अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा अमेरिकाका लालगोपाल सुवेदी निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोराडो निवासी तारा अधिकारी, उपाध्यक्षहरुमा शकुन ज्ञवाली, दिनेशराज ज्ञवाली, राज श्रेष्ठ र डा. प्रकाश पौडेल निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा कोलोराडो निवासी राजु सिटौला निर्वाचित भएका छन् । सचिवमा ऋषवदेव घिमिरे, कोषाध्यक्षमा पुष्पा खनाल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सदस्यहरुमा मीरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी र डा. पारशमणि दंगाल निर्वाचित भएका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्