५ श्रावण २०८३, मंगलवार

नेपालीभाषी रेसिडेन्ट्स अफ अरोरा एण्ड सेन्टेनियलद्वारा सामुदायिक समर पिकनिक आयोजना हुँदै

कोलोराडोखबर संवाददाता , July 20th, 2026

-नातिबाब भट्ट (कोलोराडो) । कोलोराडोमा बसोवास गर्ने नेपालीभाषीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले समर पिकनिक आयोजना गरिने भएको छ ।

नेपालीभाषी रेसिडेन्ट्स अफ अरोरा एण्ड सेन्टेनियल (Nepali Residents of Aurora and Centennial) को आयोजनामा आगामी जुलाई २६, आइतबार सामुदायिक समर पिकनिक आयोजना गर्न लागिएको हो ।

अरोरा स्थित सेन्टेनियल सेन्ट्रल पार्क (13050 Peakview Ave., Centennial, CO 80112) मा cfयोजना गरिने पिकनिक दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ बताइएको छ । कार्यक्रममा सबैका लागि निःशुल्क प्रवेश को व्यवस्था गरिएको छ।

पिकनिक कार्यक्रमलाइ व्यवस्थित रूपमा सफलताकासाथ सम्पन्नपार्न स्थानिय समाजसेवी राजन सापकोटाको नेतृत्वमा विभिन्न ७ उप-समितिहरू र तिनका संयोजकहरू चयन गरिएको छ ।

जसअनुसार खाना व्यवस्थापन समितीका संयोजक अर्जुन कार्की, आर्थिक समितिका संयोजक जगदीशचन्द्र ढकाल , स्वयंसेवक तथा सरसफाई समितिका संयोजक अंकित गेलाल, प्रचार प्रसार समितिका संयोजक सुधीर भण्डारी, कार्यक्रम सञ्चालन समितिका संयोजक राजु खनाल, खेलकुद तथा मनोरञ्जन समितिका संयोजक सुदिप बगाले , कार्यक्रम स्थल व्यवस्थापन समितिका संयोजक गंगा चौलागाईं रहेको संयोजक साप्कोटाले बताएका छन् ।

नेपालीभाषी समुदायबीच आपसी भाइचारा, मित्रता र सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा परिवारसहित सहभागी हुन आयोजकले सम्पूर्ण नेपालीभाषी समुदायका सदस्यहरूलाइ हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रममा स्वादिष्ट नेपाली परिकार, मनोरञ्जनात्मक खेलकुद, पारिवारिक भेटघाट, बालबालिकाका गतिविधि तथा सामुदायिक अन्तरक्रिया जस्ता विविध कार्यक्रम समावेश गरिने यसले नयाँ तथा पुराना सदस्यहरूबीच परिचय विस्तार गर्न र समुदायलाई थप एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

यस वर्षको पिकनिकमा लक्ष्मी फुड्स (Laxmi Foods) ले प्रायोजन गरेको छ । आयोजकले समुदायका सबै सदस्यलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्