँग समन्वय र हालैका घटनाक्रमबारे अपडेट दिए । अधिवेशनमा एनसीसीका प्रतिनिधि र पत्रकारहरूको सक्रिय...
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

अमेरिका । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गर्नुभएको हो । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए । महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा ...