५ श्रावण २०८३, मंगलवार

कोलोराडोमा नेपाली जनसम्पर्क समितिद्धारा समर पिकनिक सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , July 20th, 2026

-नातिबाबु भट्ट (कोलोराडो) । कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक शनिवार सम्पन्न भयो ।

कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कलाकार, व्यवसायी, तथा नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य कुमारजंग कार्कि पूर्व उपाध्यक्ष धर्मराज श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य गोबिन्द लम्साल, नेपाली घरका अध्यक्ष गंगा चौलागाइ, रकी माउन्टेण्ड फ्रेन्स अफ नेपालका अध्यक्ष हरि गुरुङ लगायत कोलोराडोमा सकृय बिभिन्न संघ संस्था पदाधिकारी तथा पूर्व पदाधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको शुरुमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रमा सहभागी सबैलाइ स्वागत गर्दै यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।

दिउसो ३ बजेदखी ७ बजेसम्म संचालित पिकनिकमा आयोजक कमिटीले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागीसबैलाई निशुल्क बितरण गरेका थिए । समारोहमा उपस्थित दिदी बहिनि दाजुभाईहरुले नेपाली लोकगितमा नाचगान गरि सहभागलिाई मनोरञ्जन प्रदान गरेका थिए ।

संस्थाले सन् २०१२ देखी नेपालीहरु बिच भेटघाट एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्