मगर संघ अमेरिकाले अमेरिका निवासी मगरहरूको जनगणना गर्दै
नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । मगर संघ अमेरिकाले अमेरिकामा बसोबास गर्दै अएका मगरहरूको वास्तविक जनसंख्या पत्ता लगाउन जनगणना शुरू गरेको छ ।
मगर संघ अमेरिका स्थापनाको २०औं बार्षिक उत्सवको अवसरमा अमेरिकामा रहेका मगरहरूको जनसंख्याको तथ्यांक राख्न जनगणना सुरू गरिएको हो ।
यही मार्च ११, २०२४ देखि शुरू गरिएको जनगणनामा सहभागी भई आ–आफ्नो तथ्यांक राख्न अनलाईनको लिंकमा वा सिधै बारकोड स्क्यान गरेर फर्म भर्न सकिन्छ । जनसंख्या जनगणना कार्यक्रममा आफ्नो तथ्यांक राख्न समस्या परे मगर संघ अमेरिकाका सेन्सस संयोजक टेकबहादुर थापा मगर अथवा च्याप्टर प्रतिनिधिहरूलाई सम्पर्क गरेर सहयोग लिन सकिन्छ ।
अमेरिका भरी छरिएर रहेका मगर समुदायको जनसंख्या तथ्यांक संकलन गर्न सहयोगी प्रतिनिधिहरू र पर्यवेक्षकहरू खटिइसकेका छन् । यस्ता कार्यक्रमले मगरहरूलाई एकै ठाउमा गोलबद्द्ध गर्ने अभियानलाई सहयोग पुग्ने, मगरहरूको संस्कार सस्...









