८ श्रावण २०८३, शुक्रबार

कोलोराडोमा दिदीबहिनी समुहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम आयोजना हुँदै

कोलोराडोखबर संवाददाता , July 24th, 2026

-नातिबाबु भट्ट (कोलोराडो अमेरीका) । महिला दिदी बहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान तथा शुभकामना साटासाट गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।

माइती घरबाट टाढा रहेका महिला दिदी बहिनिहरुलाई आफु एक्लो भएको महसुश नहोस, एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै दरखादा माईतीको झल्को मेटाउन सकियोस् र चेलीबेटीबाट टाढा रहेका दाजुभाइका लागी आत्मिय वाताबरण सिर्जना गर्न सकियोस् भन्ने उद्धेश्यले यसबर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका अध्यक्ष शान्ति भुषालले बताएकि छन् ।

तीजको अवसरमा सबै आमा, दिदीबहिनी, बालबालिका तथा दाजुभाइहरू एकै ठाउँमा भेला भएर स्वादिष्ट दरको स्वाद लिनुका साथै भेटघाट, शुभकामना आदानप्रदान र नाचगानमार्फत खुसी साटासाट गर्ने अवसर मिल्ने यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचान गराउन सहयोग पुग्ने छ । यसले दैनिक व्यस्तता र दुःख पीडा बिर्सेर केही समय रमाइलो गर्न मद्दत पुर्‍याउने भुषालको दावी छ । कार्यक्रम मुख्य रूपमा महिला दिदीबहिनीहरूलाई लक्षित गरिए पनि सहभागी हुन इच्छुक दाजुभाइहरूलाई समेत हार्दिक स्वागत गरिने उनले बताएकि छन् ।

अध्यक्ष भुषालले कार्यक्रममा सहभागीहरूलाइ खानपान तथा अन्य व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि दिदीबहिनी समूहले तयार पारेको डिजिटल इभेन्ट (https://www.facebook.com/share/1EfuxUiN9B/?mibextid=wwXIfr) मार्फत सबै इच्छुक सहभागीहरूलाई अग्रिम सहभागिता जनाउन हार्दिक अनुरोध गरेकि छन् ।

यसैगरी उनले कोलोराडोमा सक्रिय सबै नेपालीभाषी संघसंस्था तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई सहकार्य गर्न बिभिन्न सामाजिक संजाल मार्फत निमन्त्रणा गरिएको छ। कार्यक्रमलाई खुला रूपमा प्रायोजन ( sponsor) गर्न इच्छुक व्यक्ति वा संस्थाले दिदीबहिनी समूहका पदाधिकारीहरूसँग सीधा सम्पर्क गर्न सक्ने अध्यक्ष भुषालले जानकारी गराएकि छन् ।

कार्यक्रम यही अगष्ट ८ तारिक शनिवार ४ बजे देखी राती ११ बजे सम्म (Ultra Lounge 8971 Yates St.Westminster Co, 80031) संचालन हुने छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न पार्न सहयोगको लागी संस्थाका उपाध्यक्ष दिलकुमारी श्रेष्ठले सबैलाई अनुरोध गरेकि छन् ।

यसैगरी श्रेष्ठले उक्तदिन यस्तै किसीमको मिल्दोजुल्दो कार्यक्रम नराखी सहयोग गरिदिनुहुन पनि सबै कोलोराडो निबासीहरूलाइ बिनम्र अनुरोध गरिएको बताएकिछन् । संस्थाले विगत केहीबर्ष अगाडी देखी कोलोराडोमा नियमित रूपमा सामुहिक दरखाने कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्