२९ असार २०८३, सोमबार

रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालमा अध्यक्षको जिम्मेवारी हरि गुरुङलाई प्रदान गर्दै साधारणसभा सम्पन्न

कोलोराडोखबर संवाददाता , July 13th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा सकृय नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको २५औं साधारणसभा सर्वसम्मत रुपमा अध्यक्षको जिम्बेवारी हरि गुरुङलाइ प्रदान गर्दै सम्पन्न भएको छ ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आइतबार बिहान ११ बजे देखी २ बजे सम्म संचालित कार्यक्रममा संस्थाको अध्यक्ष आकृती राइले राजीनामा दिएपछी कार्यवाहाक अध्यक्ष चलाउदै आएका संस्थाका उपाध्यक्ष हरि गुरुङलाइ संस्थाको विधान अनुसार बांकी अवधीका लागी अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

साधारणसभामा निर्वतमान अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित अतिथी, प्रमुख अतिथी सबैलाइ स्वागत गरेका थिए । त्यसैगरी संस्थाका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका सभापती हरि गुरुङले सभा समक्ष संस्थाको प्रगती बिवरण भावी कार्ययोजना प्रश्तुत गरेका थिए भने कोषाध्यक्ष सुनीता अधिकारीले आय ब्यायको बिवरण पेश गरेकी थिएन् । सभामा उपस्थित सदस्यहरुले सर्वसम्मत तरिकाबाट दुबै प्रतिवेदन पास गरेका थिए ।

हेल्पीङ हेण्डका अध्यक्ष समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा पूर्व प्राध्यापक तथा समाजसेवी डा.विजयराज शर्मा, संस्थाको अमबुडस कमिटीका संयोजक रोहिणी शर्माको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथीहरुले संस्थाको अध्यक्ष गुरुङलाइ खादा लगाइदिइ सम्मान गरेका थिए ।

यसैगरी सोही समारोहमा हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत तरिकाबाट निर्वाचीत नेपालीघरका अध्यक्ष गंगा चौलागाइलाइ रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका तर्फबाट पुष्पगुच्छा प्रदानगरी खादा लगाइदिइ कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको थियो । नेपालीभाषी समुदायका मुख्य दुइ संस्थाका अध्यक्षहरु बिच एक आपसमा शुभकामना आदान प्रदान भइरहदा सहभागीहरुले तालिबजाएर खुशी ब्यक्त्त गरेका थिए ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, समाजसेवी, संस्थाका सल्लाहकार, पदाधिकारीहरु, गन्यमान्य, पत्रकार तथा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी, तथा अतिथीहरुले संस्थाले सभा समक्ष पेश गरेको भावी कार्यक्रम, आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन तथा विधान शंसोधनका विषयमा बिभिन्न सल्लाह र सुझाव दिएका थिए ।

जसमा सबै संघ संस्था संग हातेमालो गर्दै अगाडी बढ्न, दोश्रो पुस्ता लक्षित कार्यक्रम अगाडी बढाउन, डाटा संकलन, कोलोराडोमा बसोवास गर्न आएका नयां नेपालीभाषीहरुलाइ सहयोग र सुझावकोलागी संयत्र निमाण सुझाव दिएका थिए । त्यसैगरी संस्थाको विधान संशोधनका लागी निवर्तमान अध्यक्ष अर्जुन बगालेको संयोजकत्वमा गठीत ५ सदस्सीय विधान संशोधन समितीलाइ पनि बिभिन्न सुझावहरु दिएका थिए । र्कायक्रम संस्थाका युवा संयोजक बिष्णु विवेकले संचालन गरेका थिए ।

संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचाहनकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्