२१ श्रावण २०८३, बिहीबार

पाकिस्तानको ब्रोड पिक हिमालमा मृत्यु भएका निम्स दाईको अन्त्येष्टि बेलायतमा गरिने

कोलोराडोखबर संवाददाता , August 6th, 2026

नेपाल । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को अन्त्येष्टि बेलायतमा गरिने भएको छ।

बेलायतका स्थायी बासिन्दा रहेका पुर्जाको शव अन्त्येष्टिका लागि लन्डन लगिने तयारी गरिएको छ। उनका परिवारका सदस्यहरू पनि बेलायतमै बसोबास गर्दै आएका छन्।

हाल पुर्जाको शव ब्रोड पिकको आधार शिविरमा ल्याइएको छ। उद्धार टोलीका अनुसार शव स्कार्डोसम्म पुर्‍याउन अझै करिब दुई दिन लाग्नेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी बेलायत पठाइनेछ।

गत शुक्रबार ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा पुर्जासहित १० जनाको टोली परेको थियो। घटनामा ६ जना नेपालीको मृत्यु भएको छ भने अन्य मृतक नेपालीहरूको शव नेपाल ल्याइने तयारी भइरहेको छ।

उक्त हिमपहिरोमा परेका तीन जना अझै बेपत्ता रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्