३ आश्विन २०८३, शनिबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोको बोल्डर सहरमा २३औँ नेपाल डे परेड बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न

कोलोराडोको बोल्डर सहरमा २३औँ नेपाल डे परेड बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका ) । अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको नेपाल डे परेड २०२६ भव्य रुपमा सम्पन्न भएको छ । सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल आरएमएफएन को मुख्य आयोजनामा भएको नेपाल डे परेडमा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातीका भेषभुषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिएका छन् । एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेसन संस्थाले सहयोग गरेको कार्यक्रममा बोल्डर सहरका मेयर आरोन ब्रकेट, संस्थापक नारायण श्रेष्ठ, आरएमएफएनका अध्यक्ष आकृति राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा ...
Blood Donors of America को दोस्रो वार्षिक साधारण सभा कोलोराडोमा आयोजना हुँदै

Blood Donors of America को दोस्रो वार्षिक साधारण सभा कोलोराडोमा आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । Blood Donors of America (BDA USA) को दोस्रो वार्षिक साधारण सभा (2nd AGM) आगामी मे २५, तारिक सोमबार कोलोराडोमा आयोजना हुने भएको छ । नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजना हुने कार्यक्रममा Blood Donors of America का केन्द्रीय कार्यसमिति, सल्लाहकार, राज्य अध्यक्षहरू, आजीवन सदस्यहरू तथा BDA परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरिएको बिडिए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् । अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतिनिधिहरूको सहभागिता रहने AGM बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले सबै सदस्य, शुभेच्छुक तथा समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । यसै अवसरमा BDA Colorado Chapter र International Nepali Literary Society (INLS Colorado Chapter) को संयुक्त आयोजनामा मे २४, २०२६ मा रक्तदान कार्...
कोलोराडोमा मे २४ रक्तदान कार्यक्रम हुँदै

कोलोराडोमा मे २४ रक्तदान कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा २४ मे आईतवार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान कार्यक्रम हुने भएको छ । कोलोराडोमा हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा ब्लड डोनर्स अफ अमेरिका (बीडीए) कोलोराडो च्याप्टरले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति र अनेसास कोलोराडो च्याप्टरसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीका अनुसार साहित्य सम्मेलन आयोजनास्थल वेष्टमिनिस्टरस्थित डु«री प्लाजामा ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र सहित आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी अनुरोध गरेका छन् । कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीब्र, ४० देशबाट दुई सय बढी सहभागी हुने...
कोलोराडोस्थित नेपाली घरको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय समिति गठन

कोलोराडोस्थित नेपाली घरको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय समिति गठन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा कृयाशिल नेपालीभाषी समुदायको साझा संस्था नेपाली घरको आगामी कार्यकालका लागि नयां कार्यसमिति चयनगर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संस्थाका अध्यक्ष बसन्त लंम्सालको अध्यक्षतामा गत अप्रिल २७ तारिक सम्पन्न कार्यसमितिको पूर्ण बैठकले सर्वसम्मत तरिकाबाट तीन सदस्यहरुको नाम सिफारिस गरेको हो । डा. संगीता श्रोत्रियाको संयोजकत्वमा गठीत समितीका अन्य सदस्यहरुमा डा. आनन्द पौडेल र भुषणलाल श्रेष्ठ रहेका छन् । संस्थाको बिधान अनुसार आठौं कार्यकाल (2026-2028) को लागी कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको संस्थाका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । निर्वाचन समितीलाइ निर्वाचनको कार्यतालिका, कार्यबिधी र प्रकिया निर्धारणगरी निर्वाचन प्रकृया आगामी जुन महिना भित्र सम्पन्न गरिसक्न अधिकार प्रदान गरिएको ढकालले बताएका छन् । नेपाली घरको...
कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिकामा सल्लाहकार समिति गठन

कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिकामा सल्लाहकार समिति गठन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिका (BDA) को कोलोराडो च्याप्टरले नयाँ सल्लाहकार समिति (Board of Advisors) गठन गरेको छ । संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले सल्लाहकार समिती गठन गरेको हो । यसरी गठीत समितिमा समाजसेवामा लामो समयदेखि सक्रिय व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ । नवनियुक्त सल्लाहकारहरूमा भूषणलाल श्रेष्ठ, विजयदेव अधिकारी, टिका पौडेल र सम्झना पाण्डे रहेका छन् । भूषणलाल श्रेष्ठ नेपालदेखि नै लामो समयदेखि रक्तदान अभियानमा संलग्न रहँदै आएका एक परिचित समाजसेवी हुन् । उनी नेवाःखलः लगायत विभिन्न सामाजिक संस्थामा समेत सक्रिय छन् । त्यस्तै, विजयदेव अधिकारी एक परिचित व्यक्तित्व हुन्, जो INLS लगायत अन्य स्थानीय गतिविधिहरूमा संलग्न छन् । यसैगरी टिका पौडेल विभिन्न संघ संस्थामा सक्रिय रहँदै आएका र लामो समयदेखि BDA सँग आबद्ध सामाजिक व्यक्तित्वका रूपमा ...
कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीब्र, ४० देशबाट दुई सय बढी सहभागी हुने

कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीब्र, ४० देशबाट दुई सय बढी सहभागी हुने

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तयारी तिब्र रूपमा अगाडी बढेको शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराइएको छ । आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ सम्म सञ्चालन हुने जानकारी दिदै सबैलाइ सहभागी हुन अनुरोध गरेका छन् । अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्बर्द्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पुर्याउदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसंग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए । उनले भने, त्यस बाहेक अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चिन्तन र विमर्श ...
कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति सार्वजनिक, गीतकार अधिकारी सम्मानित

कोलोराडोमा डा. ज्ञानेन्द्र गदालका दुई कृति सार्वजनिक, गीतकार अधिकारी सम्मानित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई सम्मान गरेको छ । कोलोराडोस्थित नेपाली घरमा आईतवार आयोजित एक कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरले सर्जक अधिकारीलाई सम्मान गरेको हो । अनेसास बीओटी सभापति पदम विश्वकर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला र कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सर्जक अधिकारीलाई खादा, रुद्राक्षको माला र प्रशंसा पत्र सहित संयुक्त रुपमा सम्मान गरे । अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले साहित्यकार डा. ज्ञानेन्द्र गदाललाई खादा लगाएर सम्मान गरिन् । साहित्यकार मिलन कोइरालाले वरिष्ठ गीतकार अधिकारीको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरे । कार्यक्रममा कवि तथा गीतकार अधिकारीले आफ्ना कविता तथा गीत वाचन गर्दै सबैलाई मन्त्रमुग्ध बनाएकी थिइन् । सोही कार्यक्रममा साहित्यकार डा. ज्ञानेन्द्र...
कोलोराडोमा हुने नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनका नौ सारथी

कोलोराडोमा हुने नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनका नौ सारथी

कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको आयोजनामा कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो शाखाको संयोजनमा आगामी मे महिनाको २२ तारिकदेखी २५ तारिकसम्म अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुन लागेको हो । उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको महासचिव राजु सिटौलाले जानकारी दिए । सन् २००९ मा पहिलो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएपछि हरेक दुई–दुई बर्षमा अमेरिकासहित जापान, अष्ट्रेलिया, पोर्चुगल, बेलायत लगायतका विश्वका बिभिन्न सहरमा ८ वटा सम्मेलन सम्पन्न भइसकेका छन् । नेपालसहित विश्वका बिभिन्न देशबाट १ सय ५० जना भन्दा बढि साहत्यिक अनुरागीहरू सहभागी हुने अनुमान गरिएको सम्मेलनमा करिव ५३ हजार डलर ...
विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा पनि विमोचन

विष्णु विवेकको पुस्तक ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा पनि विमोचन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । लेखक तथा पत्रकार विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकाको कोलोराडोमा पनि विमोचन गरिएको छ । शनिबार रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) को आयोजनामा अमेरिकाको कोलोराडोमा पत्रकार तथा लेखक विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन गरिएको हो । कोलोराडोस्थित नेपाली साँस्कृतिक केन्द्र घरमा नयाँ वर्ष विशेष कार्यक्रममा रक्की माउन्टेन संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख अतिथी विनोद त्रिपाठी, विशेष अतिथीहरु प्राडा विजय शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सभापति तथा साहित्यकार पदम विश्वकर्मा, रक्की माउन्टेनका पूर्वअध्यक्ष टीका पौडेल, निवर्तमान अध्यक्ष अर्जुन बगाले, अध्यक्ष आकृति राई र लेखक विष्णु विवेकले ‘घाटगाउँ’ पूस्तकको संयूक्त रूपमा विमोचन गरेका हुन् । विमोचन कार्यक्रममा बोल्दै लेखक, साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रष्टी...
कोलोराडोमा नयांवर्ष विशेष शुभकामना सांस्कृतिक सांझ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नयांवर्ष विशेष शुभकामना सांस्कृतिक सांझ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक धर्मेन्द्र सेवान को उपस्थितीमा एक भब्य शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजनागरी नयांबर्ष २०८३ को शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको बाक्लो उपस्थिती रहेको थियो । शनिवार सांझ नेपाली सास्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोली लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा झल्कने पहिरहन लगाएर आएका थिए । नेपाल र अमेरीकाको राष्ट्रिय गान गाएर सुरूगरिएको शुभकामना सांझको पहिलो सत्र प्रमुख अतिथि एवं संस्थाका पूर्वअध्यक्ष बिनोद त्रिपाठी तथा का...