२० श्रावण २०८३, बुधबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा सामुहिक पूजा र नाचगानका साथ तीज पर्व सम्पन्न

कोलोराडोमा सामुहिक पूजा र नाचगानका साथ तीज पर्व सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउँमा भेला भई सामुहिक तीज पूजा लगाउँदै तीज मनाएका छन् । नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, हिन्दु सनातन मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियल लगायतका स्थानमा आरध्य देव शिव र पार्वतीको पुजा, आरधाना तथा नाचगान गर्दै भव्यताका साथ तीज मनाइएका हुन् । कोलोराडोमा सकृय संस्था सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोको आयोजनामा महिला दिदी बहिनीहरु नेपाली सांस्कृती केन्द्र नेपाली घरमा जम्मा भई बिधीपूर्वक शिव पार्वतीको आरधना तथा नाचगान गर्दै तीज मनाएका हुन् । तीजको पूजा लगाउन चाहने दिदी बहिनीहरुलाई सरल र सहज रुपमा पुजामा सहभागी गराउन सकियोस र नेपाली सांस्कृतीक केन्द्र भवन हामी सबैको साझा हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतिक केन्द्रमा ...
कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम सम्पन्न

कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा सामुहिक दरखाने कार्यक्रम सम्पन्न

–नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउँमा भेला भई नाचगान गर्दै सामुहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन् । प्रवासमा रहेका महिला दिदी बहिनीहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो । शनिबार सांझ ५ बजेदेखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघसंस्थाका प्रतिनिधि बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र कृयाकलाप बारे प्रकाश पारेकी थिईन् ...
अमेरिकाको कोलोराडोमा पनि घन्किन थाल्यो पञ्चेबाजा

अमेरिकाको कोलोराडोमा पनि घन्किन थाल्यो पञ्चेबाजा

–मीन बोलखे (कोलोराडो, अमेरिका) । विभिन्न पेशा व्यवसायमा आवद्ध उत्साही युवाहरुले शुभ कार्यमा बजाइने पञ्जेबाजालाई अमेरिकाको कोलोराडोमा पनि भित्र्याएका छन् । नेपाली संस्कृति र रितिरिवाजलाई जोगाउने उद्देश्यले नेपालीको लोकप्रिय बाजा कोलोराडोमा पनि भित्र्याएको कोलोराडो निवासी प्रकाश पौडेलले बताए । उनी एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष पनि हुन् । पञ्चेबाजा अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । यी बाजाहरु कोलोराडो निवासी प्रकाश पौडेल, बिटी मगर, माधव खनाल, हरिस खत्री, नारायन, सापकोटा, राजु आले मगरको टिमले बजाउने गरेको छ । उनीहरुले यी बाजाहरु नेपालबाट अमेरिका पुर्याएका हुन् । उनीहरुलाई पनि ती बाजा पहिले बजाउन आउँदैन थियो । तर अभ्यास गरेर उनीहरुले अहिले पञ्चेबाजाको राम्रो धुन निकाल्न सक्ने भएका छन् । विशेष गरी विवाह, ब्रतबन्ध लगायत शुभ कार्यमा पञ्चेबाजा बजाइने नेपाली परम्पर...
कोलोराडोस्थित नेपाली संस्थाहरुको संयुक्त अपीलः ‘कसैको आत्मसम्मानमा चोट नपुर्याऔं’

कोलोराडोस्थित नेपाली संस्थाहरुको संयुक्त अपीलः ‘कसैको आत्मसम्मानमा चोट नपुर्याऔं’

कोलोराडो । अमेरिकाको कोलोराडोस्थित सक्रिय नेपाली संस्थाहरुका प्रतिनिधिले सामाजिक सञ्जालहरुमा कसैको चरित्रहत्या गर्ने, आत्मसम्मानमा चोट पुर्याउने सामाग्रीहरु सम्प्रेषण नगर्न अपील गरेका छन् । कोलोराडोस्थित नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, कोलोराडो नेवाः खलः, तमु धिं कोलोराडो, मगर संघ अमेरिका कोलोराडो र अनेसास कोलोराडोका अध्यक्षहरुले संयुक्तरुपमा यस्तो अपील गरेका हुन् । सामाजिक सञ्जालहरुमा आफ्ना विचार प्रकट गर्दा सभ्य र मर्दादित भाषाको प्रयोग गर्न, आपसी मतभेदहरुलाई संवादकै माध्यमबाट हल गर्न र कसैलाई निराधार दोषारोपण नगर्नका लागि विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ । ...
कोलोराडोमा कृष्ण जन्माष्टमीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

कोलोराडोमा कृष्ण जन्माष्टमीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कृष्ण जन्म अष्टमीको पावन अवशरमा कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घर लगायत बिभिन्न मन्दिरहरूमा पुजा आरती, भजन कृतन तथा प्रवचनसंगै भब्यरूपमा जन्म अष्टमी मनाइएको छ । कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको आयोजनामा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, कृष्ण मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियल लगायतका स्थानमा पुजा आरती, भजन कृतन तथा प्रवचन गर्दै भव्यताका साथ कृष्ण जन्म अष्टमी मनाइएको हो । सोमबार सांझ ६ बजे देखि राती ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित पुजा आरती, भजन कृतन तथा प्रवचन कार्यक्रमा पंण्डित जिवन बराल गुरूले सुमधुर भक्तिसंगित संगै कृष्णले कसरी कुन परिस्थितीमा पृथ्वी जन्म लिनु भएको थियो भन्ने कथा उपस्थित भक्त श्रद्दालु माझ प्रष्टाउनु भएको थियो । त्यसैगरी भजन समूहका संय...
तमु प्ये ल्हु अमेरिकाको आयोजनामा चेलिबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

तमु प्ये ल्हु अमेरिकाको आयोजनामा चेलिबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजनामा कोलोराडोमा बाऊमाइती तथा चेलिबेटी भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हु अमेरिका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमुको सभापतित्वमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । तमु प्ये ल्हु अमेरिकाको १०औं वार्षिकोत्सवको अवसरमा गत जुन २९ र ३० (शनिबार र आइतबार) भव्यताका साथ सम्पन्न अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिता सफल बनाउन साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । उक्त प्रतियोगिताको सहआयोजकमा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) रहेका थिए । प्रशंसापत्र सहआयोजक एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, कार्यक्रमका सभापति ढक ब ल्हेगे तमु तथा दशौं वार्षिकउत्सब तथा भलिबल प्रतियोगिताका संयोजक चन्द्र ल्हेगे तमुबाट प्रदान गरिएको थियो । प्रतियोग...
कोलोराडोस्थित नेपाली भाषा पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न

कोलोराडोस्थित नेपाली भाषा पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न

कोलोराडो । नेपाली भाषा पाठशाला नर्थग्लेन दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ । अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा विधार्थीहरु र शिक्षकहरुले नेपाली राष्ट्रिय गान गाएका थिए भने अमेरिकन राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रममा उपस्थितिहरुका लागि सेनुप्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वयंसेवकहरू मान्यता रूपाखेती, विभूती अधिकारी, गीता केसी, विभोर अधिकारी, आँचल सापकोटा, अनिषा भट्टराई, विनिता अधिकारी र सुस्मा पौडेललाई अनेसास कोलोराडो च्याप्टरका उपाध्यक्ष विजयदेव अधिकारीले प्रमाणपत्र वितरण गर्नु भएको थियो । पाठशालामा नियमित उपस्थित हुने विद्यार्थीहरू तराई कक्षाका रितुल शाह, सौभाग्य गौतम, प्रान्जीला खड्का, सुहानी राहुत, पहाड कक्षाका परि श्रेष्ठ,आश्रिता कटुवाल, ऋतिक रावल, अन्जन थापा, आरती कटवाल र हिमाल कक्षाका प्रियंका श्रेष्ठ, रुसिल...
कोलोराडोकी बिनिशा श्रेष्ठले पाइन् ‘ग्लोबल लिडर्स अवार्ड’

कोलोराडोकी बिनिशा श्रेष्ठले पाइन् ‘ग्लोबल लिडर्स अवार्ड’

कोलोराडो । सिटी अफ अरोरा, अफिस अफ इन्टरनेशनल एण्ड इमिग्रेन्ट अफेर्सले हरेक वर्ष ‘अरोरा ग्लोबल फेस्ट’ आयोजना गर्छ । उक्त कार्यक्रम एकहप्ता भरी सञ्चालन हुन्छ । उक्त अवसरमा यस वर्षको ‘ग्लोबल लिडर्स अवार्ड २०२४’ बाट कोलोराडो नेपलीज कम्युनिटीकी फाउन्डर तथा सीइओ बिनिशा श्रेष्ठ सम्मानित हुनु भएको छ । सिटीसंगको सहकार्यमा नेपाली भाषा, संस्कृति, इतिहास, रहनसहनबारे बिशेष प्रबर्दन गर्नु भएको कदर स्वरुप उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । यस बर्ष ग्वाटेमालाको सरकारले ग्लोबल फेस्टको होस्ट गरेको थियो । जसमा ग्वाटेमालाको संगीत, संस्कृति, खानपिन र ग्वाटेमालाका लागि कन्सुलेटMoramay Godoy Escobedo ले बिशेष सम्बोधन गरि उपहार आदान प्रदान पनि गर्नु भएको थियो । अवार्ड पाएकी बिनिशा श्रेष्ठले हाल प्रदर्शनीमा रहेको ‘मोजेक अफ कलचरः नेपाली सामुदायिक प्रदर्शनी’ का बारेमा अरोरा म्युनिसिपल परिस मा बिस्तृत जानकारी तथ...
नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए अमेरिकाद्वारा नागरिकता आयोग गठन

नेपाली नागरिकताको सवालमा आवश्यक कदम चाल्न एनआरएनए अमेरिकाद्वारा नागरिकता आयोग गठन

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाले नेपाली नागरिकताका सवालमा आवश्यक कदम चाल्न, नागरिकता आयोग–२०२४ गठन गरेको छ । गैर आवासीय नेपालीहरुको नेपाली नागरिकता सम्बन्धी प्रमुख मुद्दामा आवश्यक वकालत तथा लबिङ गर्ने मुख्य उद्देश्यका साथ नागरिकता आयोग–२०२४ गठन गरिएको जनाइएको छ । संघका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षतामा गठन गरिएको उक्त आयोगमा, संघका पूर्वअध्यक्षहरु, एनआरएनए अभियान्ताहरु र अमेरिकामा रहेका प्रवासी नेपाली समुदायका व्यक्तित्व रहेका छन् । उक्त कुरा संघले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो । जारी गरिएको विज्ञप्तमा विश्वभर छरिएर रहेका एनआरएनएहरु ‘एक पटक नेपाली, सधै नेपाली’ भन्ने एनआरएनएको भनाइमा दृढ रहेको र नेपाली नागरिकताको निरन्तरता चाहिरहेको कुरा प्राथमिकताका साथ उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी, विश्व...
ममताका श्रीमान् नरेश भट्ट अदालतमा हाजिर, उनैले ममतालाई हत्या गरेको आरोप

ममताका श्रीमान् नरेश भट्ट अदालतमा हाजिर, उनैले ममतालाई हत्या गरेको आरोप

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट जूलाई ३१ देखि हराईरहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टलाई शुक्रबार विलियम काउन्टी अदालतमा हाजिर गराइएको छ । अभियोजकहरुले भट्टलाई आफ्नी पत्नीको हत्या गरेको आरोप लगाउँदै ममताको शरीरलाई घिसारेको आरोप लगाएका छन् । न्यायाधीशले शुक्रबार नरेशलाई रिहा गर्न अस्वीकार गरे र उनी हिरासतमा रहेका छन्। उनको प्रारम्भिक सुनुवाइ अक्टोबर २४ मा हुने भएको छ । उनलाई बिहीबार बिहान स्थानीय प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले शंकाष्पद भन्दै निगरानीमा राखेको थियो । बुधबार घर खानतलासी गरेको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । करीब १ वर्ष छोरीलाई प्रहरीले आफूहरुसँगै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ममता सम्पर्कविहीन भएपछि ममताको खोजीका लागि मनासस पार्क प्रहरी चौकी अगाडि सबै समुदायका व्यक्तिहरु, ममताका ...